Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगारीका लागि विदेसिने मंसिरमा साढे २७ हजारले बढ्यो
युएई नेपाली श्रमिकको पहिलो रोजाइमा रोजगारीका लागि विदेसिने मंसिरमा साढे २७ हजारले बढ्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस ४, २०८०

काठमाडौं– चालु आर्थिक वर्ष २०८०/८१ को पाँचौं महिना अर्थात् मंसिरमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेको छ । अघिल्लो महिना (कात्तिक)को तुलनामा साढे २७ हजारभन्दा बढीले मंसिरमा श्रम स्वीकृति लिएका हुन् ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणअनुसार मंसिर महिनामा ७१ हजार २७६ जना नेपालीले विभिन्न मुलुकमा जान श्रम स्वीकृति लिएका छन् । यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिने दुवैको हो । कात्तिकमा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएकामा मंसिरमा २७ हजार ६५४ ले बढेर ७१ हजार २७६ पुगेको हो । मंसिरमा श्रम स्वीकृति लिनेको संख्या चालु आवको पाँच महिनायताकै सबैभन्दा धेरै हो । 


चालु आवको सुरुआती महिनादेखि संयुक्त अरब इमिरेट्स (युएई) नेपाली श्रमिकहरुको पहिलो गन्तव्य बनेको छ । विभागको तथ्यांकअनुसार युएईका लागि मंसिरमा १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका छन् । कात्तिक महिनामा युएई जाने नेपालीको संख्या १२ हजार ४८५ रहेको थियो । यस्तै मंसिर महिनामा रोजगारीका लागि कतार जान १४ हजार १५२ जनाले श्रम स्वीकृति लिएका छन् । दोस्रो स्थानमा परेको कतार जाने नेपालीको संख्या कात्तिक महिनाको भन्दा पाँच हजार ६९० ले बढेको छ  । 


त्यसैगरी तेस्रो स्थानमा रहेको साउदी अरेबियामा १३ हजार ९८४ जना श्रम स्वीकृति लिएर पुगेका छन् । यसअघि कात्तिक महिनामा साउदी जाने नेपालीको संख्या आठ हजार १४० रहेको थियो । चालु आव सुरु भएयता कतार र साउदी जाने नेपालीको संख्या हराहारी जस्तो देखिए पनि युएई जाने संख्यामा उल्लेख्य वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ ।
यसैगरी गत आर्थिक वर्षभरि पहिलो स्थान ओगटेको मलेसिया जाने नेपालीको संख्यामा केही सुधार देखिएको छ ।

चौथो स्थानमा रहेको मलेसिया जान नौ हजार ७७५ जनाले मंसिरमा श्रम स्वीकृति लिएका छन् । कात्तिकमा मलेसिया जानेको संख्या पाँच हजार ५५२ जनामात्रै थियो । यस्तै पाँचांै स्थानमा परेको कुवेतमा तीन हजार ४५८ जना नेपाली श्रमिक रोजगारीका लागि पुगेका छन् । कुवेत जाने श्रमिकहरु संख्या पनि मंसिर महिनामा बढेको छ । उल्लिखित पाँच मुलुकले नै नेपालको वैदेशिक रोजगारीको ठूलो हिस्सा (झण्डै ८० प्रतिशतभन्दा बढी) ओगटेको विभागको तथ्यांक देखिन्छ ।

Hardik health


यसैगरी जापान एक हजार ५२८, रोमानिया ९६९, बहराइन ८९५, माल्दिभ्स ७९५, क्रोएसिया ७९३, ओमान ६४०, साइप्रसका लागि ५२८ र मोरिसस जान ५२० जनाले श्रम स्वीकृति लिएका छन् । इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने नेपालीको संख्या पनि बढेको छ । मंसिर महिनामा कोरिया जान एक हजार ८४३ जनाले श्रम स्वीकृति पाएका छन् । यी मुलुकहरुमा पनि श्रम स्वीकृति लिएर जाने नेपालीको संख्या मंसिरमा बढेको छ । 


विभागबाट कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने ३५ हजार १९६ जना छन् भने पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ३६ हजार ८० जना रहेका छन् । चालु आवको पाँचौं महिनामा श्रम स्वीकृति लिनेमध्ये छ हजार ९३४ जना महिला श्रमिक रहेको विभागले उल्लेख गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि युरोपेली मुलुकमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या क्रमिक रुपमा बढ्दै गएको विभागको तथ्यांकबाट देखिएको छ । 


यस्तै जिल्लागतरुपमा धनुषाबाट सबैभन्दा बढी रोजगारीका लागि श्रम स्वीकृति लिएको देखिन्छ । कात्तिकमा धनुषाबाट तीन हजार ६२१ जना विदेसिएका छन् । त्यस्तै झापा दोस्रो स्थानमा परेको छ । त्यहाँबाट तीन हजार ३९७ जना श्रमिक विदेसिएका छन् । यस्तै तेस्रो स्थानमा मोरङबाट तीन हजार १०२ जना रोजगारीका लागि बाहिरिएका छन् । चौथोमा रहेको सिरहाबाट दुई हजार ७१६ र पाँचौंमा रहेको महोत्तरीबाट दुई हजार ३८५ जनाले श्रम स्वीकृति लिएका छन् । 


त्यसैगरी रुपन्देही, सुनसरी, चितवन, सर्लाही, तनहुँ, स्याङजा, दाङ, नवलपरासी पूर्व, मकवानपुर, कास्की, कपिलवस्तु, धादिङ, काभ्रे, रौतहट, बारा, बागलुङबाट पनि वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या ठूलो रहेको विभागको तथ्यांकले देखाएको छ ।

धेरै श्रमिक गएका मुलुक
युएई    – १८,४९३
कतार    – १४,१५२
साउदी    – १३,९८४  
मलेसिया    – ९,७७५
कुवेत    – ३,४५८ 
जापान    – १५२८
रोमानिया    – ९६९
बहराइन    – ८९५
माल्दिभ्स    – ७९५ 
क्रोएसिया    – ७९३


प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP