Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #कुलिङ_पिरियड
  • #नेप्से परिसूचक
  • #‘नीलो आकाशैमा बादलु’
  • #रकम ठगी
  • #लोतीखोला_बेलीब्रिज
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #गाथामग_चह्रे
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर घट्दै
वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर घट्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर ८, २०८०

काठमाडौं– चालु आर्थिक वर्ष (आव) २०८०/८१ को चौथो महिना अर्थात् कात्तिकमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या घटेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कात्तिक महिनामा ४३ हजार ६२२ जना श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुकमा गएका हुन् । यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिने दुवैतर्फको हो । 

विभागको तथ्यांकअनुसार कात्तिकमा विदेशिने नेपालीको संख्या गत असोज महिनाको भन्दा १२ हजार ६१३ ले घटेको छ । असोजमा ५६ हजार २३५ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । चालु आवको सुरुआती महिनादेखि संयुक्त अरब इमिरेट्स (युएई) नेपाली श्रमिकको पहिलो गन्तव्य बनेको छ । विभागको तथ्यांकअनुसार युएईका लागि १२ हजार ४८५ जनाले श्रम स्वीकृति लिएका छन् । गत असोज महिनामा युएई जान १३ हजार ९०५ जनाले श्रम स्वीकृति लिएका थिए ।

यस्तै कात्तिक महिनामा रोजगारीका लागि कतार जान आठ हजार ४६२ जनाले श्रम स्वीकृति लिएका छन् । संख्याको हिसाबमा कतार दोस्रो स्थानमा परेको छ । त्यसैगरी तेस्रोमा साउदी अरेबिया रहेको छ । साउदीमा आठ हजार १४० जना श्रमिक श्रम स्वीकृति लिएर रोजगारीका लागि पुगेको विभागले उल्लेख गरेको छ । यसअघि साउदी दोस्रो स्थानमा थियो । चालु आव सुरु भएयता युएई, कतार र साउदी जाने नेपालीको संख्या हराहारीजस्तो देखिएको छ ।

यसैगरी गत आर्थिक वर्षभरि पहिलो स्थान ओगटेको मलेसिया जाने नेपालीको संख्यामा निरन्तर कमी आएको छ । चौथो स्थानमा झरेको मलेसिया जान पाँच हजार ५५२ जनाले मात्रै कात्तिकमा श्रम स्वीकृति लिएका छन् । यो संख्या असोजमा सात हजार ९०९ जना थियो । यस्तै पाँचांै स्थानमा परेको कुवेतमा दुई हजार ९८ जना नेपाली श्रमिक रोजगारीका लागि पुगेका छन् । कुवेत जाने श्रमिक पनि निरन्तर घटिरहेको तथ्यांक छ । यद्यपि, उल्लिखित पाँच मुलुकले नै नेपालको वैदेशिक रोजगारीको ठूलो हिस्सा (झण्डै ८० प्रतिशतभन्दा बढी) ओगटेको देखिन्छ ।

यसैगरी क्रोएसियाका लागि एक हजार १६२, जापान ८७०, माल्दिभ्स ६२८, बहराइन ५०४, रोमानिया ४६३, माल्टाका लागि ४१९, मोरिसस ३७३, ओमान ३६९ र साइप्रसका लागि ३१० जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने नेपालीको संख्यामा निकै कमी आएको छ । कात्तिक महिनामा कोरिया जान २८५ जनाले मात्रै श्रम स्वीकृति पाएका छन् । उल्लिखित मुलुकहरुमा पनि श्रम स्वीकृति लिएर जाने नेपालीमा उल्लेख्य कमी आएको छ ।

विभागबाट कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने १९ हजार ५४४ जना छन् भने पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या २४ हजार ७८ जना रहेका छन् । चालु आवको चौथो महिनामा श्रम स्वीकृति लिनेमध्ये पाँच हजार ३०० जना महिला श्रमिक रहेको विभागले उल्लेख गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि युरोपेली मुलुकमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या क्रमिक रुपमा बढ्दै गएको विभागको तथ्यांकबाट देखिएको छ । 

यस्तै जिल्लागतरुपमा झापाबाट सबैभन्दा बढी रोजगारीका लागि श्रम स्वीकृति लिएको देखिन्छ । कात्तिकमा झापाबाट दुई हजार १०८ जना विदेशिएका छन् । गत आर्थिक वर्षभरि पहिलो रहेको धनुषा चालु आवको सुरुआतबाटै दोस्रो स्थानमा झरेको छ । त्यहाँबाट दुई हजार ५७ जना श्रमिक विदेशिएका छन् । यस्तै तेस्रो स्थानमा मोरङबाट एक हजार ९३० जना रोजगारीका लागि बाहिरिएका छन् ।

चौथोमा रहेको सिरहाबाट एक हजार ५९४ र पाँचौंमा रहेको महोत्तरीबाट एक हजार ४५० जना रहेका छन् । त्यसैगरी रुपन्देही, सुनसरी, चितवन, सर्लाही, तनहुँ, स्याङ्जा, दाङ, नवलपरासी पूर्व, मकवानपुर, कास्की, कपिलवस्तु, धादिङ, काभ्रे, रौतहट, बारा, बागलुङबाट पनि वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुको संख्या ठूलो रहेको विभागको तथ्यांकले देखाएको छ ।

कात्तिकमा धेरै श्रमिक गएका मुलुक
युएई        ः १२,४८५
कतार    ः ८,४६२
साउदी    ः ८,१४०  
मलेसिया    ः ५,५५२
कुवेत    ः २,०९८ 
क्रोएसिया    ः १,१६२
जापान    ः ८७०
माल्दिभ्स    ः ६२८ 
बहराइन    ः ५०४
रोमानिया    ः ४६३
स्रोतः वैदेशिक रोजगार विभाग
 


प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, साउन १३, २०८२
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी सोमबार, साउन १२, २०८२
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’ सोमबार, साउन १२, २०८२
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार सोमबार, साउन १२, २०८२
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश 
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश  सोमबार, साउन १२, २०८२
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत आइतबार, साउन ११, २०८२
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ शुक्रबार, साउन ९, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
सुनको मूल्य अठार सयले बढ्याे
सुनको मूल्य अठार सयले बढ्याे
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP