Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आवासीय सुविधासहित निःशुल्क तालिम
आवासीय सुविधासहित निःशुल्क तालिम
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ १८, २०८०

काठमाडौं– वैदेशिक रोजगारीमा जान चाहने युवाहरुका लागि खाना र आवासीय सुविधासहित निःशुल्क सीप तालिम सञ्चालन हुने भएको छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) परियोजनाले रोजगारीका लागि विदेश जाने तयारी गरिरहेका युवाहरुलाई लक्षित गर्दै खाने बस्ने सुविधासहित विभिन्न सीपमूलक तालिम निःशुल्क सञ्चालन गर्ने भएको हो ।

सामीले महिला र पुरुषका लागि फरक–फरक विधामा सीप तालिम दिने जनाएको छ । वैदेशिक रोजगारमा जान चाहने पुरुषहरुका लागिमात्र भएको उल्लेख गर्दै सामीले स्काफोल्डिङ (फलामको पाइपको खट बनाउने), प्लम्बर, इण्डस्ट्रियल इलेक्ट्रिसियन, वेल्डर, सटरिङ कारपेन्ट्री (फर्मा लगाउने), किचेन हेल्पर र डकर्मीको सीप तालिम दिने उल्लेख गरेको छ ।  हरूका लागि काठमाण्डौ, पोखरा, बुटवल लगायतका ठाउँमा खाने बस्ने सुविधासहित निःशुल्क सीप तालिम सञ्चालन हुने भएको छ ।

महिला र पुरुषका लागि फरक–फरक विषयमा सामी कार्यक्रमले निःशुल्क सीप तालिम प्रदान गर्न लागेको हो । वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका पुरुषका लागि विभिन्न सातवटा विषयमा तालिम सञ्चालन हुने सामीले जनाएको छ । काठमाडौं, बुटवल, बिर्तामोड र पोखरामा ३० दिनसम्म सञ्चालन हुने निःशुल्क सीप तालिममा खाने बस्ने सुविधा भए पनि अन्य खर्च प्रशिक्षार्थी आफैंले बेहोर्नुपर्ने बताइएको छ । सामीले सार्वजनिक गरेको सूचनाअनुसार मेडिकल परीक्षण र सेफ्टी सुजको शुल्क तालिममा सहभागी हुन चाहने प्रशिक्षार्थी आफैंले खर्च गर्नुपर्ने उल्लेख गरिएको छ ।

Hardik health

मेडिकल शुल्क उल्लेख नगरे पनि सेफ्टी सुजको एक हजार २०० रुपैयाँ लाग्ने जनाइएको छ । तालिममा सहभागी हुन छनोटको मापदण्डअन्तर्गत सबै समूहमा पासपोर्ट भएको वा पासपोर्ट बनाउन दिएको रसिद, मेडिकल पास भएको रिपोर्ट र उमेर १९ देखि ३८ वर्षसम्म हुनुपर्ने र शैक्षिक योग्यता विषयअनुसार साधारण लेखपढ गर्न सक्नेदेखि कक्षा १० सम्म उत्तीर्ण भएको हुनुपर्नेछ ।वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका पुरुषहरूका लागि सामीले १८ र १९ गते (आजै)देखि काठमाडौंमा स्काफोल्डिङको सीप तालिम सञ्चालन सुरु गर्ने भएको छ । त्यस्तै प्लम्बरसम्बन्धी तालिम १८ गते (आज)देखि काठमाडौंमा र २७ गतेदेखि झापाको बिर्तामोडमा सञ्चालन हुँदैछ ।

त्यसैगरी इण्डस्ट्रियल इलेक्ट्रिसियन सीप तालिम १७ गते (आइतबार) देखि पोखरामा र भदौ २४ गतेदेखि बुटवलमा सञ्चालन हुने सामीले जनाएको छ । वेल्डरसम्बन्धी तालिम पनि यही भदौ १७ गतेदेखि पोखरामा सुरु भइसकेको छ भने सटरिङ कारपेन्ट्री सीप तालिम २५ गतेदेखि काठमाडौंमा सुरु हुनेछ । यस्तै किचेन हेल्पर तथा डकर्मीसम्बन्धी सीप तालिम पनि यही आइतबारदेखि नै पोखरामा सुरु भइसकेको सामी परियोजनाले जनाएको छ ।

त्यसैगरी पुरुषहरुका लागि विभिन्न सातवटा विषयमा तालिम प्रदान गर्ने सामीले महिलाहरुलाई विशेष प्राथमिकता दिँदै हाउस किपिङ÷क्लिनर र गार्मेन्ट मेसिन अपरेटरसम्बन्धी तालिम सञ्चालन गर्ने जनाएको छ । हाउस किपिङसम्बन्धी तालिम आइतबारदेखि पोखरामा सुरु भइसकेको छ भने गार्मेन्ट मेसिन अपरेटरको तालिम २४ गतेदेखि काठमाडौंमा सुरु हुनेछ । उल्लिखित तालिम लिन १९ देखि ३० वर्ष उमेर र कक्षा ८ पास गरेको र दुई वर्षभन्दा मुनिका बालबालिका नभएको हुनुपर्नेछ । मेसिन अपरेटरका लागि यसअघि घरेलु कामदारको रूपमा विदेश नगएको हुनुपर्ने थप मापदण्ड तोकिएको छ ।

हाउस किपिङ÷क्लिनर अन्तर्गत होटल, अपार्टमेन्ट सपिङ सेन्टर, अस्पताल तथा ठूला कार्यालयमा अत्याधुनिक प्रविधि र केमिकलको प्रयोग गरी सरसफाइ तथा सजावटका गतिविधि पर्छन् । त्यस्तै गार्मेन्ट मेसिन अपरेटरसम्बन्धी तालिममा विद्युतीय मेसिनबाट सिलाइकटाई गर्ने, सिलाइको गुणस्तर कायम गर्ने र आइरन लगाउनेबारे सीप सिकाइन्छ । पछिल्लो समय गार्मेन्ट मेसिन अपरेटरको तालिम लिएर रोजगारीका लागि जोर्डन जाने नेपाली महिलाहरुको संख्या उल्लेख्य बढ्दै गएको वैदेशिक रोजगार विभागको तथ्यांकलेसमेत देखाएको छ । यसअघि नेपाली महिला श्रमिकलाई सीपयुक्त वनाएर दक्ष कामदारको रुपमा विदेश पठाउने भन्दै वैदेशिक रोजगार बोर्डले पनि निःशुल्क गार्मेन्ट मेसिन अपरेटरसम्बन्धी तालिम सञ्चालन गरेको थियो । जसमा ५०० भन्दा बढी महिला लाभान्वित भएको बोर्डले जनाएको छ ।
 


प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०६:११
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP