Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ओभरपास
  • #हुलाकी_राजमार्ग
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #सेयर_बजार
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आठ मुलुकसँग श्रम सम्झौताको तयारी 
आठ मुलुकसँग श्रम सम्झौताको तयारी 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस ५, २०८०
RBB RBB

काठमाडौं– सरकारले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापीरुपमा मानाइरहेकै समयमा सुरक्षित वैदेशिक रोजगारीका लागि विभिन्न आठ मुलुकसँग श्रम सम्झौताको तयारी भइरहेको जनाएको छ । नेपाली युवाहरुको श्रम गन्तव्यको रुपमा रहेका खाडीका तीन र युरोपका पाँच मुलुकसँग सम्झौताको लागि आवश्यक मस्यौदा पठाइएको मन्त्रालयले उल्लेख गरेको छ । 

हालसम्म नेपाल सरकारले १२ वटा मुलुकसँग श्रम सम्झौता गरिसकेको छ । सँगसँगै सन् २०२४ भित्र उल्लेखित थप आठ मुलुकसँग सम्झौता गर्ने तयारीका साथ गृहकार्य भइरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले बताए । ‘सम्झौताका लागि आवश्यक मस्यौदा तयार पारेर सम्बन्धित मुलुकमा पठाइसकिएको छ,’ उनले भने, ‘हामीले पठाएको मस्यौदाको जवाफ आएपछि थप प्रक्रिया अगाडि बढ्ने छ, यसका लागि केही समय लाग्न सक्छ ।’

द्विपक्षीय समझदारीका लागि नेपालले श्रम गन्तव्य पहिल्याउने र नेपालीहरुको वैदेशिक रोजगारीको यात्रालाई भरपर्दो र सुरक्षित बनाउन मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको प्रवक्ता घिमिरेले जानकारी दिए । उनका अनुसार सन् २०२४ सम्ममा साउदी अरेबिया, कुबेत, ओमान, पोर्चुगल, माल्टा, टर्की, पोल्याण्ड र युक्रेनलाई श्रम सम्झौताका लागि मस्यौदा पठाइएको छ । 

सरकारले साउदी र कुवेतसँग लामो समयदेखि श्रम सम्झौताका लागि पहल गर्दै आए पनि अहिलेसम्म परिणाम आउन सकेको छैन । यद्यपि केही समयअघि श्रम मन्त्रालयको टोलीसँग भएको द्विपक्षीय अन्तरक्रिया कार्यक्रममा साउदी अधिकारीहरुले श्रम सम्झौताका लागि तयार रहेको बताएका थिए । 

त्यस्तै मलेसिया तथा खाडी मुलुकको साटो अब युरोपलाई गन्तव्य बनाउनुपर्नेमा मन्त्रालयका अधिकारीहरुले जोड दिँदै आएका छन् । मानवअधिकार तथा श्रमिकको सुरक्षाका लागि युरोपेली मुलुक बढी सुरक्षित देखिएको भन्दै अब सरकारले युरोपलाई केन्द्रित गर्ने प्रवक्ता घिमिरेले बताए । सरकारले भर्खरैमात्र युरोपेली मुलुक जर्मनी र रोमानियासँग श्रम समझदारी गरेको छ । यसअघि बेलायतमा स्वास्थ्यकर्मी पठाउनेगरी सम्झौता भइसकेको छ । वैलायत नर्स पठाउने प्रक्रिया सुरु भइसकेको छ । जर्मनीमा पनि पठाउन आवश्य तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय सम्बन्धित मुलुक हेर्ने राजदूतावासबाट हुने श्रमिकको माग प्रमाणीकरणमा समस्या देखिएका कारण ४० हजारभन्दा बढीले युरोपको रोजगारी गुमाउनुपरेको वैदेशिक रोजगार व्यवसायीले बताउँदै आएका छन् ।
 


प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १०:०५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, वैशाख ३०, २०८२
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने मंगलबार, वैशाख ३०, २०८२
बोर्डको सीपमूलक तालिममा आकर्षण, अवधि छोटो हुँदा अपूरो भएको गुनासो
बोर्डको सीपमूलक तालिममा आकर्षण, अवधि छोटो हुँदा अपूरो भएको गुनासो आइतबार, वैशाख २८, २०८२
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, वैशाख २६, २०८२
वैदेशिक रोजगारी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारी ठगी गर्ने तीन जना पक्राउ शुक्रबार, वैशाख २६, २०८२
विभागसमक्ष वैदेशिक रोजगार व्यवसायी संघको तीनबुँदे माग
विभागसमक्ष वैदेशिक रोजगार व्यवसायी संघको तीनबुँदे माग शुक्रबार, वैशाख २६, २०८२
वैदेशिक रोजगारीमा  ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ बिहीबार, वैशाख २५, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
सेक्टर परिवर्तनको माग गर्दै इपिएस शाखामा धर्ना
सेक्टर परिवर्तनको माग गर्दै इपिएस शाखामा धर्ना
श्रममन्त्री भण्डारीको जवाफ– हल्लाको पछि नलाग्नू
श्रममन्त्री भण्डारीको जवाफ– हल्लाको पछि नलाग्नू
पहिचानपक्षधरको जनमत तान्ने दाउ
पहिचानपक्षधरको जनमत तान्ने दाउ
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP