Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #विद्यादेवी भण्डारी
  • #गाथामग_चह्रे
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • उद्योग र कृषिबाहेकका क्षेत्रमा पनि रोजगारी
उद्योग र कृषिबाहेकका क्षेत्रमा पनि रोजगारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ३२, २०८०

काठमाडौं– दक्षिण कोरिया सरकारले आप्रवासी कामदारलाई उद्योग तथा कृषि क्षेत्रको अलवा अन्य क्षेत्रमा पनि रोजगारीको अवसर दिने भएको छ । गैरव्यावसायिक वैदेशिक कामदारलाई भिसा ई–९ मा परिमार्जन गरी कामदार अभाव भएका अन्य क्षेत्रमा त्यहाँको सरकारले रोजगारीको अवसर दिन लागेको बताइएको छ । 

रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरिया जाने आप्रवासी कामदारले आइटी, यातायात, होटल, रेस्टुरेण्ट, क्याफे तथा डिपार्टमेन्टल स्टोरमा काम गर्ने अवसर पाउने त्यहाँको सञ्चारमाध्यम द कोरिया हेराल्डले उल्लेख गरेको छ । यसबाट उल्लिखित क्षेत्र तथा व्यवसायमा विदेशी कामदारलाई रोजगारी दिन सक्ने रोजगारदाता उद्योगको रुपमा सूचीकृत गरिने जनाइएको छ ।  

आइटी सेवामा आवश्यक पर्ने अदक्ष कामदारका लागि रोजगारदाताहरुले विदेशी कामदार माग गर्न र भिसाका लागि आवेदन दिनसक्ने जनाउँदै विदेशी कामदारले प्लान्ट उद्योगमासमेत रोजगारी पाउनसक्ने बताइएको छ । हाल ई–९ भिसा प्राप्त गरेका विदेशी कामदारले उद्योग, निर्माण, कृषि, पशुपालन तथा मस्त्यपालन र केही सेवा उद्योगमा काम गर्ने अनुमति पाउँदै आएका छन् ।  

अहिलेसम्म नेपाली कामदारका लागि कोरियाले उद्योग तथा कृषि क्षेत्रमा मात्र काम गर्ने अनुमति दिँदै आएकोमा अब अन्य क्षेत्र खुला गरेसँगै कामदार अभाव भएका क्षेत्रमा कानुनी रुपमा नै रोजगारीको अवसर प्राप्त गर्नेछन् । जसअन्तर्गत ई–९ भिसा पाएका नेपाली कामदारले रेस्टुरेन्ट, क्याफे, डिपार्टमेन्टल स्टोर, होटल, आइटीजस्ता सेवा क्षेत्रमा काम गर्न सक्नेछन् । ई–९ भिसा अदक्ष विदेशी कामदारलाई जारी गरिने कार्य भिसा हो ।

कोरिया सरकारले श्रमबजारमा हुनसक्ने जनशक्ति अभावलाई सम्बोधन गर्न रोजगार अनुमति क्षेत्र विस्तार गर्ने निर्णय गरेको उक्त समाचारमाध्यमले जनाएको छ । हाल कोरियन मूलका विदेशी नागरिकले एन–२ भिसा जारी गरेर यस्ता क्षेत्रमा काम गर्ने अनुमति पाउँदै आएका छन् । यसैगरी कोरियामा अध्ययन गर्ने विदेशीले डी–२ भिसामा हप्ताको ३० घण्टामात्र आंशिक काम गर्न अनुमति लिएर सेवा क्षेत्रमा काम गर्दै आएको बताइन्छ । कोरियाले पछिल्लोपटक कानुन परिमार्जन गरी आइटी क्षेत्रलाई पनि ई–९ भिसा पाएका कामदारले काम गर्न पाउने उद्योगको रुपमा थपेको छ । कोरियाले अदक्ष कामदारको लागि ई–९ र दक्ष कामदारका लागि ई–७ भिसा जारी गर्दै आएको छ । 
 

   


प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०८:५१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी सोमबार, साउन १२, २०८२
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’ सोमबार, साउन १२, २०८२
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार सोमबार, साउन १२, २०८२
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश 
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश  सोमबार, साउन १२, २०८२
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत आइतबार, साउन ११, २०८२
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ शुक्रबार, साउन ९, २०८२
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत शुक्रबार, साउन ९, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP