Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #कुलिङ_पिरियड
  • #नेप्से परिसूचक
  • #‘नीलो आकाशैमा बादलु’
  • #रकम ठगी
  • #लोतीखोला_बेलीब्रिज
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #गाथामग_चह्रे
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कामदारलाई आर्थिक भार नथप्न प्रधानमन्त्रीको निर्देशन
कामदारलाई आर्थिक भार नथप्न प्रधानमन्त्रीको निर्देशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २५, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा जाने कामदारमाथि थपिने आर्थिक भार रोक्न अग्रसरता लिएका छन् । कामदारलाई थप आर्थिक भार पर्ने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न शीर्षकमा शुल्क वृद्धि गरेकोप्रति व्यापक आलोचना र विरोध भएपछि प्रधानमन्त्री दाहाल आफैं ‘एक्सन’मा उत्रिएका हुन् ।

उनले मंगलबार श्रममन्त्री शरतसिंह भण्डारी, श्रमसचिव केवल भण्डारी र विभागीय कर्मचारीहरुलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर उक्त कार्य रोक्न निर्देशन दिएका छन् । त्यसक्रममा उनले रोजगारीका लागि विदेश जाने कामदारमाथि आर्थिक भार थपिने गरी भएका निर्णय कार्यान्वयन नगर्न नगराउन निर्देश गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीमा गएका नेपालीहरूले अर्थतन्त्रमा पुर्‍याएको महŒवपूर्ण योगदानको स्मरण गराउँदै उनीहरूलाई अतिरिक्त आर्थिक भार थप्ने मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न/नगराउन निर्देशन दिएको सचिवालयका एक सदस्यले बताए । ‘हाल वृद्धि भएको भनिएको शुल्क कामदारहरूबाट नलिई यथावत् रुपमा हुनेगरी कार्यान्वयनको व्यवस्था मिलाउनुहोला,’ प्रधानमन्त्री दाहालले श्रममन्त्रीलगायत अधिकारीहरुलाई निर्देशन दिँदै भने, ‘आन्तरिक वा वैदेशिक रोजगारीमा जाने कामदारलाई थप सेवा शुल्कलगायत थप आर्थिक भार पर्ने कुनै प्रकारको काम नगर्ने नगराउने व्यवस्था गर्नुहोला ।’

उनले छलफलका क्रममा वैदेशिक रोजगारीमा जाने कामदारलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पिडिओटी) लगायत अन्य तालिम निःशुल्क रूपमै दिने व्यवस्था मिलाउन पनि निर्देशन दिएको सचिवालयले जनाएको छ । पछिल्लो समय श्रम मन्त्रालयले पिडिओटी तालिम शुल्क ७०० रुपैयाँबाट बढाएर २८ सय रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ । यस्तै मलेसियालगायत खाडी मुलुकमा कामदार पठाउँदा फ्रि–भिसा, फ्रि–टिकटको व्यवस्था कार्यान्वयन नगरी १० हजार रुपैयाँ सेवा शुल्कलाई बढाउँदै ५० हजार रुपैयाँभन्दा माथि पुर्‍याउने तयारी गरिरहेको छ । कामदारमाथि आर्थिक भार थपिने गरी शुल्क वृद्धिको जानकारी पाएका प्रधानमन्त्री दाहालले यसप्रति ध्यानाकर्षण भएको बताए । अभिमुखीकरण तालिमका लागि वैदेशिक रोजगार बोर्ड वा सीप विकास तालिम प्रतिष्ठानबाट के कसरी स्रोत उपलब्ध गराउन सकिन्छ भन्नेबारे विस्तृत अध्ययन गरी कामदारको अधिकतम हितलाई ध्यानमा राखी कार्यक्रम सञ्चालन गर्न पनि प्रधानमन्त्रीको निर्देशन रहेको बताइएको छ ।

यसैगरी प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीमा जाने युवाहरू मिटरब्याजी एवं विचौलियाहरुबाट ठगिएको भन्दै उनीहरुलाई सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउनसमेत निर्देशन दिए । ‘सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई अधिकतम लाभ हुने परियोजनामा लगानी गर्ने व्यवस्था मिलाउनुहोला,’ प्रधानमन्त्री दाहालले भने,  ‘कामदारलाई उद्यमशील बनाउने र वैदेशिक रोजगारबाट फर्किएका नेपाली दाजुभाइ दिदीबहिनीहरूको ज्ञान, सीप र पुँजीको पूर्णउपयोग हुने क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउनेतर्फ तत्काल परिणाम देखिनेगरी काम गर्नुहोला ।’

साथै, हालै वैदेशिक रोजगार बोर्ड र मलेसियाको निजी कम्पनी फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर (एफडब्लुडब्लुएमसी)बीच भएको भनिएको विवादास्पद सम्झौता कार्यान्वयन नगर्न पनि प्रधानमन्त्री दाहालले श्रम मन्त्रालयलाई निर्देशन दिएका छन् । बोर्ड र एफडब्लुडब्लुएमसीबीच भएको सम्झौता बाहिरिएसँगै खारेजीको माग गर्दै वैदेशिक रोजगार व्यवसायीहरुबाट तीव्र आलोचना र विरोध भइरहेको छ । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले उक्त सम्झौता खारेजी नगरे आन्दोलन गर्ने चेतावनीसमेत दिइसकेको छ । संघले सरोकारवाला संस्थाहरुसँग कुनै छलफल नै नगरी एउटा निजी कम्पनीसँग बोर्डले सम्झौता गर्नुलाई एकाधिकार कायम गर्ने गिरोहले कामदारको कल्याणकारी लाभको ललिपप देखाएर सम्पूर्ण रोजगारीको मागपत्र आफ्नो नियन्त्रणमा राख्ने उद्देश्यले ल्याएको नियोजित षडयन्त्र भएको जनाएको छ । संघले सोमबार उक्त सम्झौता खारेज नभएसम्म चरणबद्ध आन्दोलनको घोषणा गर्दै सरकारलाई अल्टिमेटम दिएको थियो । दीर्घकालीन रुपमा असर पार्ने विवादास्पद सम्झौता कार्यान्वयन नगर्न प्रधानमन्त्री दाहालले मंगलबार दिएको निर्देशन स्वागतयोग्य भएको संघका महासचिव मेघनाथ भुर्तेलले बताए । उनले प्रधानमन्त्रीको उक्त निर्देशनबाट परिस्थिति सहज बन्ने अपेक्षा व्यक्त गरे । 

प्रधानमन्त्रीको निर्देशन

  •  वैदेशिक रोजगारीमा गएका नेपालीहरूले अर्थतन्त्रमा पुर्‍याएको महत्वपूर्ण योगदानको स्मरण
  •  अतिरिक्त आर्थिक भार थप्ने मन्त्रालयको निर्णय कार्यान्वयन नगर्नू
  •  कामदारलाई अभिमुखीकरणलगायत अन्य तालिम निःशुल्क दिने व्यवस्था मिलाउनू
  •  वैदेशिक रोजगार बोर्ड र मलेसियाको निजी कम्पनी एफडब्लुडब्लुएमसीबीच भएको सम्झौता कार्यान्वयन नगर्नू
  •  वैदेशिक रोजगारीमा जाने कामदारलाई सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउनू


प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, साउन १३, २०८२
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी सोमबार, साउन १२, २०८२
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’ सोमबार, साउन १२, २०८२
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार सोमबार, साउन १२, २०८२
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश 
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश  सोमबार, साउन १२, २०८२
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत आइतबार, साउन ११, २०८२
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ शुक्रबार, साउन ९, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
सुनको मूल्य अठार सयले बढ्याे
सुनको मूल्य अठार सयले बढ्याे
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP