Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इजरायलस्थित नेपाली राजदूतावासको आग्रह : असुरक्षित स्थानमा भए सुरक्षित स्थानमा सरौं 
इजरायलस्थित नेपाली राजदूतावासको आग्रह : असुरक्षित स्थानमा भए सुरक्षित स्थानमा सरौं 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २८, २०८०
आफू असुरक्षित बन्दै गएको महसुस भएमा रोजगारदातासँग सल्लाह गरी सुरक्षित ठाउँमा स्थानान्तरण हुन सुझाव

काठमाडौं– इजरायलको तेल अभिभस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरुलाई आफू असुरक्षित बन्दै गएको महसुस भएमा रोजगारदातासँग सल्लाह गरी सुरक्षित ठाउँमा स्थानान्तरण हुन सुझाव दिएको छ । दूतावासले शनिबार एक सूचना जारी गर्दै नेपालीहरुलाई स्थिति समान्य नबन्दासम्म घरबाहिर ननिस्कन आग्रह गर्दै उक्त सुझाव दिएको हो । 

इजरायलको गाजा पट्टीमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ । उक्त आक्रमणमा मृत्यु हुनेको संख्या दुई हजारभन्दा बढी पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  युद्ध प्रभावित क्षेत्रबाट उद्धार गरी २५४ जना नेपालीलाई नेपाल ल्याइसकिएको छ । उनीहरुलाई लिन गएको नेपाल एयरलाइन्सको चार्टर्ड विमान शुक्रबार बिहान काठमाडौं आइपुगेको थियो । सरकारले स्वदेश फर्कन चाहने बाँकीलाई पनि व्यावसायिक उडानबाट ल्याइने बताएको छ ।

त्यसरी आउने नेपालीलाई हवाई भाडाबापतको रकम उपलब्ध गराउने घोषणा सरकारले गरेको छ । यसका लागि इजरायलस्थित नेपाली राजदूतावासले अनलाइन फाराम भर्न आग्रह गरेको छ । उक्त फाराममा भरेको विवरणका आधारमा उद्धार गरिने बताइएको छ । निश्चित रोजगारदाता नभएका नेपालीले पनि फाराम भर्नसक्ने दूतावासले जनाएको छ । दूतावासका अनुसार नेपाल फर्किन चाहने २०० भन्दा बढीले फाराम भरिसकेका छन् ।

Hardik health

दूतावासले सूचनामार्फत त्यहाँको स्थिति सामान्य नबन्दासम्म घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन विशेष अनुरोध गरेको छ । ‘पछिल्लो समय गाजा आसपाससहित इजरायलको दक्षिणी तथा उत्तरी सीमा क्षेत्रमा जोखिम थप बढेको र इजरायल सरकारद्वारा ती क्षेत्रमा रहेकाहरूलाई सुरक्षित क्षेत्रतर्फ जान सुझाइएकोले यदि तपाईं रहेको क्षेत्रमासमेत असुरक्षा बढ्दै गएको स्थिति छ भने आफ्नो रोजगारदातासँग सल्लाह गरी त्यहाँबाट बढी सुरक्षित स्थानतर्फ सर्नुहोला,’ दूतावासले भनेको छ । 

सोही सूचनामार्फत सुरक्षित आश्रयस्थल नभएकाहरूले दूतावासलाई जानकारी गराउन पनि आग्रह गरिएको छ । नेपाल सरकारका साथै इजरायल सरकार र विभिन्न आधिकारिक निकायका सूचना एवं स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्दै नेपालीहरुलाई दूतावासको सम्पर्कमा रहन भनिएको छ । त्यसैगरी दूतावासले हाल कामको चाप अत्यन्तै धेरै रहेको जनाएको छ । एकैपटक कैयौं फोन तथा मेसेजहरु आउने हुँदा पटक–पटकको प्रयासमा पनि सम्पर्क हुन नसके अन्य मित्र तथा विभिन्न संघसंस्थासमेतको सहयोग लिन दूतावासले सुझाएको छ ।

गाजा पट्टीमा भएको आक्रमणपश्चात् उत्पन्न संकटका कारण थुप्रै नेपाली प्रभावित भएको पनि दूतावासले उल्लेख गरेको छ । पछिल्लो समय चार हजार ५०० नेपाली केयर गिभरको रुपमा इजरायलमा काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत थुप्रै नेपाली विद्यार्थी इजरायलमा काम गरिरहेको पनि मन्त्रालयले उल्लेख गरेको छ ।

इजरायलले भर्खरै मात्र दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न थप ५०० सहायक कामदार (केयर गिभर)को माग गरे पनि द्वन्द्वको कारण अर्को सूचना प्राप्त नभएसम्म कुनै प्रक्रिया अगाडि नबढ्ने वैदेशिक रोजगार विभागले जनाएको छ । यसअघि पहिलो चरणमा झण्डै एक हजार २०० जना कामदार इजरायल गइसकेको विभागको तथ्यांकले देखाएको छ । रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको इजरायलमा विभिन्न माध्यम प्रयोग गरी जाने गरे पनि सन् २०१७ मा नेपाल सरकारले जिटुजी सम्झौता गरी नेपाली कामदार पठाउन थालेको हो ।


 


प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP