Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • दक्षिण कोरियामा कोरोना भाइरसको आक्रमण बढ्दै – सावधानी अपनाउन आग्रह
दक्षिण कोरियामा कोरोना भाइरसको आक्रमण बढ्दै – सावधानी अपनाउन आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १२, २०७६
Hardik health
काठमाडौं– केही दिनयता दक्षिण कोरियामा कोरोना भाइरसको आक्रमण बढ्दै गएपछि सिओलस्थित नेपाली राजदूताबासले सावधानी अपनाउन नेपालीहरूहरूलाई आग्रह गरेको छ । आइतबार राजदूताबासले प्रेस विज्ञप्ति जारी गरी हाल सबैभन्दा धेरै संख्यामा संक्रमितहरू देखापरेका थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थी, अन्य पेसा, व्यवसाय र श्रम गरी बसेका नेपालीहरूलाई विशेष सावधानी अपनाउन राजदूताबासले अनुरोध गरेको हो । गणतन्त्र कोरियामा पनि सिमित संख्यामा कोरोना भाइरसको संक्रमण देखिएकामा केही दिन अघिबाट यो फैलिँदै गएको छ । संक्रमितको संख्या बढ्दै गएपछि कोरियामा पनि फैलन थालेपछि त्यहाँ कार्यरत नेपालीलाई सावधानी अपनाउन नेपाली दूताबासले आग्रह गरेको छ । दक्षिण कोरियाली सञ्चार माध्यमबाट प्रकाशित समाचारहरूमा जनाइएअनुसार २२ फेब्रुअरी २०२० (१० फागुन ०७४) सम्म दक्षिण कोरियामा कोरोना संक्रमितहरूको संख्या चार सय नाघिसकेको छ । सम्बद्ध निकायहरूबाट हुँदै आएका नियन्त्रण र रोकथामका सशक्त प्रयासहरूका बावजुद दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएकाले यसबाट बच्न नेपालीहरू अझ बढी सजग र सचेत हुन जरुरी रहेको पनि विज्ञप्तिमा उल्लेख छ । कोरोना भाइरसको संक्रमणको शंका लागेमा अवैधानिक रूपमा कोरियामा रहेका विदेशीहरूसमेतले सार्वजनिक स्वास्थ्य संस्थाहरूमा गई चेकजाँच तथा उपचार गराउन र सोको क्रममा पक्राउ नगर्ने, स्वदेश नफर्काउने, तथा बिरामीको कानुनी हैसियत बारेमा नसोध्न अस्पतालहरूलाई निर्देशन दिइएको बताइएको छ । कोरियाको अध्यागमन विभागले नेपाली राजदूताबासलाई नै यस्तो पत्र लेखेर पठाएकाले सो सुविधाको फाइदा उठाउन पनि राजदूताबासले नेपालीहरूलाई आग्रह गरेको छ । विभिन्न सञ्चारमाध्यामले कोरियामा भने तिब्र गतिमा संक्रमितहरू फेला पर्न थालेको अवस्था जनाएका छन् । तसर्थ, कोरियाली सरकार र सम्बद्ध स्वास्थ्य निकायहरूले समय समयमा जारी गर्दै आएका सुरक्षाका उपायहरू प्रभावकारी ढंगले अवलम्बन गरी कोरोना भाइरसबाट सुरक्षित रहन राजदूताबासले नेपालीहरूमा आग्रह गरेको छ । त्यसो त कोरोना भाइरसबाट बच्नका लागि सिओल महानगरपालिकाको कार्यालयले पनि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइरहेकाले यसलाई अपनाउन पनि भनिएको छ । त्यसो त कोरोना भाइरसकै कारण दक्षिण कोरिया जाने तयारीमा रहेका नेपालीहरूको उडान सारिएको छ । यसैहप्ता दक्षिण कोरियामा जान तयार ५० जना नेपालीको उडान मिति सार्ने निर्णय गरिएको इपिएस कोरिया शाखाले जनाएको छ । शाखाका अनुसार उनीहरूको उडान मार्च तेस्रो सातापछि गरिने कार्यक्रम तय भएको छ । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फैलिएपछि सम्पूर्ण प्रक्रिया पूरा गरेर दक्षिण कोरिया जान तयार भएका नेपालीको उडान केही समयका लागि सारिएको हो । दक्षिण कोरियामा करिब ३५ हजार नेपाली कामदार छन् । हालसम्म दक्षिण कोरियामा ६ सय बढीमा कोरोना भाइरसको जीवाणु भेटिएको बताइए पनि संक्रमण फैलने क्रम जारी रहेका कारण यो संख्यामा वृद्धि हुन सक्ने अनुमान गरिएको छ । दक्षिण कोरियामा नेपालसहित विभिन्न मुलुकका आप्रवासी छन् । नेपालीमा अहिलसम्म संक्रमण भएको खबर नआएको बताइन्छ । कोरोना भाइरसबाट संक्रमितमध्ये धेरैजसो दक्षिण कोरियाको चौथो ठूलो सहर थेगुमा छन् ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  ०५:३१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP