Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • तीन महिनामा विदेसिए एक लाख १३ हजार दक्ष श्रमिक
तीन महिनामा विदेसिए एक लाख १३ हजार दक्ष श्रमिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १९, २०८०

काठमाडौं– चालु आर्थिक वर्षको तीन महिनामा एक लाख १३ हजारभन्दा बढी सीपयुक्त दक्ष श्रमिकहरु रोजगारीका लागि विदेसिएको पाइएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको साउन, भदौ र असोज महिनामा सीप सिकेर विदेश जाने श्रमिकको संख्या एक लाख १३ हजार २९३ जना रहेको छ ।

यस्तै तीन महिनाको अवधिमा सीप सिकेर विदेश जानेमध्ये १२ हजार ३०६ जना महिला श्रमिक रहेको विभागले उल्लेख गरेको छ । यसरी साउन महिनामा ३८ हजार ७४५, भदौमा ३५ हजार ८१० र असोजमा ३८ हजार ७३८ जना सीपयुक्त श्रमिक विदेसिएको विभागको तथ्यांकमा उल्लेख छ । उक्त अवधिमा १३ हजार ३७१ जना अर्धदक्ष श्रमिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका छन् । पेसागत दक्षता हासिल गरेका २६६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको देखिन्छ ।

त्यस्तै तीन महिनाको अवधिमा विशिष्ट दक्षता हासिल गरेका १३५ जना विदेसिएका छन् । यस अवधिमा ठूलो संख्यामा अदक्ष श्रमिक पनि रोजगारीका लागि विदेसिएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । चालु अवको तीन महिनामा ३५ हजार ६५९ जना अदक्ष (कोरा) श्रमिक विदेसिएका छन् । यस्तै तीन महिनामा जम्मा एक लाख ६२ हजार ६९४ जना श्रमिक रोजगारीका लागि विदेश गएका छन् । जसमध्ये २१ हजार २४९ जना महिला श्रमिक रहेका छन् । 

Hardik health

विभागले सार्वजनिक गरेको गत आव २०७९÷८० को तथ्यांकअनुसार विशिष्ठ दक्षता हासिल गरेका श्रमिकका रुपमा २५७ जना, पेसागत दक्षता भएका श्रमिक एक हजार १५३ र सीपयुक्त दक्ष श्रमिक पाँच लाख छ हजार ५४६ जना रोजगारीका लागि विदेसिएका थिए । यस्तै गत वर्ष ६० हजार ५५५ जना अर्धदक्ष र दुई लाख दुई हजार २१६ जना अदक्षका श्रमिकका रुपमा विदेश गएका थिए ।

सरकारले रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागू गरेयता सीप सिकेर विदेश जाने श्रमिकको संख्या बढ्दो क्रममा रहेको विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले बताए । उनका अनुसार पछिल्ला आर्थिक वर्षहरुमा वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको संख्या क्रमशः घट्दै गइरहेको छ ।

‘यद्यपि, सीप विकास तालिम अनिवार्य भए पनि कार्यान्वयनमा कठिनाइ भएका कारण ठूलै संख्यामा अदक्ष श्रमिक पनि रोजगारीका लागि विदेश जाने क्रम जारी नै छ,’ उनले भने, ‘कतिपय अवस्थामा पहिले नै विदेश गएर सीप सिकेर फर्किएका श्रमिकहरु पनि पुनः अदक्ष श्रमिककै रुपमा श्रम स्वीकृति लिएर विदेसिने गरेका कारण पनि अदक्ष श्रमिकको संख्या बढी देखिएको छ ।’ 

यस्तै वैदेशिक रोजगारीको सम्बन्धमा नेपाली श्रमिकहरुको दक्षता अभिवृद्धि गर्ने र सीपयुक्त दक्ष जनशक्ति उत्पादन गरी गन्तव्य मुलुकमा ब्राण्डिङ गर्नुपर्नेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलेसमेत जोड दिँदै आएका छन् । उनले विभिन्न फोरमहरुमा अन्तर्राष्ट्रिय श्रमबजारमा प्रतिपस्पर्धा गर्न सक्ने  सीपयुक्त जनशक्ति विकास गर्न आवश्यक तयारी गरिरहेको बताउँदै आएका छन् । 

 


प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP