Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जर्मनीसँग श्रम समझदारी हुँदै 
जर्मनीसँग श्रम समझदारी हुँदै 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २३, २०८०

काठमाडौं– सरकारले युरोपेली मुलुक जर्मनीसँग प्रशिक्षार्थी कामदार पठाउनका लागि श्रम समझदारी गर्ने भएको छ । यसका लागि मंगलबार (आज) दुई मुलुकबीच श्रम समझदारीपत्रमा हस्ताक्षर हुने श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । द्विपक्षीय समझदारीका लागि श्रममन्त्री शरतसिंह भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल जर्मनी पुगिसकेको छ ।

यसअघि युरोपेली मुलुक रोमानियासँग गत शुक्रबार श्रम सम्झौता भएको थियो । सम्झौतापत्रमा श्रममन्त्री भण्डारी र रोमानियाका समकक्षी सिमोना बुकुरा अप्रेस्कुले हस्ताक्षर गरेका थिए । रोमानिया र जर्मनीसँग श्रम सम्झौता गर्ने तयारीका साथ मन्त्री भण्डारीको टोली गत बुधबार युरोप प्रस्थान गरेको थियो ।पछिल्लो समय रोजगारीका लागि युरोपेली मुलुकमा नेपालीहरूको आकर्षण बढ्दै गएपछि सरकारले गन्तव्य मुलुकसँग श्रम समझदारीको प्रक्रिया अगाडि बढाएको श्रम मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले बताए ।

‘कामदारको सुरक्षा र आम्दानीको ग्यारेण्टीलाई हेर्दा खाडीभन्दा युरोपेली मुलुक राम्रो भएकाले सरकारले युरोपेली मुलुकसँग श्रम समझदारी गर्दै जाने नीति लिएको छ,’ उनले भने, ‘रोमानिया र जर्मनीसँग भएको श्रम सम्झौताले नेपालीका लागि सुरक्षित र भरपर्दो रोजगारीको अवसर प्राप्त हुनेछ ।’जर्मनीसँग हुने सम्झौताअनुसार जाने प्रशिक्षार्थी कामदारलाई जर्मनीले निश्चित पारिश्रमिकसहित एक वर्ष व्यावसायिक तालिम प्रदान गर्ने घिमिरेले जानकारी दिए ।

Hardik health

उनका अनुसार उक्त तालिमपश्चात सम्बन्धित क्षेत्रमा रोजगारी उपलब्ध गराइने छ । तर संस्थागत (म्यानपावरमार्फत) रुपमा प्रशिक्षार्थी कामदार पठाउन पाइने छैन । जर्मनीले निजी क्षेत्रबाट कामदार नलिने जनाएपछि सरकारले नै पठाउनेगरी सम्झौताको तयारी गरिएको प्रवक्ता घिमिरेले बताए ।कामदार छनोट र भर्नाका सबै प्रक्रिया अनलाइनबाटै हुने बताइएको छ भने रोजगारीका लागि छनोट हुने कामदारले शून्य लागत अर्थात् कुनै शुल्क तिर्नुपर्ने छैन । यतिमात्र नभई अब हुने सम्झौताअनुसार नेपाली कामदारले पनि जर्मनीमा स्थानीय कामदार वा अन्य आप्रवासी कामदारसरह नै सेवासुविधा तथा पारिश्रमिक पाउने श्रम मन्त्रालयले जनाएको छ ।

यसअघि सरकारले व्यवस्थित गरेर रोजगारीका लागि कामदार पठाउन नसक्दा व्यक्तिगतरुपमा लाखौँ रुपैयाँ खर्च गरेर युरोप जाने गरेको र कतिपय अवस्थामा ठगीमा पर्ने गरेको पाइएको छ । अवका दिनमा चर्को शुल्क र ठगी नियन्त्रण गर्ने उदेश्यले क्रमिक रुपमा युरोपका विभिन्न मुलुकसँग श्रम समझदारी गर्दै जाने प्रवक्ता घिमिरेले जानकारी दिए । यसैबीच श्रम समझदारी गर्न जर्मनी पुगेको मन्त्री भण्डारीको टोलीसँग सोमबार जर्मनी स्थित अन्तर्राष्ट्रिय श्रम संगठन बर्लिन ब्युरोका निर्देशक डा.एन्नेत्ते नेदरफ्रांकले नेपाली राजदूतावासमा भेट गरी मर्यादित एवं सुरक्षित श्रम आप्रवासन र नेपाली कामदारलाई सामाजिक सुरक्षाका लागि सहकार्य गर्ने सम्बन्धमा छलफल भएको बताइएको छ ।

 


प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP