Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #कुलिङ_पिरियड
  • #नेप्से परिसूचक
  • #‘नीलो आकाशैमा बादलु’
  • #रकम ठगी
  • #लोतीखोला_बेलीब्रिज
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #गाथामग_चह्रे
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • दसैंको मुखमा विदेसिनेको पीडा
दसैंको मुखमा विदेसिनेको पीडा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १, २०८०

काठमाडौं– घाँटीमा रातो खादा । निधारमा रातै टीका । जापान यात्रा शुभ रहोस् भनेर गोरखाकी सुमित्रा परियारलाई आमा र सानीमाले मंगलबार लगाइदिएका हुन् । त्यसक्रममा सुमित्राले आमा र सानिमाबाट आशीर्वाद पनि पाइन् ।देशमा दसैंको चहलपहल सुरु भइसक्दा सुमित्रा जापान उडान समयको प्रतीक्षा गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकको विश्रामस्थलमा थिइन् । आमा र सानीमाको बीचमा बसेकी उनले फ्याट्ट भनिन्, ‘देशमा पढेर पनि काम पाइँदैन । बरु, जापानमै पढ्दै काम गर्छु ।’

उनको भनाइले ‘स्टुडेन्ट भिसा’मा जापान जान लागेको अनुमान गर्न असहज छैन । तर, छोरी सुमित्राको उडान समय घण्टा हुँदै मिनेटतिर झर्दै गर्दा आमाको अनुहारमा अँध्यारो बढ्दै थियो । घरिघरी गला अबरुद्ध हुन्थ्यो ।उनले भनिन्, ‘आफ्नो सन्तानलाई चाडबाडको बेला टाढा पठाउन लाग्दा कुन आमाको मन खुसी होला र ?’ यति भनेर उनी डाँको छाडेर रोइन् । सुमित्राले आमालाई अर्को वर्ष दसैंमा आइहाल्छ आमा भन्दै सम्हाल्ने प्रयास गरिन् । तर, आमाको आँखाबाट आँसुका थोपाहरु झरिरहे ।

उनीहरूको पछाडिपट्टि रहेको भित्तामा अंग्रेजीमा ‘त्रिभुवन इन्टरनेसनल एयरपोर्ट’ लेखिएको छ । त्यहाँ मोरङका सुनिल विक पनि खादा लगाएर आमा र फूपूसँग सेल्फी खिच्दै गरेको देखिए । देश छाड्नुभन्दा पहिले यस ठाउँमा अधिकांशले तस्बिर खिचाउँछन् । सुनिलले पनि त्यही गरे । उनी संयुक्त अरब इमिरेट्स (युएई) जान लागेका रहेछन् । उनलाई पनि आमा हेमाले खादा पहिर्‍याइदिएकी थिइन् । 

‘बिहे गरियो । अब त गरिखानुपर्‍यो । आमाबाउ पाल्नुपर्‍यो । देशमा त रोजगारी नै छैन,’ उनले प्रभावसँग भने, ‘तनाव छ । हेरौं के हुन्छ ।’सुनिलको यस्तो कुरा सुनेर आमा हेमा भावुक भइन् । उनले सरकारले पाखुरीमा बल भएका युवायुवतीलाई रोजगारी दिए आफ्ना छोरा पनि विदेश नपर्ने बताइन् ।‘छोरालाई विदाइ गर्न आएको । नरमाइलो लागेको छ,’ आँसु पुछ्दै हेमाले भनिन्, ‘के गर्नु ! आफ्नै देशमा सरकारले रोजगारी दिए विदेश पठाउनुपर्ने थिएन ।’


आफ्नो सन्तानलाई चाडबाडको बेला टाढा पठाउन लाग्दा कुन आमाको मन खुसी होला र ?
सुमित्रा परियारकी आमा


आज दसैंको चौथो दिन । अबको छैटौं दिनमा मान्यजनबाट आशीर्वाद लिने र आफन्तहरू भेटघाट गरेर मिठोमसिनो खाने चलन छ । तर, दसैंअघि नै सुमित्रा, सुनिललगायत सयौं युवायुवती रोजगारीकै लागि जन्मी हुर्केको देश छाड्न बाध्य हुनुपरेको छ ।वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार त्रिभुवन विमानस्थल हुँदै दैनिक विदेसिनेहरूको संख्या औसतमा दुई हजार जना छ । विदेसिनेमध्ये धेरै श्रमशक्तिका रूपमा जाने हुन् ।

उसो त गत वर्षको मंसिरमा चुनाव हुनुअघि दलहरूले घोषणापत्रमा रोजगारी योजना सार्वजनिक गरेका थिए । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रले पाँच वर्षमा २० लाख नयाँ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएको थियो ।

सत्तामै रहेको दल नेपाली कांग्रेसले १२ लाख ५० हजार जनालाई र प्रमुख विपक्षी दल नेकपा एमालेले पाँच लाख नयाँ रोजगारी सिर्जना गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनबाट निर्वाचित भएको १०० औं दिनमा विदेशबाट १०० नेपालीलाई स्वदेश फर्काएर रोजगारी दिने जनाएका थिए । राप्रपालगायत अन्य दलहरूले पनि पाँच वर्षे रोजगारी योजना अघि सारेका थिए । तर, यी सबै रोजगारीसम्बन्धी प्रतिबद्धता पूरा गर्न कोही पनि तयार भएका छैनन् । 

छोरालाई विदाइ गर्न आएको । नरमाइलो लागेको छ । के गर्नु ! आफ्नै देशमा सरकारले रोजगारी दिए विदेश पठाउनुपर्ने थिएन ।
सुनिल विककी आमा


मंगलबार नै मलेसिया उडान हुनुअघि मुगुका पूर्णबहादुर रावलले दलहरूले रोजगारीसम्बन्धी योजनालाई चुनाव सकिएसँगै बिर्सेको बताउँछन् । उनलाई देशमा रोजगारी सिर्जना होला भन्ने विश्वास पनि छैन । ‘यो देश हामीजस्ता युवायुवतीहरू बस्नलाई योग्य छैन । न रोजगारी छ, न केही ? किन बस्ने यहाँ ?,’ रावलले भने, ‘यहाँ त भ्रष्टाचारी, दलाल, ठग, तस्कर र बिचौलियामात्रै बस्ने हुन् ।’

नेपालको राष्ट्रिय जनगणना–२०७८ ले सार्वजनिक एक तथ्यअनुसार नेपालको ग्रामीण भेगमा धेरै बूढापाका र बालबालिकाहरू छन् । युवायुवतीहरूको संख्या कम छ । कतै त युवाहरू नहुँदा शव बोक्ने र सद्गद् गराउने पनि महिलाहरू हुनुपरेको छ । यसो हुनुमा युवायुवती देश छाडेर विदेश जानु भएको विश्लेषकहरु बताउँछन् । देशमा यस्तो विषम् परिस्थितिमा पनि सरकार रोजगारी सिर्जना गर्नबाट चुकेको छ । 

देशमा रहेका बेरोजगारहरूलाई रोजगारी दिन केही वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालित त छ । तर, कार्यक्रमकै प्रभावकारितामाथि प्रश्न उठेको छ । स्थानीय तहदेखि प्रदेशसम्मकै संरचना पनि संघीय सरकारले जसरी रोजगारी सिर्जना गराउन चुकेका छन् ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १०:३३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, साउन १३, २०८२
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी सोमबार, साउन १२, २०८२
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’ सोमबार, साउन १२, २०८२
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार सोमबार, साउन १२, २०८२
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश 
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश  सोमबार, साउन १२, २०८२
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत आइतबार, साउन ११, २०८२
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ शुक्रबार, साउन ९, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
सुनको मूल्य अठार सयले बढ्याे
सुनको मूल्य अठार सयले बढ्याे
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP