Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘सामाजिक सञ्जालमा आएका विज्ञापनको भ्रममा नपर्नू’
‘सामाजिक सञ्जालमा आएका विज्ञापनको भ्रममा नपर्नू’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन २८, २०८०

काठमाडौं– वैदेशिक रोजगार विभागले सामाजिक सञ्जालमा आएका वैदेशिक रोजगारसम्बन्धी विज्ञापनहरुको भ्रममा नपर्न आग्रह गरेको छ । विभागले सामाजिक सञ्जालमा आएका युरोपेली मुलुकमा रोजगारी पाइने भन्नेजस्ता भ्रामक विज्ञापनको विश्वास नगर्न आग्रह गरेको हो ।

विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै फेसबुक, इन्स्टाग्राम, टिकटकलगायतका सामाजिक सञ्जालबाट पछिल्लो समय युरोपेली मुलुकमा रोजगारसम्बन्धी विभिन्न विज्ञापनहरू गर्दै ठगी गर्ने क्रम बढेको उल्लेख गरेको छ । विभागले युरोपेली मुलुक रोमानिया, माल्टा, पोर्चुगल, क्रोएसिया, साइप्रस, टर्की, अल्वानिया र क्यानडाजस्ता देशमा वर्किङ भिसामा पठाइदिने भन्दै पछिल्लो समय सामाजिक सञ्जालमार्फत विज्ञापन गर्ने गिरोह सक्रिय रहेकोप्रति सचेत गराएको छ । उल्लिखित देशहरूमा रोजगारीको अवसर भन्दै सरकारसँग अनुमतिविनै विज्ञापन भइरहेकोप्रति विभागको ध्यानाकर्षण भएको जनाएको छ ।

वैदेशिक रोजगार व्यवसाय सञ्चालनका लागि इजाजतपत्र प्राप्त संस्था (म्यानपावर कम्पनी)हरुले प्रचलित कानुनबमोजिम नेपाली नागरिकहरुलाई वैदेशिक रोजगारीमा पठाउनसक्ने व्यवस्था रहेको उल्लेख गर्दै विभागले आधिकारिक निकायको अनुमतिविना सामाजिक सञ्जालमा वैदेशिक रोजगारसम्बन्धी विषयमा प्रचारप्रसार गरी सर्वसाधारणमा भ्रम सिर्जना नगर्न पनि सम्बन्धित सबैलाई सचेत गराएको छ ।

Hardik health


पछिल्लो समय युरोपेली मुलुकमा आकर्षक तलव एवं सेवा–सुविधा प्राप्त हुने प्रलोभन देखाई समाजिक सञ्जालबाट गरिने विज्ञापनमार्फत ठगी गर्ने क्रम बढिरहेको जनाउँदै प्रचलित कानुनविपरीत हुने गतिविधिलाई नियन्त्रण गर्न विभाग सदैव तत्पर रहेको जनाइएको छ । साथै, विभागले त्यस्ता क्रियाकलापमा संलग्नमाथि कारबाहीको चेतावनी दिएको छ । भ्रमपूर्ण विज्ञापनमा भर नपरी वैदेशिक रोजगारीको प्रक्रिया सुरु गर्नुपूर्व आवश्यक सबै प्रक्रिया तथा विषयमा पूर्णरुपमा सम्बन्धित निकायबाट जानकारी लिन पनि विभागले आग्रह गरेको छ । 

विभागले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण तथा सचेतनाका लागि बेलाबेलामा विज्ञप्ति तथा सूचना जारी गर्दै आए पनि ठगीका घटनामा कमी आएको छैन । केही दिनअघिमात्रै वैदेशिक रोजगारीका लागि युरोपका विभिन्न मुलुक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर कारबाहीका लागि विभागमा नै बुझाएको छ । पक्राउ पर्नेहरुमा एकमाया पुलामी मगर, सन्दीपकुमार चौधरी, शालिकराम अर्याल रहेका छन् ।

गोरखाको गण्डकी गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१५ बस्ने मगरले पोर्चुगल पठाइदिने भन्दै २ लाख ५६ हजार रूपैयाँ, सुनसरीको रामधुनी नगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने चौधरीले फ्रान्स पठाइदिने भन्दै दुई लाख ५५ हजार रुपैयाँ, धादिङको थाक्रे गाउँपालिका–४ घर भई काठमाडौं कलंकी बस्ने अर्यालले क्रोएसिया पठाइदिने भन्दै ५० हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । यसरी पक्राउ परेकाहरुबाट पीडितलाई मेलमिलापमार्फत क्षतिपूर्ति दिलाउने र जटिल समस्या भएकाहरुको सम्बन्धमा अदालती प्रक्रियामा जाने गरेको विभागले जनाएको छ । 
 


प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP