Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगारीका लागि पुगेका ४५ सयभन्दा बढी नेपाली प्रभावित 
इजरायल तनाव रोजगारीका लागि पुगेका ४५ सयभन्दा बढी नेपाली प्रभावित 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २२, २०८०

काठमाडौं– वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको इजरायल पुनः द्वन्द्वले तनावग्रस्त बनेको छ । प्यालेस्टाइनी हमास समूहले गरेको आक्रमणबाट सयौंको मृत्यु भएपछि इजरायलले जवाफी कारबाही सुरु गरिसकेको छ । यसबाट रोजगारी तथा पढाइका लागि इजरायल पुगेका नेपालीहरु पनि प्रभावित भएका छन् ।

यो समाचार तयार पार्दासम्म १० जना नेपालीले ज्यान गुमाइसकेका छन् । केही घाइते तथा बेपत्ता भएका छन् ।परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा रोजगारीका लागि पुगेका चार हजार ५०० नेपाली छन् । उनीहरू केयर गिभरका रूपमा कार्यरत रहेको मन्त्रालयले जनाएको छ । यो संख्या अझै बढी हुन सक्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलले बताएको छ ।


सबै नेपालीको सुरक्षा प्रबन्ध गर्ने र उनीहरूको सकुशल उद्धार गर्नु सरकारको दायित्व हो । जति पनि नेपाली छन्, रोजगारीकै लागि गएका हुन्, स्थिति सामान्य नभएसम्म सरकारले उनीहरूलाई वैकल्पिक व्यवस्था गर्ने वा स्वदेश फर्काउने भन्ने तत्काल निर्णय गर्नुपर्छ । 
डा. गणेश गुरुङ
आप्रवासन विज्ञ

Hardik health

एनआएनएका अनुसार नेपाली सहायक कामदार पठाउन जिटुजी सम्झौता हुनुअघि विभिन्न माध्यमबाट इजरायल पुग्ने नेपालीको संख्या ठूलो छ । झण्डै एक हजार २०० नेपाली जिटुजी सम्झौता गरेयता सरकारी तवरबाट रोजगारीका लागि इजरायल पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।  

यस्तै, परराष्ट्रमन्त्री एनपी साउदले संसद्मा दिएको जानकारीअनुसार २६५ जना नेपाली विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्र्तगत इजरायल गएका छन् । यसरी गएकामध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएको उनले सदनलाई जानकारी दिए । जसमा सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीमध्ये १७ जना दक्षिण इजरायलको गाजा क्षेत्र नजिक किवुज अलुमिम भन्ने स्थानमा रहेका कारण आक्रमणमा परेको बताइएको छ । 

इजरायलको तेलअभिभस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई दिएको जानकारी अनुसार हमास समूहको आक्रमणमा परी १० जनाको मृत्यु भएको छ । चार जना घाइतेको उपचार भइरहेको छ । बाँकी दुई जना सकुशल छन् । गाजा क्षेत्रमा हमासले आक्रमण गरेपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यसलाई युद्धको संज्ञा दिंदै यो युद्ध लम्बिने बताइसकेका छन् । यस्तो अवस्थामा रोजगारीमा गएका र कृषि क्षेत्रमा इन्टर्न गरिरहेका विद्यार्थीहरू प्रभावित हुने देखिएको छ । प्रभावित नेपालीहरूको वास्तविक स्थिति पहिचान गरी सुरक्षित तवरले रहने प्रबन्ध मिलाउन र उद्धार तथा सहयोगका लागि इजरायल सरकारसँग आवश्यक समन्वय र सहजीकरण भइरहेको परराष्ट्रमन्त्री साउदले बताएका छन् । 

अधिकांश नेपाली आकर्षक कमाइ हुने भन्दै इजरायलमा केयर गिभरको रूपमा जाने गरेका छन् । साथै, कृषि क्षेत्रमा पनि तालिम र अध्ययनका लागि भन्दै थुप्रै नेपाली इजरायल पुग्ने गरेका छन् । अहिलेको युद्धले नेपालीहरूले पाइरहेको रोजगारीको क्षेत्र पनि प्रभावित हुन सक्ने देखिएको आप्रवासन विज्ञ डा. गणेश गुरुङले बताए । ‘त्यहाँ भएका सबै नेपालीको सुरक्षा प्रबन्ध गर्ने र उनीहरूको सकुशल उद्धार गर्नु सरकारको दायित्व हो,’ उनले भने, ‘जति पनि नेपाली छन्, रोजगारीकै लागि गएका हुन्, स्थिति सामान्य नभएसम्म सरकारले उनीहरूलाई वैकल्पिक व्यवस्था गर्ने वा स्वदेश फर्काउने भन्ने तत्काल निर्णय गर्नुपर्छ ।’ 

इजरायलले भर्खरै मात्र दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न थप ५०० सहायक कामदारको माग गरेको छ । तर, द्वन्द्वका कारण तत्काललाई रोकिने सम्भावना रहेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले बताए । उनका अनुसार पहिलो चरणमा झण्डै एक हजार २०० कामदार गइसकेका छन् भने दोस्रो चरणमा थप ५०० जनाको माग गरिएको हो । इजरायल जाने कामदारको मासिक आम्दानी दुई लाख रुपैयाँभन्दा बढी हुने बताइन्छ । वार्षिक रूपमा आउने रेमिट्यान्सको यकीन तथ्यांक नभए पनि इजरायल जाने कामदारबाट रेमिट्यान्समा पनि महवपूर्ण योगदान रहेको राष्ट्र बैंकले जनाएको छ । 
 


प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०९:५९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP