Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउनमा विदेशिए साढे ५५ हजार श्रमिक
साउनमा विदेशिए साढे ५५ हजार श्रमिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ १०, २०८०

काठमाडौं– चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना अर्थात् साउनमा वैदेशिक रोजगारीका लागि साढे ५५ हजारभन्दा बढी नेपाली श्रमिक विदेशिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणअनुसार साउन महिनामा ५५ हजार ५७५ जना नेपाली नयाँ तथा पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुकमा गएका हुन् । विभागको तथ्यांकअनुसार साउनमा विदेशिने नेपालीहरुको संख्या गत आवको अन्तिम महिना असारको भन्दा केही वृद्धि भएको छ । असारमा ५५ हजार २९९ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।


गत आवको अन्तिमसम्म पहिलो स्थानमा रहेको मलेसियालाई उछिन्दै चालु आवको सुरुआती महिनामा संयुक्त अरब इमिरेट्स (युएई)ले पहिलो स्थान ओगटेको छ । विभागको तथ्यांकअनुसार युएईका लागि ११ हजार ८७८ जनाले श्रम स्वीकृति लिएका छन् । गत असारमा युएई जान ११ हजार १५५ जनाले श्रम स्वीकृति लिएका थिए । यस्तै साउन महिनामा रोजगारीका लागि कतार जान १० हजार ५६१ जनाले श्रम स्वीकृति लिएका छन् । संख्याको हिसावमा कतार दोस्रो स्थानमा परेको छ । 

  1. कुन देशमा कति
  2. युएई– ११,८७८
  3. कतार– १०,५६१
  4. साउदी– १०,०३०  
  5. मलेसिया– ९,२६८
  6. कुवेत– ३७१७ 
  7. कोरिया– २४१४
  8. क्रोएसिया– १६४९
  9. जापान– ८२७
  10. रोमानिया– ६७३
  11. माल्टा– ६७१


त्यसैगरी श्रम स्वीकृति लिएर साउदी अरेबियामा १० हजार ३० जना श्रमिक रोजगारीका लागि पुगेको विभागले उल्लेख गरेको छ । साउदी जान गत असारमा आठ हजार २८ जनाले श्रम स्वीकृति लिएका थिए ।

Hardik health


यस्तै नेपाली श्रमिकहरुको रोजगारीका लागि गत आर्थिक वर्षको सुरुआतदेखि नै पहिलो गन्तव्य बनेको मलेसिया चालु आवको पहिलो महिनामा चौथो स्थानमा झरेको छ । मलेसिया जाने नेपाली श्रमिकहरुको संख्या केही महिनादेखि क्रमशः घट्दै गएको देखिएको विभागको तथ्यांकले देखाएको छ । मलेसिया जान गत असारमा ११ हजार ८१६ जनाले श्रम स्वीकृति लिए पनि साउनमा यो संख्या नौ हजार २६८ मात्रै रहेको छ । 


यस्तै कुवेतका लागि तीन हजार ७१७ जना रोजगारीका लागि पुगेका छन् । उल्लिखित पाँच मुलुकले नै नेपालको वैदेशिक रोजगारीको ठूलो हिस्सा (झण्डै ८० प्रतिशत बढी) ओगटेको देखिन्छ ।  


यसैगरी क्रोएसियामा एक हजार ६४९, जापानमा ८२७, रोमानियामा ६७३, माल्टामा ६७१, माल्दिभ्समा ५७०, साइप्रसमा ४८७, बहराइनमा ४७५, पोल्याण्ड ४६२, ओमानमा ३१९ जनाले रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । त्यस्तै इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने नेपालीको संख्या २ हजार ४१४ रहेको छ । विभागबाट कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने १६ हजार ४२३ जना छन् भने पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ३९ हजार १५२ जना रहेका छन् । चालु आवको पहिलो महिनामा श्रम स्वीकृति लिनेमध्ये सात हजार ७२५ जना महिला श्रमिक रहेको विभागले उल्लेख गरेको छ । 


यस्तै विभागको तथ्यांकअनुसार जिल्लागतरुपमा झापाबाट सबैभन्दा बढी रोजगारीका लागि श्रम स्वीकृति लिएको देखिन्छ । साउनमा झापाबाट दुई हजार ६६७ जना विदेशिएका छन् । गत आर्थिक वर्षभरि पहिलो रहेको धनुषा दोस्रो स्थानमा झरेको छ । यहँबाट २ हजार ६३० जना श्रमिक विदेशिएका छन् । यस्तै तेस्रो स्थानमा मोरङबाट दुई हजार २३३ जना रोजगारीका लागि बाहिरिएका छन् । चौथोमा रहेको सिरहाबाट दुई हजार १८२ र पाँचौंमा रहेको महोत्तरीबाट एक हजार ९७७ जना रहेका छन् । त्यसैगरी रुपन्देही, सुनसरी, सर्लाही, सप्तरी, चितवन, दाङ, कपिलवस्तु, मकवानपुर, रौतहट, तनहुँ, स्याङ्जा, बारा, धादिङ र नवलपरासी पूर्वबाट पनि वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुको संख्या ठूलो रहेको विभागको तथ्यांकले देखाएको छ । 

 


प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०७:४३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP