Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोगजारमा गएका चार लाख सामाजिक सुरक्षा कोषमा
वैदेशिक रोगजारमा गएका चार लाख सामाजिक सुरक्षा कोषमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक १७, २०८०

काठमाडौं– सरकारले सञ्चालनमा ल्याएको योगदानमा आधारित समाजिक सुरक्षा योजनाअन्तर्गत ७ महिनाको अवधिमा रोजगारीको लागि विदेश जाने झन्डै ४ लाख श्रमिक सूचीकृत भएका छन् । औपचारिक क्षेत्रका श्रमिकमात्रै समावेश गर्दै आएको सरकारले यस योजनामा गत वर्षको चैत पहिलो साताबाट वैदेशिक रोजगारीमा जाने सबै श्रमिकलाई सूचीकृत गर्ने व्यवस्था गरेपछि हालसम्म ३ लाख ९१ हजार ३०१ श्रमिक आवद्ध भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । 

सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था अनुरुप वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृतिकै समयमा कोषमा योगदान गर्नुपर्ने हुन्छ भने विदेशमा रहेका श्रमिकहरुले श्रम स्वीकृति नवीकरण गर्नेबेला अथवा अगावै पनि योगदान गर्न सक्नेछन् । सामाजिक सुरक्षा योजनामा आबद्ध भएका श्रमिकमार्फत हालसम्म ७६ करोड १६ लाख ७० हजार रुपैयाँभन्दा बढी रकम योगदान गरेको कोषले जनाएको छ । 

रोजगारीका क्रममा विदेशमा रहेकाभन्दा पनि नयाँ श्रम स्वीकृति लिएर जाने श्रमिकहरुको सुरक्षा योजनामा आबद्धता बढी रहेको र श्रमिक विदेश जानु अगावै योगदान रकम पनि वृद्धि हुँदै गएको कोषका प्रवक्ता विवेक पन्थीले बताए । ‘अहिलेसम्म सुरक्षा योजनामा सहभागी भएकामध्ये अधिकांश वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिन आवेदन दिएका श्रमिक रहेका छन्,’ उनले भने, ‘विदेशमा रहेका श्रमिकहरु पनि विस्तारै योजनामा आबद्ध हुने क्रम बढ्दो छ, यसका लागि जनचेतनाको काम पनि सँगसँगै गरिरहेका छौं ।’ 

Hardik health

वैदेशिक रोजगारीमा रहेका श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनाका लागि २६ करोड ६२ लाख ७५ हजार ५९१ रुपैयाँ र वृद्ध अवस्था सुरक्षा योजनाका लागि ४९ करोड ५३ लाख ९४ हजार ६३१ रुपैयाँ योगदान गरेको प्रवक्ता पन्थीले बताए । उनका अनुसार सरकारले सुरक्षा योजनामा वैैदेशिक रोजगारी तथा स्वरोजगारीमा रहेका नेपालीको सहभागिता बढाउन प्रमुख श्रम गन्तव्यका नियोगलाईसमेत अनुरोध गरिएको छ । त्यस्तै श्रम स्वीकृति नवीकरण गर्ने बेला नभएका श्रमिकहरू पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको सहकार्यमा तयार गरिएको अनलाइन प्रणालीमार्फत सूचीकृत हुनसक्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ । 

वैदेशिक रोजगारीमा ४० लाख नेपाली श्रमिक रहेको अनुमान गरिए पनि २२ लाखलाई समेट्ने कोषको तयारी छ । सुरक्षा योजनामा आबद्ध हुन चाहने श्रमिकले मासिक न्यूनतम दुई हजार तीन सय रुपैयाँ योगदान गर्नुपर्नेछ भने अधिकतम २८ हजार १५५ रुपैयाँसम्म योगदान गर्न सक्नेछन् । सरकारले कोषमा छ महिनासम्मको एकमुष्ट रकम जम्मा गरे १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । 

सामाजिक सुरक्षा योजनामा आबद्ध भएपछि वैदेशिक रोजगारीमा रहेका श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा सुविधा पाउनेछन् । योगदानकर्ताले आफूले जम्मा गरेको रकम र कोषले लगानी गर्ने उक्त रकमबाट प्राप्त हुने प्रतिफललाई जोडेर हुन आउने कूल योगदान रकम एकमुष्ठ लिने वा सो रकमलाई १६० ले भाग गर्दा हुन आउने रकमलाई वृद्धावस्थामा निवृत्तिभरणबापत मासिकरुपमा लिन सकिने व्यवस्था कोषले गरेको छ । 

यतिमात्र नभई कुनै कारण योगदानकर्ता दुर्घटनामा परे एक लाख रुपैयाँसम्म उपचार खर्च पाउनेछन् । त्यस्तै विदेशमा रहेका योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले निवृत्तिभरण, सन्ततिलाई शैक्षिक वृत्ति र अन्तिम संस्कार खर्च उपलब्ध गराउने कोषले जनाएको छ । त्यसैगरी जुनसुकै कारणबाट मृत्यु भए पनि न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशतका दरले जीवनभर निवृत्तिभरण पाउने जनाइएको छ ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP