Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सप्लाइ कम्पनीमा साउदी पुगेका श्रमिक समस्यामा
सप्लाइ कम्पनीमा साउदी पुगेका श्रमिक समस्यामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १५, २०८०

काठमाडौं– वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगी सप्लाइ कम्पनीमार्फत काम गर्ने नेपाली श्रमिक समस्यामा परेको बताइएको छ । साउदीमा सप्लाइ तथा कन्ट्र्याक्टिङ कम्पनीमार्फत काम गर्ने श्रमिकहरुले समयमै तलब भुक्तानी नपाउने, तोकिएको सेवासुविधा कटौती गर्ने र परिस्थितिवस स्वदेश फर्कनु परे ‘एक्जिट पर्मिट’ नदिनेलगायतका समस्या खेप्नुपरेको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले रोजगारीका लागि साउदी प्रस्थान गर्नुअघि आफू जाने कम्पनीको बारेमा राम्ररी जानकारी लिन नेपाली श्रमिकहरुलाई आग्रह गरेको छ । सप्लाइ कम्पनीमार्फत काम गर्ने श्रमिकहरु बढी समस्यामा परेको भन्दै दूतावासले यसतर्फ सचेत गराएको छ । दूतावासले श्रम सम्झौतामा उल्लेख भएका रोजगारदाता कम्पनीबारे उनीहरुको वेबसाइट वा अन्य स्रोतबाट पनि आवश्यक जानकारी लिन सकिने जनाएको छ ।

सप्लाइ तथा कन्ट्र्याक्टिङ कम्पनीमा काम गर्ने श्रमिकहरु समस्यामा परेको भन्दै दूतावासमा आउने संख्या उल्लेख्य रुपमा रहेको पनि दूतावासले जनाएको छ । श्रमका लागि आवश्यक जनशक्ति सप्लाइ गर्ने उद्देश्यले सञ्चालित अधिकांश कम्पनीहरु रिक्र्युटमेन्ट एजेन्सी, म्यानपावर सोलुसनजस्ता नाम राखेर श्रमसम्बन्धी कारोबार गर्नेे भएकाले बुझेरमात्रै वैदेशिक रोजगारको प्रक्रिया अघि बढाउन पनि दूतावासले सुझाव दिएको छ ।

Hardik health

यस्तै श्रमिकहरुलाई सप्लाइ कम्पनीमार्फत तहगतरुपमा सप्लाइ गरी रोजगारी दिने हुँदा त्यस्ता कम्पनीले दिने पारिश्रमिक तथा अतिरिक्त समयको सुविधासमेत न्यून हुने गरेको कारण समस्या आइरहेको पनि दूतावासले प्रस्ट पारेको छ । साउदीमा रहेका अधिकांश रोजगारदाता एजेन्सीमार्फत श्रमिक लिने कम्पनीहरुले एजेन्सीसँग गरेको सम्झौता सकिए वा भंग गर्दा समयमै भुक्तानी नहुँदा श्रमिकहरु शोषणमा पर्ने गरेको बताइन्छ ।

त्यतिमात्र नभई साउदीबाट करार अवधिभन्दा पहिल्यै पारिवारिक वा अन्य बाध्यताले काम छोडेर स्वदेश फर्किनुपर्ने अवस्था आए रोजगारदाता कम्पनीले श्रमिकहरुलाई अनिवार्यरूपमा ‘एक्जिट पर्मिट’ दिनुपर्ने व्यवस्था छ । तर, सप्लाइ कम्पनीमार्फत काम गर्ने नेपाली श्रमिकहरुले बाध्यात्मक अवस्थामा पुगे पनि समयमै एक्जिट पर्मिट नपाउँदा सास्ती खेप्नुपरेको दूतावासले उल्लेख गरेको छ ।

यस्तै केही दिनअघि साउदी भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङदेनले पनि साउदी अरबमा सप्लाइ कम्पनीमा नेपाली कामदार पठाउने कार्य बन्द गर्नुपर्ने बताएका छन् । पार्टीको भ्रातृ संगठन निर्माणका क्रममा साउदीमा रहेका नेपाली श्रमिकहरुसँगको अन्तरक्रियापश्चात् सप्लाइ कम्पनीमा काम गर्ने नेपालीहरुले दुःख पाइरहेको जानकारीमा आएको भन्दै लिङदेनले यसतर्फ सरकारको ध्यानाकर्षण गराउने बताए ।

उनले सप्लाइ कम्पनीमा काम गर्ने श्रमिक बढीजसो समस्यामा परेको देखिएकाले त्यस्ता कम्पनीहरुको विवरण संकलन गरी श्रम स्वीकृति नै दिन रोक्नुपर्ने भन्दै संसद् र सम्बन्धित निकायमा आवाज उठाउने प्रतिबद्धतासमेत व्यक्त गरे । 
 
०००००

 


प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १०:०५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP