Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
कृषि
  • Home
  • कृषि
  • कागती खेतीप्रति कृषकको आकर्षण
कागती खेतीप्रति कृषकको आकर्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ३२, २०८०


ढोरपाटन (बागलुङ) -  पछिल्लो समय दिनप्रति दिन युवा शिक्षा तथा रोजगारीका लागि विदेशी जान थालेपछि गाउँ सुनसान बन्दैछन् । सुनसान गाउँका खेतीयोग्य जमिनमा वनमारा पलाउन थालेका छन् । गाउँमा भएका बालबालिका पढ्नका लागि बजार आउन थालेका छन् । अहिले धेरैको रोजाइ विदेश र सहर/बजार पर्न थालेको छ । 

बागलुङको निसीखोला गाउँपालिका–५ कारिगाउँका धर्मराज पोखरेलले भने गाउँमा कृषि कर्मबाट मनग्य आम्दानी गरिरहनुभएको छ । पोखरेल पनि १२ वर्ष अगाडिसम्म विदेशमै हुनुहुन्थ्यो । पच्चीस वर्ष भारत र दुई वर्ष कतारमा पसिना बगाउनुभएकाउनले १० वर्षदेखि व्यावसायिक कृषि कर्ममा लागेका छन् ।

पोखरेल बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीमै काम गनुहुन्छ ।उनको बारीमा कागती, सुन्तला, टिमुर लटरम्म फलेका देखिन्छन् । अहिले तीन सय बोट कागती, झन्डै एक सय सुन्तला र २५ टिमुरका बाट रहेका पोखरेलले जानकारीदिए ।उनका अनुसार सबै बोटमा फल लागेका छन् । 

“कागती खेतीलाई विशेष प्राथमिकतामा राखेको छु । कागतीसँगै सुन्तला र टिमुर उत्पादन राम्रै भइरहेको छ”, पोखरेलले भने, “बोटबाटै रू एक सयमा कागती बिक्री हुन्छ ।”उनले कागतीको माग पहिलेको तुलनामा अहिले बढे्को भन्दै यहाँ उत्पादित कागती स्थानीय बजारका साथै बुटवलसम्म जाने गरेको बताए । यस वर्ष रू १३ लाख बढीको कागती, सुन्तला र टिमुर बिक्री भएकोउनले जानकारी दिए ।

Ncell
Hardik health

वर्षभरी घरपरिवारसँगै बसेर काम गर्दा लाखौँ आम्दानी गर्न सकिने भएकाले विदेश गएर परिश्रम गर्नुभन्दा स्वदेशमै स्वरोजगार बन्नु उपयुक्त हुने पोखरेलले सुझाव दिए। कागतीसँगै यसबाट बनेको काँचो तथा पकाएको चुकसमेत बजारमा पठाउने गरेको उनले बताए । कागती खेतीमा कृषकको राम्रो भविष्य रहेको जनाउँदैउनले यो बहुउपयोगी हुनेहुँदा धेरै ठाउँबाट माग आउने गरेको बताए । गाउँमा भएका बाँझो जमिनमा पनि कागती खेती विस्तार गर्ने योजना रहेको पोखरेलले सुनाए  ।

“हाम्रो ठाउँमा कागती राम्रो उत्पादन हुन्छ । छोटो समयमा धेरै उत्पादन गर्नसक्ने, जाडो र गर्मी दुवै याममा खपत हुने भएकाले पनि बजारमा यसको माग धेरै छ”,उनले भने, “पहिले माग धेरै आएपछि उत्पादन बढाएको थिए । अहिले भनेअनुसारको बजार पाउन सकिरहेको छैन । उत्पादन भएका सबै कागतीले बजार पाउने हो भने यसबाट मात्रै लाखौँ कमाउन सकिन्छ ।”

पोखरेल जस्तै बागलुङमा थुप्रै कृषक कागती खेतीतर्फ आकर्षित भएका छन् । एकदशक अगाडिसम्म जिल्लामा परम्परागत खेती हुने गरेकामा पछिल्लो समय यहाँका किसान व्यावसायिकरुपमा कागती खेतीतर्फ आकर्षित भएका हुन् । निसीखोला, बडिगाड, गलकोट, बरेङ, काठेखोलालगायत अधिकांश पालिकामा कागती खेती गर्नेको सङ्ख्या बढेको छ । पाँच वर्ष पहिले बागलुङका बजारमा भारतबाट आयातित कागती पाइन्थ्यो तर अहिले स्थानीयस्तरमै उत्पादन भएका कागती बजारमा आउने गरेका स्थानीय बताउँछन् । 

निसीखोला–४ झिम्पाका रेमबहादुर क्षेत्रीले १८ वर्ष कतारमा बिताउनुभयो । लामो समय विदेशमा बिताउँदा नपाएको खुसी अहिले आफ्नै बारीमा कागती खेती गरेर पाएकोउनले अनुभव सुनाउनुभयो । हाल चार सय कागतीका बोटमध्ये दुई सयले फल दिन थालेका क्षेत्रीले बताए ।उनका अनुसार बारीमा कागतीसँगै एभोकाडो र टिमुरका बोट पनि छन् । सात वर्षदेखि व्यावसायिकरुपमा कागती खेती थाल्नुभएका क्षेत्रीले यस वर्ष रू चार लाख बराबरको बिक्री गरेको जानकारी दिए ।

“विदेशमा धेरै दुःख गरियो, सुख मिलेन । अहिले परिवारसँगै बिहान बेलुका आफ्नै बारीमा काम गर्छु, फलफूलसँगै रमाउछु, आम्दानी पनि राम्रो हुँदै गएको छ”,उनले भने, “पहिले बाध्यताले विदेश गएँ, पैसा आफ्नै बारीमा कमाउन सकिने रैछ ।” क्षेत्रीले सात वर्षदेखि कागती खेतीमा लगानी गर्दै आएको जनाउँदै अहिले प्रतिफल आउन थालेको बताए । उत्पादित कागती बिक्री हुन थालेपछि जीविकोपार्जनमा सहज भएको उनको भनाइ थियो । 

समुद्री सतहबाट एक हजार पाँच सय मिटरसम्म कागती खेतीको राम्रो सम्भावना रहेका कृषि ज्ञानकेन्द्र बागलुङले जनाएको छ । जिल्लामा ४० हेक्टर क्षेत्रफलमा कागती खेती गरिँदै आएको केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले जानकारीदिए । “कागती स्वास्थ्यका लागिसमेत निकै लाभदायक मानिन्छ । यसबाट भिटामिन ‘सी’ प्राप्त हुन्छ”,उनले भने, “यसको काँचो र पकाएको चुक, अमिलो अचारलगायत विभिन्न परिकार बनाएर बिक्री गर्न सकिन्छ ।”

सूचना अधिकारी मगरले ४० हेक्टरमा खेती गरिए पनि अहिले २५ हेक्टरबाट उत्पादन भइरहेको जानकारीदिए ।उनका अनुसार जिल्लाभर तीन सय मेट्रिक टन कागती उत्पादन हुने गरेको छ । पछिल्लो समय कागती खेतीको उत्पादन हुने क्षेत्रफल बढ्दो क्रममा रहेको भन्दैउनले केन्द्रले कृषकलाई बिरुवा वितरण, कागती खेतीसम्बन्धी तालिम तथा परामर्श सेवा दिँदै आएको बताए ।

“जिल्लामा कागती खेतीको क्षेत्र व्यापकरुपमा विस्तार भइरहेको छ । उत्पादन पनि हरेक वर्ष बढेको पाएका छौँ, बजारका लागि खास्सै गुनासो आएको छैन, कतिपय किसानले गाउँ नजिकैको बजारमा बिक्री गर्नुहुन्छ भने कतिले बुटवललगायत सहरसम्म पुर्‍याउने गर्नुभएको छ”, सूचना अधिकारी मगरले भने, “कागतीखेती गर्दा किसानलाई आइपरेका समस्या समाधानका लागि हामी लागिरहेका छौँ । अहिले समस्या नआए पनि आउँदाबित्तिकै कृषकलाई खबर गर्न भनेका छौँ ।” बजार व्यवस्थापन, बिरुवा वितरण, रोग लागेमा रोगको पहिचान गरी उपचार, आवश्यक परामर्शलगायत काममा केन्द्र सहजीकरण गर्न तयार रहेकोउनको भनाइ थियो ।


प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
थप कृषि
मूल बीउका लागि कोदोखेती
मूल बीउका लागि कोदोखेती मंगलबार, साउन २६, २०८३
अलैँची रोप्न व्यस्त इलामका किसान
अलैँची रोप्न व्यस्त इलामका किसान मंगलबार, साउन २६, २०८३
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न मंगलबार, साउन १९, २०८३
मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज
मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज मंगलबार, साउन १२, २०८३
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
आँपको उत्पादन बढ्यो, घटेन मूल्य सोमबार, साउन ११, २०८३
प्रांगारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा
प्रांगारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा आइतबार, साउन १०, २०८३
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
कोशीमा ७४ प्रतिशत धान रोपाइँ बिहीबार, साउन ७, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP