Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिम्बु भाषा
  • #संकट
  • #कुलिङ_पिरियड
  • #‘याङवाङ यु७’
  • #गाथामग_चह्रे
  • #इयु_चीन
  • #कृषि
  • #‘स्वर्ग मेरो’
  • #एनपिएल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियामा उठ्यो ‘श्रम अडिट’को माग 
मलेसियामा उठ्यो ‘श्रम अडिट’को माग 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २९, २०८०

काठमाडौं– मलेसियामा रोजगारीका लागि जाने आप्रवासी श्रमिकको अधिकारका लागि ‘श्रम अडिट’ गर्नुपर्ने आवाज उठेको छ । मलेसियाको सोसल प्रोटेक्सन कन्ट्रिब्युटर एडभाइजरी एसोसिएसन (स्पाकाम)ले आप्रवासी श्रमिकको हकमा मानवीय व्यवहार भए÷नभएको थाहा पाउनका लागि श्रम अडिट गर्नुपर्ने आवाज उठाएको हो ।


विदेशी श्रमिकको अधिकार र मानवीय व्यवहारको सम्बन्धमा जानकार रहन स्पाकामले रोजगारदाताको अडिट गरिनुपर्ने प्रस्ताव गरेको मलेसियाको सञ्चारमाध्यम मलेमेलले उल्लेख गरेको छ । स्पाकामका अन्तर्राष्ट्रिय श्रम सल्लाहकार डि एञ्जोलसले विदेशी श्रमिकलाई उचित मानवीय व्यवहार नगर्ने रोजगारदातालाई कानुनी कारबाही गर्नुपर्ने बताएका छन् । विदेशी श्रमिकमाथि शोषण गर्ने रोजगारदाताले स्थानीय श्रमिकमाथि पनि शोषण गर्न सक्ने बाटो खुला रहेको बताउँदै एञ्जोलसले अबको समयले श्रम अडिटको माग गरेकोप्रति ध्यानाकर्षण गराएका छन् ।


उनले विदेशी श्रमिकलाई शोषण गर्न खुला छोडिदिँदा त्यसले कार्यस्थलको वातावरण ठीक नहुने र रोजगारदाता मुलुकको छविसमेत धुमिल हुने बताएको सञ्चारमाध्यमले उल्लेख गरेको छ । स्पाकामले विदेशी श्रमिकलाई पनि ट्रेड युनियनमा आबद्ध हुने अधिकार दिइनुपर्नेमा जोड दिएको छ । उक्त संस्थाले पछिल्लो केही दशकयता मलेसियामा विदेशी श्रमिकमाथि विभिन्न खाले शोषण हुँदै आएको भन्दै यसमा तत्काल सुधार गर्नुपर्ने सुझाव सरकारलाई दिँदै आएको छ ।
मलेसिया नेपालीहरुको प्रमुख गन्तव्यमध्ये एक हो । त्यहाँ झण्डै ९ लाख नेपाली श्रमिक रहेको विभिन्न अध्ययनले देखाएको छ । आप्रवासी श्रमिकहरुको पक्षमा कुनै निर्णय भइहालेमा नेपाली श्रमिक पनि लाभान्वित हुने देखिन्छ । गत वर्ष नेपालीहरुको प्रमुख गन्तव्य रहेको मलेसियामा आर्थिक मन्दीका कारण उल्लेख्य संख्यामा रोजगारी पाउन नसकेको जानकारहरु बताउँछन् ।     


यसैबीच रोजगारदातालाई अनावश्यक आर्थिक भार पार्ने गरी नेपालको वैदेशिक रोजगार बोर्ड र फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर (एफडब्लुुडब्लुुएमसी) बीच भएको सम्झौताप्रति मलेसियन रोजगारदाताहरुको आपत्ति प्रकट गरेका छन् । मलेसियन रोजगारदाताहरुको छाता संगठन ‘एशोसिएसन अफ इम्प्लोइमेन्ट एजेन्सी’ले उक्त सम्झौताका कारण नेपाली श्रमिक भर्ना प्रक्रियामा  अनावश्यक र अनुचित रुपमा थप शुल्क तिर्न बाध्य पार्ने टिप्पणी गरेको बताइएको छ । एसोसिएसनका उपाध्यक्ष सुरेश तानले नेपाली श्रमिकको पक्षमा हेर्न मलेसिया सरकारको आफ्नै कानुन र संयन्त्र रहेको भन्दै कुनै तेस्रो पक्षको आवश्यकता नरहेको र त्यसको जिम्मेवार स्वयं रोजगारदाता हुने बताएका छन् ।


यद्यपि यस सम्झौताको नेपालमा पनि सरोकारवालाहरुले चर्को विरोध गरेका छन् भने प्रधानमन्त्री पुष्पकमल दाहालले सम्झौता कार्यान्वयन नगर्न निर्देशन दिइसकेका छन् । कल्याणकारी कार्यमा सहयोग पु¥याउने भन्दै  श्रमिक भर्नाबापत रोजगारदातासँग प्रतिव्यक्ति ४५ डलर शुल्क उठाउनेगरी बोर्डले मलेसियाको निजी कम्पनी एफडब्लुडब्लुएमसीसँग विवादास्पद सम्झौता गरेपछि चौतर्फी आलोचना भएको थियो ।
 


प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘सिण्डिकेट’को हल्लाले मलेसिया रोजगारी प्रभावित
‘सिण्डिकेट’को हल्लाले मलेसिया रोजगारी प्रभावित बुधबार, साउन ७, २०८२
स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ मंगलबार, साउन ६, २०८२
संघको प्रमुख सल्लाहकारमा रानाभाट
संघको प्रमुख सल्लाहकारमा रानाभाट मंगलबार, साउन ६, २०८२
पछिल्लो तीन महिनामा आधाले घट्यो कोरिया जानेको संख्या
पछिल्लो तीन महिनामा आधाले घट्यो कोरिया जानेको संख्या मंगलबार, साउन ६, २०८२
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, साउन ५, २०८२
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात बढ्यो 
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात बढ्यो  सोमबार, साउन ५, २०८२
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल आइतबार, साउन ४, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP