Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउदीबाट चार महिला कामदारको उद्दार
साउदीबाट चार महिला कामदारको उद्दार
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २६, २०८०

काठमाडौं– रोजगारीका लागि अवैधानिक रुपमा विभिन्न एजेण्टमार्फत साउदी अरेबिया पुगेर हिंसामा परेका चार जना नेपाली महिला कामदारको उद्दार गरिएको छ । कुवेतको एक प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभन देखाइ गैरकानुनी रूपमा घरेलु कामका लागि एजेण्टहरुले उनीहरुलाई साउदी पुर्‍याएको पाइएको छ । त्यहाँ हिंसामा परेका उनीहरुलाई रियादस्थित नेपाली राजदूतावासले उद्दार गरी बुधबार नेपाल फर्काएको छ ।

गैरकानुनी तवरबाट भारतीय हवाईमार्ग प्रयोग गरी कुवेत पुर्‍याई केही महिना काम गरी त्यहाँको स्थानीय एजेण्टले घरेलु कामदारको रुपमा साउदी अरब पुर्‍याएका थिए । यसरी साउदी पुगेका महिलाहरुलाई विभिन्न ठाउँबाट तीन महिनाअघि उद्दार गरी दूतावासले खाना र आवास सुविधासहित आफ्नो सेल्टरमा राखेको जनाएको छ ।

उद्दार गरिएका महिलाहरुले लामो समय (केहीले सात वर्षसम्म) साउदीस्थित कफिल (साहु)को घरमा काम गरेका थिए । साउदीको कफिलले उनीहरुलाई भनेबमोजिमको तलब सुविधा नदिएको, बिरामी हुँदा औषधि उपचार नगराएको, दैनिक १८ घण्टासम्म काममा लगाउने गरेको, तलब माग्दा कुटपिट गर्ने गरेको, शारीरिक र मानसिक तनाव दिने गरेको, नेपाल फर्किन नदिएको जस्ता अमानवीय र अभद्र व्यवहार गरेको प्राप्त जानकारीको आधारमा उद्दार गरिएको दूतावासले उल्लेख गरेको छ ।

Hardik health

गम्भीर अवस्थामा रहेका उनीहरुलाई उद्दार गरी दूतावासको अनुरोधमा साउदी सरकारको घरेलु कामदार कार्यालयले आन्तरिक कानुनी प्रक्रिया मिलाई बहिर्गमन (एक्जिट) भिसा प्राप्त भएपछि यही साउन २४ गते हिमालय एयरलाइन्समार्फत नेपाल फिर्ता पठाइएको उल्लेख गरिएको छ ।

यसरी गैरकानुनी रुपमा साउदी अरब ल्याइएका र राजदूतावासले विभिन्न समयमा उद्दार गरी नेपाल फर्काइएका दर्जनौं नेपाली महिला तथा पुरुष कामदारहरुको उद्दार कार्यमा गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आएको दूतावासले जनाएको छ । यसपटक उद्दार गरिएका चारै जना महिलालाई नेपाल फर्कने हवाई टिकटको व्यवस्था साउदीस्थित प्रवासी नेपाली मञ्चले गरेको बताइएको छ । 

दूतावासले समस्यामा परेका नेपाली महिला कामदारहरुको उद्दार तथा स्वदेश फिर्ती कार्यमा नेपाली संघसंस्थाहरुबाट प्राप्त भइरहेको महŒवपूर्ण सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तरता रहने विश्वास लिएको छ । नेपाल सरकारले घरेलु कामदारका रुपमा महिलाहरुलाई साउदी अरब प्रवेशका लागि रोक लगाए पनि विभिन्न तरिकाले एजेण्ट तथा मानव तस्करहरुले अवैध बाटोबाट पुर्‍याउने गरेको बताइएको छ । तसर्थः मानव तस्कर तथा एजेण्टको विभिन्न प्रलोभन र आश्वासनमा परी नेपाली महिलाहरु घरेलु कामदारको रुपमा साउदी अरब नआउन दूतावासले सम्बन्धित सबैलाई आग्रहसमेत गरेको छ । 
 


प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०६:११
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP