Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • १० हजारलाई निःशुल्क सीपमूलक तालिम 
वैदेशिक रोजगार बोर्डको कार्यप्रगति १० हजारलाई निःशुल्क सीपमूलक तालिम 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ९, २०८०

काठमाडौं– वैदेशिक रोजगार बोर्डको सचिवालयले गत आर्थिक वर्ष २०७९÷८० मा वैदेशिक रोजगारीका लागि विदेश जान चाहने झण्डै १० हजार जनालाई निःशुल्क सीपमूलक तालिम दिएको छ । बोर्ड सचिवालयले सार्वजनिक गरेको मुख्य कार्यप्रगति विवरणअनुसार गत आवमा नौ हजार ७०३ जनाले निःशुल्क सीप तालिम लिएका हुन् । 

बोर्डले ४९६ जनालाई आवासीय सुविधासहित निःशुल्क सीप विकास तालिम प्रदान गरेको जनाएको छ । त्यसैगरी वैदेशिक रोजगारबाट फर्किएका कामदारलाई पुनःएकीकरण कार्यक्रमको माध्यमबाट सम्झौता भएकामध्ये ६८ वटा स्थानीय तहसँग समन्वय कार्यक्रम सम्पन्न भएको उल्लेख छ । जसबाट दुई हजार ६१० जना लाभान्वित भएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै गत चैत्र १५ गतेदेखि सञ्चालनमा आएको टेलिमेडिसिन सेवाबाट ९३७ जनाले सेवा लिएका छन् । टेलिमेडिसिन सेवा लिनेमा मलेसियाबाट २७५, साउदी अरेबियाबाट २२७, कतारबाट १०४, युएईबाट ९७, कुवेतबाट ७१, कोरियाबाट ५७, जापानबाट १९, पोर्चुगलबाट ११, रोमानियाबाट ११ र अन्य मुलुकबाट ६५ जना नेपाली कामदार रहेको बोर्डले जनाएको छ ।

आर्थिक सहायतामा साढे ६५ करोड खर्च
बोर्डले गत आवमा अनिवार्य दायित्वतर्फ गरेको खर्च विवरण पनि मुख्य कार्यप्रगति विवरणमा समेटेको छ । वैदेशिक रोजगारीको क्रममा गत आवमा एक हजार २०८ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । जसमा महिलाको संख्या ४५ रहेको छ । मृत्युपश्चात् कामदारको परिवारलाई दिइने आर्थिक सहायतास्वरुप ६५ करोड ५१ लाख ८० हजार रुपैयाँ खर्च भएको छ । अंगभंग वा बिरामी भएका ३८९ जना कामदारलाई नौ करोड ९७ लाख आठ हजार रुपैयाँ उपलब्ध गराइएको बोर्डले जनाएको छ ।  

Hardik health

बोर्डले वैदेशिक रोजगारीमा रहेका व्यक्तिको परिवारका ११२ सदस्यलाई स्वास्थ्य उपचार खर्चस्वरुप ६५ लाख रुपैयाँ र बालबच्चाहरुलाई छात्रवृत्ति सहायताबापत दुई हजार ९५६ जनालाई दुई करोड ८२ लाख दुई हजार रुपैयाँ प्रदान गरेको छ । विदेशमा मृत्यु भएका ८१८ जना कामदारको शव व्यवस्थापनमा (शव ढुवानी मात्र) दुई करोड ८५ लाख ८० हजार रुपैयाँ र ३१२ शव नेपाल झिकाउन सम्बन्धित नियोगसँग समन्वय गर्दा दुई करोड ६० लाख ७५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।
त्यस्तै रोजगारीको क्रममा विदेशमा अलपत्र परेका वा बेपत्ता भएका १६७ कामदारको उद्धार तथा खोजतलासका लागि ४३ लाख १० हजार रुपैयाँ खर्च भएको छ । वैदेशिक रोजगारीमा जाने ५०७ जना महिला कामदारलाई अभिमुखीकरण तालिमबापतको शोधभर्ना रकम तीन लाख ५४ हजार ९०० रुपैयाँ उपलब्ध गराइएको बोर्डले जनाएको छ ।
 


प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP