Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • परिणाममुखी काम राजदूत क्षेत्रीको प्रतिबद्धता
परिणाममुखी काम राजदूत क्षेत्रीको प्रतिबद्धता
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २३, २०८०

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई)का लागि नवनियुक्त राजदूत तेजबहादुर क्षेत्रीले नेपाली श्रमिकहरुको समस्या समाधानका लागि युएईमा रहेका विभिन्न नेपाली संघसंस्थासँग समन्वय एवं सहकार्य गर्ने बताएका छन् । दूतावासले विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँग आइतबार आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा राजदूत क्षेत्रीले उक्त कुरा बताएका हुन् । 

उनले परिणाममुखी कार्यका लागि राजदूतावास र नेपाली समाजको सहकार्य अनिवार्य रहेको उल्लेख गर्दै ती कार्यमा एकजुट भएर लाग्नुपर्ने धारणा व्यक्त गरे । ‘हामी सबैले एक अर्कासँग हातेमालो गरेर अगाडि बढ्न सके चाहेजस्तो परिणाम ल्याउन सक्छौं,’ राजदूत क्षेत्रीले भने, ‘यहाँ रहेका श्रमिकहरूको समस्या समाधान तथा समृद्ध नेपाल निर्माणको लागि द्विपक्षीय व्यापार, वैदेशिक लगानीजस्ता विषयमा काम गर्न समन्वय एवं सहकार्य आवश्यक छ ।’ उनले दूतावासको सेवालाई थप प्रविधिमैत्री, सेवाग्राहीको सहज पहुँच र चुस्तदुरुस्त बनाउन पनि दूतावास प्रतिबद्ध रहेको बताए ।

राजदूत क्षेत्री आफ्नो कार्यभार सम्हाल्न यही असोज ११ गते युएई पुगेका हुन् । कार्यक्रममा नियोग उपप्रमुख विशाल भट्टराईले श्रमिकहरुको समस्यालगायत अन्य विषयमा देखिएको अन्योलता हटाउन युएई सरकारसँग समन्वय गर्ने, औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन पहल गर्ने, जनचेतनामूलक कार्यक्रम गर्ने, राहदानी नवीकरणलाई थप सहज बनाउन लगायतका कार्यहरूमा नेपाली समुदायसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्य जारी रहने बताए ।

Hardik health

यसैगरी लेबर काउन्सेलर दीनबन्धु सुवेदीले नेपाली श्रमिकको समस्या समाधान तथा गुनासो व्यवस्थापन, श्रमिकको हकहितको सुरक्षाका लागि युएईको कानुनी व्यवस्था आकर्षित हुने भएकाले प्रक्रियागत रूपमा केही कठिनाइ भए पनि दूतावासले सदैव सक्रिय भएर काम गर्दै आएको जानकारी गराए । कार्यक्रममा सहभागीहरूले भिजिट भिसामा आएका नेपालीहरुलाई अलपत्र पार्ने, विभिन्न अस्पतालमा रहेकाहरुलाई सहज उपचारको व्यवस्था नहुनु र नेपालीले नै नेपालीलाई दुःख दिनेजस्ता समस्या विद्यमान रहेको जनाउँदै तत्काल समस्या समाधानका लागि पहल गर्न सुझाव दिएको दूतावासले जनाएको छ ।
 


प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP