Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जर्मनी जाने श्रमिकको मापदण्ड बन्दै ,मासिक तलब दुई हजार युरो
जर्मनी जाने श्रमिकको मापदण्ड बन्दै ,मासिक तलब दुई हजार युरो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर ३, २०८०

काठमाडौं– सरकारले रोजगारीका लागि जर्मनी पठाउने श्रमिकहरुले पाउने सेवासुविधा तथा सुरक्षासम्बन्धी आवश्यक मापदण्ड बनाउँदै छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल र जर्मनीले दक्ष श्रम आप्रवासन तथा ज्ञान आदानप्रदानसम्बन्धी संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेपश्चात् जर्मनीमा प्रशिक्षार्थी श्रमिक पठाउन द्विपक्षीय ज्वाइन्ट कमिटीले आवश्यक मापदण्ड निर्माणको गृहकार्य गरिरहेको उल्लेख गरेको छ । 

सम्झौताअनुसार जर्मनीले नेपालबाट प्रशिक्षार्थी कामदार लैजाने र उनीहरुलाई एक वर्ष भाषा, सीप तथा व्यावसायिक तालिम प्रदान गरी रोजगारीको क्षेत्रमा पठाइने छ । रोजगारीका लागि नेपालीहरुलाई जर्मनी पठाउनेगरी सम्झौता भए पनि उनीहरुलाई पठाउन आवश्यक मापदण्ड नभएका कारण त्यसैको तयारी भइरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले बताए ।

‘दुई देशबीचको आपसी सहमतिअनुसार नै मापदण्ड निर्माण हुने छ,’ उनले भने, ‘नेपाली जनशक्तिलाई रोजगारीको अवसर उपलब्ध गराउने, वैधानिक तवरबाट मात्रै श्रमिक लैजाने र उनीहरुको सेवासुविधा, सुरक्षा, सीप र भाषाको विषयलाई मापदण्डमा समेटिदै छ ।’ मापदण्डअनुसार जर्मनी जाने श्रमिकले कम्तीमा १२ कक्षा पास गरेको हुनुपर्ने, जर्मनी भाषा सिक्नुपर्ने र एक वर्षको व्यावसायिक तालिम परीक्षा उत्तीर्ण गर्नुपर्ने बताइएको छ ।

Hardik health

त्यस्तै जर्मनी जान छनोट भएका श्रमिकले कुनै शुल्क व्यहोर्नु नपर्ने, उनीहरुलाई खान बस्न निःशुल्क व्यवस्था गर्नुपर्ने, त्यहाँका नागरिकसरह अन्य सेवा सुविधासहित सामाजिक सुरक्षा, बिमा उपलब्ध हुनुपर्ने उल्लेख गरिएको छ ।त्यसैगरी प्रशिक्षार्थी श्रमिकलाई तालिम अवधिभर न्यूनतम मासिक तलब करिब दुई हजार युरो हुनेगरी मापदण्ड तयारी भइरहेको मन्त्रालयले जनाएको छ । मापदण्ड स्वीकृत भएलगत्तै जर्मनीमा श्रमिक पठाउन आवश्यक प्रक्रिया अपनाइने प्रवक्ता घिमिरेले बताए ।

उनका अनुसार मोडालिटी तयार भएपछि अनलाइन आवेदन आह्वान गरी श्रमिक छनोट गरी जर्मनी पठाइने छ । हाल जर्मनीमा विभिन्न माध्यमबाट करिब आठ हजारको हाराहारीमा नेपाली रहेको बताइन्छ । दुईपक्षीय श्रम सम्झौतापश्चात् अब श्रम स्वीकृति दिएर सरकार आफैंले श्रमिकलाई जर्मनी पठाउने व्यवस्था गरिएको घिमिरेले बताए । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार १० वर्षको अवधिमा एक हजार ६०० नेपालीहरु श्रम स्वीकृति लिएर जर्मनी पुगेका छन् । कोरोना महामारीका कारण युरोपमा श्रमिकहरुको अभाव चुलिँदै गएपछि जर्मनीले आप्रवासी श्रमिक माग गर्दै आएको छ । 


प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ सम्बन्धी कार्यविधि खारेज गर्न ‘एक्सन’मै उत्रिए श्रममन्त्री
‘फ्रि भिसा, फ्रि टिकट’ सम्बन्धी कार्यविधि खारेज गर्न ‘एक्सन’मै उत्रिए श्रममन्त्री बुधबार, माघ २१, २०८२
वैदेशिक रोजगारीमा प्रलोभनमा पारी ठगी  गर्ने दुई पक्राउ
वैदेशिक रोजगारीमा प्रलोभनमा पारी ठगी गर्ने दुई पक्राउ मंगलबार, माघ २०, २०८२
निर्माण क्षेत्रका कामदारको सीप प्रमाणीकरण गर्दै मलेसिया
निर्माण क्षेत्रका कामदारको सीप प्रमाणीकरण गर्दै मलेसिया मंगलबार, माघ २०, २०८२
कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ
कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ सोमबार, माघ १९, २०८२
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार सोमबार, माघ १९, २०८२
इपिएस प्रणाली परिवर्तन नहुने कोरियाको प्रस्टोक्ति, कर्मचारीको सुरक्षाप्रति चासो
इपिएस प्रणाली परिवर्तन नहुने कोरियाको प्रस्टोक्ति, कर्मचारीको सुरक्षाप्रति चासो सोमबार, माघ १९, २०८२
युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी
युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP