Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
साहित्य
  • Home
  • साहित्य
  • ‘कूल पुजा विधि’ पुस्तक लोकार्पण
‘कूल पुजा विधि’ पुस्तक लोकार्पण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ३२, २०८०

काठमाडौं - ‘कूल पुजा विधि’ पुस्तक लोकार्पण भएको छ ।आइतबार बौद्ध काठमाडौँ नयाँबस्तीस्थित छ्योर्तेन टासी तामाङ गुम्बामा उर्गेन धोङाक छ्योइफेल छ्योतेन धार्गेलिङ गोन्पाद्वारा प्रकाशित तामाङको योन्जनवंशको पूजापाठमा आधारित पुजा विधि पुस्तक लोकार्पण गरिएको हो ।

लिसंखुपाखर गाउँपालिका वडा नं २, म्हानेडाँडाका स्व. पद्म बज्र लामाले परिकल्पना तथा संकलन गरिएको सामग्रीलाई उनकै छोरा जीवन योन्जन लामाको संयोजनमा पुस्तकलाई मूर्त रूप दिएको हो । पुस्तकलाई स्व. पद्म बज्र लामा स्वर्गारोहण भएको दुई वर्ष पुगेको पुण्य तिथिमा विमोचन गरिएको हो ।

पुस्तकमा योन्जन थरी तामाङले पितृ पूजा गर्ने (फुई ठाम्बा) विधि र तरिकाको बारेमा उल्लेख गरिएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशकी सांसद माइली तामाङले सम्भोटा लिपिमा रहेको पुस्तकलाई सबैले पढ्न सकिने गरी नेपालीमा अनुवाद गरिएकोमा खुसी व्यक्त गरिन् । उनले यो पुस्तक सम्पूर्ण योन्जन वंशको लागि अति आवश्यक रहेको उल्लेख गरिन् ।

Hardik health

त्यस्तै पुस्तकमाथि टिप्पणी गर्दै राजनीतिज्ञ एवं बौद्ध दर्शनाचार्य सीताराम तामाङले आठौँ शताब्दीमा सबै बोन धर्मका अनुयायी भएका स्वीकारे । ‘नालन्दा विद्यालयमा अध्ययन गरेकाहरूले प्रभावित पारेका हुन्‚’ उनले भने‚ ‘बज्रयान र बोन मिश्रित लामा भएको समाज हो । खासमा मिलारेपा मान्ने रहेछौँ ।’ उनले मिलारेपा दोलखाको जितवीर लामाको वंशज रहेको समेत अनुसन्धानले पत्ता लागेको बताए ।

यसै गरी जापानका लागि पूर्वराजदुत डा. गणेश योन्जनले अहिलेसम्म पुस्तकहरू प्रकाशित भएको बताउँदै योन्जनबंशको कूल पूजा विधि पुस्तकले हाम्रो कूल पूजा गर्नलाई सहज हुने बताए ।यसै गरी पुस्तकका अनुवादक टीका शेर्पाले बौद्ध धर्म अनुष्ठान मात्रै नभई सांस्कृतिक सभ्यता भएको बताए । उनले सम्भोटा नै तामाङ समुदायले लिपिको रूपमा उपयोग गर्नलाई सुझाए ।

योन्जन वंशावलीका अध्यक्ष महेन्द्रजंग तामाङले कुल पूजालाई यो पुस्तक महत्त्वपूर्ण हुने बताए ।कार्यक्रममा लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामा र उपाध्यक्ष मिठुदेवी लामा, लिसंखुपाखर गाउँपालिकाका पूर्व उपाध्यक्ष हेमगंगा मोक्तान, बुद्धोदय माविका प्रधानाध्यापक कृष्णबहादुर श्रेष्ठ, समाजसेवी पुण्य बज्र लामाले पुस्तकको महत्वको बारेमा मन्तव्य राखेका थिए ।

कार्यक्रम गोन्पाका प्रमुख लामा लवाङ घ्याम्छो लामाको अध्यक्षतामा र इन्दिरा योन्जनले सहजीकरण गरेका थिए ।त्यस्तै बुद्ध बचन सूत्र तन्त्रको सागर सार कामधेनु सम मणिमाला (धारणी) सङ्ग्रह नाम विहरतिस्म (धोमाङ सार मन्त्र) नामक पुस्तक सोही दिन विमोचन भएको थियो ।

पुस्तकलाई तामाङ टुल्कु लोब्साङ नामग्याल रिन्पोछेको बाहुलीमा पुस्तक विमोचन भएको हो । तामाङ गुम्बाका अध्यक्ष हरिबहादुर लामाले संकलन गरेको उक्त पुस्तकलाई खेन्पो निमा जाङबो लामा र लामा पेमा ग्याल्पोले सम्पादन गरेका थिए । सोही दिन छ्योर्तेन टासी तामाङ गुम्बामा सुरेश लामाको संयोजकत्वमा १५ सदस्य रहेको युवा समूह गठन गरेको छ ।


प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०९:५९
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
मन्डलामा कविता कन्सर्ट हुँदै
मन्डलामा कविता कन्सर्ट हुँदै मंगलबार, पुस २२, २०८२
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि आइतबार, पुस २०, २०८२
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट सोमबार, पुस १४, २०८२
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि सोमबार, पुस १४, २०८२
‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि शेरचनलाई दिइने
‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि शेरचनलाई दिइने आइतबार, पुस १३, २०८२
बाह्रखरी कथा प्रतियोगितामा शिवराजको ‘एक मान्ठ एक देउता’ प्रथम
बाह्रखरी कथा प्रतियोगितामा शिवराजको ‘एक मान्ठ एक देउता’ प्रथम शुक्रबार, पुस ११, २०८२
डा. उपाध्यायलाई भारतमा प्रतिभाश्री अवार्ड
डा. उपाध्यायलाई भारतमा प्रतिभाश्री अवार्ड आइतबार, पुस ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP