Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • दुई म्यानपावर कम्पनीलाई दुई–दुई लाख जरिवाना
सामाजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापन दुई म्यानपावर कम्पनीलाई दुई–दुई लाख जरिवाना
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ३२, २०८०

काठमाडौं– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन २०६४ विपरीत कार्य गर्ने इजाजतपत्र प्राप्त दुईवटा म्यानपावर कम्पनीलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । विभागको स्वीकृतिविना सामाजिक सञ्जालमा विज्ञापन गरेका क्यापिटल रिक्रुटमेन्ट सर्भिसेज र इगल म्यानपावर कन्सल्ट्यान्टलाई जरिवाना गरेको हो ।

नेपाली युवाहरुलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै सामाजिक सञ्जालमा विज्ञापन गरी राहदानी एवं आवश्यक कागजात संकलन गर्ने गरेको भन्दै विभागले जरिवाना गरेको जनाएको छ ।विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार ऐन २०६४ को दफा २१ (३) विपरीत कार्य गर्ने इजाजतपत्र प्राप्त संस्था क्यापिटल रिक्रुटमेन्ट सर्भिसेज र इगल म्यानपावर कन्सल्ट्यान्टलाई जनही दुई लाख रुपैयाँ जरिवाना गरिएको उल्लेख गरेको छ ।

उल्लिखित म्यानपावर कम्पनीहरुलाई विज्ञापन प्रकाशनपूर्व विभागबाट स्वीकृति नलिएका कारण कारबाहीको दायरामा ल्याइएको विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले बताए । विभागले म्यानपावर कम्पनीलाई मात्र नभई सामाजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापन गरेको भन्दै ललितपुस्थित सुयान एजुकेशन प्रालि र एलाइट टु वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टरको स्थलगत अनुगमन गरी थप अनुसन्धान गरिरहेको निर्देशक उप्रेतीले जानकारी दिए ।

Hardik health

विभागले यसअघि वैदेशिक रोजगारीको नाममा सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम, टिकटक)मा सूचना तथा विज्ञापन प्रकाशन गरी ठगी गर्ने घटना बढ्दै गएको भन्दै सचेत गराएको थियो । पछिल्लो समय युरोपेली मुलुकमा आकर्षक तलव एवं सेवा सुविधा प्राप्त हुने प्रलोभन देखाई समाजिक सञ्जालमा हुने विज्ञापनको सूक्ष्म अध्ययन गरिरहेको पनि विभागले उल्लेख गरेको थियो ।

ठगी तथा भ्रमपूर्ण सूचनाविरुद्ध कडारुपमा प्रस्तुत भएको विभागले केही दिनअघिमात्रै डि. स्क्वायर ग्रुप र डिलक्स एचआर सोलुसन नामक दुईवटा म्यानपावर कम्पनीको ऐनविपरीत गतिविधि गरेको र पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै इजाजतपत्र नै रद्द गरेको थियो ।

वैदेशिक रोजगारीका लागि जान इच्छुक नेपालीहरुलाई सामाजिक सञ्जालमा प्रकाशन/प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न पनि विभागले पुनः आग्रह गरेको छ । साथै, प्रचलित ऐन कानुनविपरीत सामाजिक सञ्जालमा सूचना तथा विज्ञापन सम्प्रेषण नगर्न सचेत गराउँदै यदी कसैले त्यस्तो भ्रमपूर्ण सन्देश प्रवाह गरेमा कडा कारबाही गर्ने चेतावनीसमेत विभागले दिएको छ ।   


प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०८:२०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP