Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘नेताहरुकै कारण युवाहरु विदेसिन बाध्य’
‘नेताहरुकै कारण युवाहरु विदेसिन बाध्य’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १२, २०८०

काठमाडौं– गैरआवासीय नेपाली एवं सरोकारवालाहरुले दलका नेताहरुकै कारण युवाहरु विदेसिन बाध्य भएको बताएका छन् । उनीहरुले शुक्रबार यहाँ पत्रकार सम्मेलन गरी गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनको क्रममा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एनआरएनप्रति दिएको अभिव्यक्तिको कटाक्ष गर्दै यस्तो बताएका हुन् । 

नेताहरुकै कारण नेपाली युवा विदेसिन परिरहेको अवस्थामा झाँक्रीको अभिव्यक्ति गैरजिम्मेवार रहेको उनीहरुको भनाइ छ । महाधिवेशनको क्रममा सचिव झाँक्रीले एनआरएनलाई दिएको दोहोरो नागरिकताको सुविधामा राजनीतिक अधिकार नभएको स्पष्ट पार्दै विदेशमा बसेर नेपालबारे टिप्पणी नगर्न आग्रह गरेकी थिइन् । दोहोरो नागरिकतामा पूर्ण अधिकार नदिइएको भन्दै एनआरएनहरुबाट विरोध उठेपछि उनले सो अभिव्यक्ति दिएकी थिइन् ।

पत्रकार सम्मेलनमा बोल्दै श्रीराम कँडेलले झाँक्रीजस्ता नेताहरुकै कारण आफूहरु विदेसिनु परेको आरोप लगाए । ‘राजनीतिले नेपाललाई बिगा¥यो, कमजोर बनायो, अहिले एसियाको एक नम्बर गरिब भइसक्यो । अब विश्वको एक नम्बरमा पु¥याउने दौडमा नेताहरु छन्,’ उनले भने ।एनआरएनहरुले विदेशमा बाध्यताले त्यहाँको ग्रिनकार्ड, पिआरलगायतको सुविधा लिएको उनको भनाइ छ । त्यहाँको ग्रिनकार्ड, पिआर लिनु नेपालीहरुका लागि रहर नभएर बाध्यता रहेको उनको दाबी छ । त्यहाँको सेवा, सुविधा लिन, बैंक खाता सञ्चालन गर्नलगायतका काममा त्यहाँको स्थायी आवासीय प्रमाणपत्र लिन नेपालीहरु बाध्य हुने कँडेलले बताए ।

‘नेपालमा बस्नका लागि युवाहरुलाई अत्यन्त कठिन र पीडा भएपछि बाध्यताले पेट पाल्न र आफ्नो सन्ततीको भाग्य भविष्य निर्माण गर्न विदेश जानुपरेको हो,’ उनले भने, ‘रामकु्मारी झाँक्रीजस्ता नेताहरुले यो बाध्यता बुझ्न आवश्यक छ ।’ विदेसिएका नेपालीले त्यहाँको ग्रिनकार्ड, पिआरलगायतको सुविधा लिँदैमा यहाँको वंशजको नागरिकता त्याग्नुपर्ने व्यवस्था उपयुक्त नभएको उनको भनाइ छ । आफ्नो देशमा रोजगारी नभएर विदेसिएका नेपालीहरुको वंशजको नागरिकताको सम्बन्ध टुटाउने वातावरण अहिलेको व्यवस्थाले गरेको कँडेलले जिकिर गरे ।

Hardik health

अर्का वक्ता एनआरएनएका अभियन्ता कृष्ण खतिवडाले आफूहरुले भित्रभित्रै उठाइरहेको बहस झाँक्रीले सुनामीको रूपमा नेपाली राजनीतिमा ल्याइदिएको भन्दै धन्यवादव्यक्त गरे । झाँक्रीको अभिव्यक्तिले यो मुद्दालाई हरेक घरघरमा पु¥याएको उनले बताए । आज नेपालमा रोजगारी र अवसर नपाएर विदेसिने युवाहरु हरेक घर–घरमा रहेको बताउँदै उनले विदेशमा गएपछि त्यहाँको परिस्थितिमा बाँच्ने र टिक्ने उपाय गर्नु स्वाभाविक भएको बताए । विदेशमा गएपछि पिआर लिनु बाध्यता रहेको उनको भनाइ छ । अहिलेको संविधानका कारणले विदेशमा गएर दुःख गरिरहेका मूलवासीलाई बाहिर लखेट्ने काम भएको उनले बताए ।

प्रायः एनआरएनएलाई विदेशमा दुःख नभए पनि आफूहरु आत्मसम्मानका लागि बोलिरहेको उनले बताए । मूलवासीलाई विदेश लखेट्ने र विहारीले देश भर्ने काम भइरहेको उनको आरोप छ । नेपालको कानुनले नेपाली मुलवासीलाई नेपाल फर्किने र अधिकारको उपभोग गर्ने ढोका बन्द गर्न नहुने उनले बताए ।अर्का वक्ता योगेन क्षेत्रीले यो देशमा बस्न पाउने र नागरिकताको अधिकार एनआरएनले पनि पाउनुपर्ने बताए । संसारको कुनै पनि देशले वंशजको नागरिकलाई कानुन बनाएर, नियम बनाएर अनागरिक बनाउन नपाउने उनले बताए ।

नागरिकता प्राप्त गरेर राजनीतिक अधिकार हुने नागरिकता संसारको कुनै पनि देशमा नरहेको र यो व्यवस्था संयुक्त राष्ट्रसंघको वडापत्रको विरुद्ध रहेको उनको दाबी छ । अहिले एनआरएनएमा राजनीतिक दलका केही व्यक्तिहरु गएर कब्जा गरेर बसेको आरोपसमेत उनले लगाए । यहीँका राजनीतिक दलका नेताहरुले कब्जा गरेको कारण अहिले एनआरएनएमा भाँडभैलो रहेको उनले बताए ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले विश्वका २०१ देशमध्ये १८६ देशले दोहोरो नागरिकताको सिद्धान्त स्वीकार गरेको बताए । इमरान खान अमेरिकाको पनि नागरिक हुँदाहुँदै पाकिस्तानको प्रधानमन्त्री बनेको उदाहरण उनले प्रस्तुत गरे । त्यसैगरी बेलायतका वर्तमान प्रधानमन्त्री ऋषि सुनक पनि अमेरिकाको ग्रिनकार्ड होल्डर भएको उनको भनाइ छ । दोहोरो नागरिकताबारे नेपालमा २०६३ सालपछि समस्या आएको अधिवक्ता न्यौपानेले बताए ।

नागरिकता ऐन २०६३ बनाएर जन्मको आधारमा नेपालको नागरिकता दिने व्यवस्था गरेको भन्दै उनले आपत्ति जनाए । नेपालमा रहेको विभिन्न देशका शरणार्थीले समेत नेपालको नागरिकता पाएको उनको दाबी छ । राज्यले रोजगार दिन नसकेर विदेसिएका नेपाली वंशजको नागरिकलाई सरकारले कानुन बनाएर ‘अब तिमी नेपाली रहेनौं’ भनेको उनले बताए ।
 


प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP