Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रमिकका समस्या सम्बोधन गर्न माग
श्रममन्त्रीलाई एनआरएनएको ज्ञापनपत्र  श्रमिकका समस्या सम्बोधन गर्न माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १४, २०८०

काठमाडौं– मध्यपूर्वलगायत विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिकहरुको समस्या हल गर्न माग गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार एनआरएनएका अध्यक्ष आरके शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले वैदेशिक रोजगारीका लागि विदेसिएका नेपालीहरुले भोग्नुपरेको समस्याको समाधानका लागि मन्त्री भण्डारीलाई सोमबार निवासमै पुगेर ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा वैदेशिक रोजगारीमा जाने क्रम नरोकिएको र विभिन्न अध्ययनअनुसार अबका १० वर्ष यही वैदेशिक रोजगारीमा जाने क्रमले नै निरन्तरता पाउने उल्लेख गरिएको छ । वैदेशिक रोजगारीका क्रममा भविष्यमा आउनसक्ने समस्यालाई सम्बोधन गर्न नेपाल सरकारको नेतृत्वमा मध्यपूर्व संयोजक राजेन्द्र अर्याल (जोन) र युरोप संयोजक चिन्तामणि सापकोटालाई एनसिसी प्रतिनिधि सदस्य तथा त्यहाँ रहेका वैचारिक संस्थाका प्रतिनिधि संलग्न भएको समिति गठन गर्न माग गरिएको छ ।

वैदेशिक रोजगार विभागबाट भइरहेको अनलाइन सेवा प्रभावकारी नदेखिएको संकेत गर्दै वैदेशिक रोजगारमा रहेका श्रमिकहरुको सहजताका लागि अनलाइनबाट श्रम स्वीकृति सहज बनाउनुपर्नेसमेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ । त्यस्तै सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा गर्नुपर्ने अनिवार्य व्यवस्थालाई एकद्वार प्रणाली अपनाउन पनि सुझाइएको छ । यसैगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षा कोषमा आकर्षण बढाउन समयअनुकूल नीति परिमार्जन तथा कोष सञ्चालक समितिमा एनआरएनएबाट  एक जनालाई प्रतिनिधित्व गर्न दिनुपर्ने माग गरिएको छ ।

Hardik health

एकीकृत सामाजिक सूचना प्रणाली विकास गर्नुपर्नेमा जोड दिँदै वैदेशिक रोजगारलाई सम्मानित र मर्यादित बनाउने काममा एनआरएनए नेपाल सरकारसँग सधैं सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै अहिले देखिएका समस्या हल गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराइएको अध्यक्ष शर्माले बताए । घरेलु महिला कामदारको सुरक्षा, न्यूनतम पारिश्रमिक तथा रोजगारीको सुनिश्चितता हुनेगरी गन्तव्य मुलुकसँग सम्झौता गर्नुपर्ने र इराक पुगेका थुप्रै नेपालीको पासपोर्ट नवीकरण नहुँदा स्वदेश फर्किन नपाएको विषयमा सहजीकरण गरिदिन पनि माग गरिएको उनले जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री भण्डारीले मध्यपूर्वलगायतका विभिन्न मुलुकमा देखिएका श्रमिकसँग सम्बन्धित समस्या हल गर्न सरकार गम्भीर रहेको प्रतिक्रिया दिएको शर्माले बताए । मन्त्री भण्डारीले सामाजिक सुरक्षा कोषमा बिमा गर्नुपर्ने अनिवार्य व्यवस्थालाई एकद्वार नीतिबाट गर्ने सम्बन्धमा प्रयासरत रहेको बताए । शर्माका अनुसार मन्त्री भण्डारीले श्रमिकका पक्षमा हुनेगरी विभिन्न नीति निर्माणमा पनि गृहकार्य भइरहेको बताए । 

हालै सम्पन्न एनआरएनएको ११औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित बद्री केसीलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा समानान्तर कार्यसमिति बनाइएको हो ।   विद्युतीय प्रणालीबाट भएको मतदानमा धाँधली भएको भन्दै असन्तुष्ट पक्षले समानान्तर भेला डाकेर शर्मालाई अध्यक्ष चयन गरेको थियो । उनी मध्यपूर्वलगायत विभिन्न मुलुकमा रहेका नेपाली श्रमिकहरुको पक्षमा वकालत गर्दै एनआरएनएको अध्यक्षमा उम्मेद्वार बनेका थिए । यो समूहले आफू आधिकारिक भएको भन्दै परराष्ट्र मन्त्रालयलगायत निकायमा दाबी पेस गरिसकेको छ । उक्त समूहले एनआरएनएको खाता रोक्का गर्न माग गर्दै परराष्ट्रमा निवेदन दिएको छ ।  


 


प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP