Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • टेलिमेडिसिन सेवाले गैरकानुनी रुपमा रहेका कामदार लाभान्वित
टेलिमेडिसिन सेवाले गैरकानुनी रुपमा रहेका कामदार लाभान्वित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज ११, २०८०

काठमाडौं– वैदेशिक रोजगार बोर्ड सचिवालयले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवाले विदेशमा गैरकानुनी रुपमा रहेका नेपाली कामदारहरु लाभान्वित भएको बताइएको छ । रोजगारीका क्रममा विभिन्न कारणले गैरकानुनी रुपमा गन्तव्य मुलुकमा नै बस्न बाध्य भएका कामदारले आफ्नो स्वास्थ्य समस्या हल गर्न तथा उपचारका लागि परामर्श लिन टेलिमेडिसिन भरपर्दो माध्यम भएको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारीमा गएका कामदारहरुलाई लक्षित गर्दै बोर्डले सञ्चालन गरेको टेलिमेडिसिन सेवा लिनेमा बढीजसो गैरकानुनी रूपमा काम गरिरहेका कामदार रहेको बोर्डका निर्देशक एवं सूचना अधिकारी राजन पौडेलले बताए ।

‘गैरकानुनी अवस्थामा रहेका कामदारहरुलाई आफ्नो स्वास्थ्यसम्बन्धी समस्या र जिज्ञासा राख्न टेलिमेडिसिन सेवा सजिलो र प्रभावकारी माध्यम बन्दै गएको छ,’ उनले भने, ‘गैरकानुनी अवस्थामा रहेकाहरुलाई विदेशमा अस्पताल जान वा डाक्टरसँग प्रत्यक्ष भेटघाट गर्न सहज नहुने र बाहिर कतै निस्किए पक्राउ पर्ने डर हुने हुँदा टेलिमेडिसिन सेवा नै अहिले भरपर्दो देखिएको छ ।’ यो सेवा सञ्चालन गरेयता विदेशमा गैरकानुनी रुपमा काम गरिरहेका कामदारको संख्या अनुमान गरेभन्दा बढी रहेको जानकारी पाएको निर्देशक पौडेलले बताए ।

Hardik health

विदेशमा थप अवसर र कमाइको लोभमा कम्पनी छाडेका, भिसा अवधि सकिएका वा अन्य विभिन्न कारणले थुप्रै नेपालीहरु गैरकानुनी हैसियतमा पुग्ने गरेको उनले बताए । यस्तो अवस्थाका कामदारहरुलाई फोन तथा भिडियो कलमार्फत दिइने टेलिमेडिसिन सेवा अझ महŒवपूर्ण र प्रभावकारी हुने देखिएको पौडेलले जानकारी दिए । तर, सेवा दिने क्रममा गैरकानुनी रुपमा रहेका कामदारको भने छुट्टै विवरण नराखिएको उनले बताए । लुकीछिपी काम गरिरहेका कामदारलाई स्वास्थ्यमा कुनै समस्या वा अप्ठेरो परे अस्पतालसम्म पुग्न र उपचार गराउन कठिनाइ हुने अवस्थामा राहत दिएको बोर्डले जनाएको छ । 

गत वर्ष चैत १५ गतेबाट बोर्ड र वीर अस्पतालबीच भएको सम्झौताअनुसार सुरु गरिएको सेवामार्फत अहिलेसम्म एक हजार २०० भन्दा बढी कामदारले स्वास्थ्य समस्यासम्बन्धी सेवा लिएको बोर्डले जनाएको छ । जसमा १०० भन्दा बढीले विशेषज्ञ सेवा लिएको बताइएको छ । टेलिमेडिसिन सेवाका लागि दैनिक सरदर २५ देखि ३० जनाले सम्पर्क गर्ने गरेको बोर्डले उल्लेख गरेको छ । 

साथै, बोर्डले यसै आर्थिक वर्षदेखि वैदेशिक रोजगारीमा रहेका कामदारलाई मनोपरामर्श सेवा दिने तयारी गरिरहेको जनाएको छ । यसका लागि बोर्डले एक जना मनोपरामर्शदाता खटाउने र विदेशमा रहेका श्रमिकलाई फोन तथा अन्य माध्यममार्फत मनोपरामर्श प्रदान गर्ने बताइएको छ ।
 


प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १०:०१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP