Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • घरेलु कामदार बनेर खाडी नजानू
खाडीबाट फर्किएकी कौशिलाको सुझाव घरेलु कामदार बनेर खाडी नजानू
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, कात्तिक १८, २०८०

बलेवा (बागलुङ)– सात समुद्रपारीको देश, मध्यरात र एक्लो कोठामा सुतिरहेको अवस्थामा कोही पुरुषले आफ्नो मुख थुन्छ । हातभरि कुवेती डलर बोकेको वयस्क पुरुषले भन्छ, ‘तँलाई चाहिएको जति दिन्छु मैले भनेको मान ।’


कौशिला विकले भएभरको बल लगाएर त्यस व्यक्तिसँग प्रतिकार गरिन् । आफूलाई अँठ्याउन खोजेको पुरुषलाई भुइँमा पछारिन् । हतारहतार कोठाको चुकुल लगाइन् र आफूलाई बचाइन् । त्यसपछि सुरु भए उनका थप कष्टका दिन । घरेलु कामदारका रुपमा कुवेत पुगेकी बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीकी २३ वर्षीया कौशिलाले व्यहोरेको व्यथा हो यो । आफन्तकै सल्लाहमा सरसफाइ मजदुर बनेर कुवेत पुगेकी उनी त्यहाँ पुग्दा घरेलु कामदार बनिन् । कुवेत पुगेको दुई साता नबित्दै कौशिलामाथि हिंसाको प्रयास भयो ।


हिंसात्मक घटनामा प्रतिकार गरेकैले उनलाई २८ दिनमा तीन ठाउँमा काम फेरियो । जहाँ गए पनि कामको अवस्था भने उस्तै । नेपालमा हुँदा खाडी मुलुकमा महिलामाथि हुने हिंसाका घटनाका विषयमा धेरैथोरै समाचार सुनिरहेकी कौशिलाले कुवेतमा बसेर घरको ऋण तिर्नभन्दा पनि स्वदेश नै फर्किने निर्णय लिइन् । ‘मेरै आँखा अगाडि एक एजेण्टले ९०० कुवेती डलर (केडी)मा एक नेपाली दिदीलाई कुवेतीको घरमा काम गर्न बेचे, अनि मेरो मन थामिएन,’ कौशिलाले भनिन्, ‘मैले नेपाल फर्किने बाटो खोजेँ ।’ उनले नेपाल फर्किन खोजेको यहाँ रहेका एजेण्टले थाहा पाएपछि कौशिलाको मोबाइल खोसियो । बन्द कोठमा विनाकाम राखेर मानसिक तनावमात्रै दिने गरेको उनले सुनाइन् ।

Hardik health


‘नेपालमा क्लिनर हो भने, विमानस्थल पसेपछि बल्ल डकुमेन्ट दिए, दुईथरी डकुमेन्ट दिएका थिए, उता देखाउने र यता देखाउने दुईथरी भनेर, हामीलाई दिएको कागजमा कुवेतको भिजिट भनेर लेखिएको थियो,’ कौशिलाले भनिन्, ‘नेपालकै विमानस्थलमा दुईथरी डकुमेन्ट र भिजिट भनेर होटलसमेत बुक गरेको कागज देखेपछि नजाने भनेकी थिएँ तर विमानस्थलमै बसेका एजेण्टले फर्किन दिएनन्, कुवेत पुगेपछि कम्पनीको प्रतिनिधि आएर लिएर गयो । घरेलु काममा लगायो । केही दिन काम राम्रै थियो, ठाउँ फेरिदियो र हिंसाको प्रयास भयो ।’


कुवेतमै रहेकी एक नेपालीको मोबाइलको सहारामा माइती नेपाल र सुरक्षित आप्रवासन परियोजनामा सम्पर्क गरेकी उनले सबै कागज भने सुरक्षित राखेकी थिइन् । बागलुङमा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रमले उनको सबै डकुमेन्ट मगायो । कौशिलाले समय–समयमा लुकीलुकी डकुमेन्ट उपलब्ध गराइन् । उक्त कार्यक्रमले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थासँगको सहकार्यमा कौशिलासम्म पुगेर सकुशल उनलाई नेपाल ल्यायो ।


‘मैले एजेण्टलाई कि मलाई नेपाल फर्काऊ होइन भने चार तलामाथि छु, हाम फालेर मर्छु, तँ पर्छस् भनेँ,’ कौशिलाले भनिन्, ‘मरे शव ल्याउन पहल गर्छु भनेर उसले जवाफ दियो ।’ सुरक्षित आप्रवासन कार्यक्रमले दिनरात नभनी आफ्नो उद्धार गरेको उनले बताइन् । 


‘कौशिला सचेत हुनुहुँदो रहेछ, हामीसँग समयमा सम्पर्कमा आउनुभयो र आवश्यक कागजात सबै उपलब्ध हुँदा उद्धारमा सहज भयो,’ सुरक्षित आप्रवासन कार्यक्रमकी परामर्शदाता गंगा रिजालले भनिन्, ‘गाउँपालिकाकी कार्यपालिका सदस्य पूर्णमाया विकको सहयोगमा हामी उहाँसम्म पुग्यौं, कौशिलाले रातभरि पनि मेसेज गर्नुहुन्थ्यो, हामीले दिनरात नभनी उनको उद्धार ग¥यौं ।’ वैदेशिक रोजगारीका विषयमा राम्रोसँग जानकारी नलिई जाने र गइसकेपछि पनि फर्किन सक्ने बाटाको विषयमा जानकारी नहुँदा धेरै नेपाली कामदार श्रम शोषण र हिंसाको सिकार हुने गरेको कार्यक्रम संयोजक मीनप्रसाद उपाध्यायले बताए ।


पासपोर्ट बनाउने बेला नै कौशिलाले कोरिया जाने भनेकी थिइन् । आफन्तले कुवेतमा काम लगाइदिने भनेपछि काठमाडौंसम्म बसमा पासपोर्ट पठाएको बताएकी उनले मेडिकल जाँच गरेको १० दिनमै भिसा आएपछि विमानस्थल प्रवेश गरेपछिमात्रै आफू कुवेत जान लागेको थाहा पाएको बताइन् । ‘मलाई आफन्तले नै फसाए,’ कौशिलाले भनिन्, ‘घरेलु कामदारका रुपमा कोही दिदीबहिनी पनि खाडी नजानू, त्यहाँ दिदीबहिनीको हालत खराब छ ।’ कुवेत पुगेको २८ दिनका दिनपछि नेपाल फर्किएकी कौशिला अब भने कोरियाको तयारी गर्ने बताइन् । 
 


प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १०:३२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP