Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सिण्डिकेट र गैरकानुनी अभ्यास निषेध गरिने
नेपाल र मलेसियाका व्यवसायीबीच छलफल   सिण्डिकेट र गैरकानुनी अभ्यास निषेध गरिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १, २०८०

काठमाडौं– मलेसिया भ्रमणमा रहेको नेपाल वैदेशिक रोजगार संघको प्रतिनिधिमण्डलले त्यहाँका उद्योगी तथा व्यवसायीका संघसंस्थाहरुसँग भएको भेटमा आपसी सम्बन्ध विस्तार एवं रोजगारसम्बन्धी अप्ठेराहरु फुकाउने सन्दर्भमा बृहत् छलफल गरेको छ । नेपाली वैदेशिक रोजगार व्यवसायी र मलेसियन वैदेशिक रोजगार व्यवसायीबीचको द्विपक्षीय सम्बन्ध सुदृढ गर्न र नेपालबाट मलेसिया कामदार ल्याउने सिलसिलामा देखिएका समस्या तथा अप्ठेराहरु हल गर्ने सम्बन्धमा छलफल भएको बताइएको छ ।  

पछिल्लो समय संघको प्रतिनिधिमण्डलले मलेसियाको सेक्युरिटी गार्डहरुको प्रतिष्ठित संस्था परसातुयन इण्डस्ट्री केसेलामातन मलेसिया (पिआइकेएम)सँग नेपाली कामदार भर्तीसम्बन्धी अन्तरक्रिया गरेको छ । मलेसियामा रोजगारदाता र कामदारबीच समन्वयकारी भूमिका निर्वाह गर्दै आएको पिआइकेएमसँग विभिन्न शीर्षकमा केन्द्रित भएर छलफल गरेको संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।

दुई संस्थाबीच कामदार भर्तीका सम्बन्धमा समान धारणा बनाउने, मलेसियामा दर्ता नभएका एजेन्टहरुलाई निरुत्साहित गराउन पिआइकेएमले प्रभावकारी भूमिका खेल्ने, एजेन्सीमार्फत भर्ती भएका कामदारहरूको कल्याणका लागि जिम्मेवारी बहन गर्न तयार हुने विषयमा छलफल भएको छ ।

Hardik health

त्यस्तै संस्थागत रुपमा एकअर्काको फोरमको पहिचान र सदस्यहरूबीचको सम्बन्ध सुदृढ गर्ने, सम्बन्धित सरकारहरूसँग सम्पर्क तथा समन्वयका लागि आपसी सहयोग गर्ने, कुनै पनि पोस्टमा भर्ती हुने कामदारहरुको समस्या समाधानका लागि एकअर्कालाई समर्थन गर्ने विषयमा पनि छलफल केन्द्रित भएको महासिचव भुर्तेलले जानकारी दिए ।

यसैगरी संघ र पिअइकेएमबीच सम्बन्ध तथा संवाद विस्तारका लागि सशक्त सञ्चार च्यानल स्थापना गर्ने, कामदार भर्ती प्रक्रियामा हुने सक्ने सिण्डिकेट र गैरकानुनी अभ्यासलाई निषेध गर्ने, नेपालका वैदेशिक रोजगार व्यवसायीले निकट भविष्यमा आयोजना गर्न लागेको रोजगार मेलालाई समर्थन तथा सहयोग गर्ने र कुनै पनि कामदारको मेडिकल ‘अनफिट’का मुद्दालाई सामूहिक रुपमा हल गर्न आवाज उठाउने विषयमा पनि बृहत् छलफल भएको बताइएको छ । 

त्यसैगरी फेडेरेसन अफ मलेसियन म्यानुफ्याक्चरर्स (एफएमएम)सँग पनि छलफलको कार्यतालिका रहे पनि प्राविधिक कारणले कुनै अन्तरक्रिया हुन नसकेको महासचिव भुर्तेलले बताए । तर, एफएमएमले अनौपचारिक संवादका क्रममा कामदार भर्ती प्रक्रियामा संघलाई सहयोग गर्ने र मलेसियामा गर्न लागिएको रोजगार मेलालाई सबै प्रकारको साथसमर्थन रहने जानकारी दिएको उनले बताए । 

यसअघि संघको प्रतिनिधिमण्डलले मलेसियास्थित सि लाइसेन्स होल्डर एसोसियसनसँग पनि रोजगार मेला सञ्चालन, कामदार भर्तीमा विचौलिया निषेध, एकाधिकारको अन्त्यलगायत विभिन्न विषयमा केन्द्रित रहेर छलफल गरेको थियो । त्यस्तै संघले क्वालालाम्पुरस्थित नेपाली दूतावासलाई पनि मागपत्र प्रमाणीकरण, राहदानीको समस्या समाधान र जेलमा रहेका नेपाली कामदारहरुको उद्धारमा सहजीकरण गरिदिनुपर्नेलगायतका विषयमा ध्यानाकर्षण गराएको थियो । 

रोजगारदाता उद्योग व्यवसायी संघसंस्थाहरु सँग भेट गरी प्रत्यक्ष सम्वन्ध स्थापित गर्ने उद्देश्यले संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा मलेसिया भ्रमणमा रहेको वैदेशिक रोजगार व्यवसायीहरुको प्रतिनिधिमण्डल शुक्रबार (आज) स्वदेश फर्किने कार्यक्रम रहेको भुर्तेलले जानकारी दिए ।  
 


प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०६:०९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP