Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • भारतीय विमानस्थल प्रयोगमा प्रतिबन्ध
भारतीय विमानस्थल प्रयोगमा प्रतिबन्ध
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ११, २०७६
Hardik health
काठमाडौं– वैदेशिक रोजगारमा जान भारतीय विमानस्थल प्रयोग गर्न भारतका लागि भारतीय राजदूताबासले प्रतिबन्ध लगाएको छ । कतिपय अवस्थामा वैदेशिक रोजगारमा जान नेपालीले भारतीय विमानस्थल प्रयोग गर्दै आएकामा राजदूताबासले प्रेस विज्ञप्ति जारी गर्दै अब भने भारत हुँदै तेस्रो मुलुक जाने काममा प्रतिबन्ध लगाएको हो । खासगरी, भारत सरकारले नेपालबाट स्थलमार्ग हुँदै दिल्लीको विमानस्थलबाट विदेश जाने नेपालीलाई रोक लगाउने निर्णय गरेपछि दूताबासले पनि भारतको बाटो भएर नेपालीले वैदेशिक रोजगारमा जान रोक लगाएको छ । भारतस्थित नेपाली राजदूताबासका अनुसार भारतीय बिमानस्थलमार्फत् विदेश जाने नेपाली युवालाई विमानस्थलमै रोक लगाइने भएको छ । भारतमा रहेको नेपाली दूताबासले बिज्ञप्ति जारी गर्दै भारतीय बिमानस्थलमार्फत विदेश जाने नेपाली युवालाई विमानस्थलमै रोक लगाइने भएकाले नेपालकै विमानस्थल प्रयोग गर्न सुझाव दिएको छ । यसअघि पनि नेपाल सरकारले वैदेशिक रोजगारमा जानका लागि नेपालकै विमानस्थल प्रयोग गर्नुपर्ने भन्दै आए पनि यसलाई कार्यान्वयनमा ल्याउन सकिएको थिएन । भारतले नचाहेसम्म यस्तो कार्य नरोकिने भएपछि नेपाल सरकारले जतिसुकै प्रयास गरे पनि नेपाली युवाहरूले भारतकै विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारमा जाँदै आएका थिए । भारत हुँदै तेस्रो मुलुक जानका लागि नेपालको अध्यागमन विभागले छाप लगाएको हुनुपर्ने तर स्थल मार्गबाट जाने नेपालीलाई पासपोर्टमा छाप लगाउने व्यवस्था अध्यागमन विभागले नगरेको भन्दै दूताबासले नेपाली विमानस्थलमार्फत नै गन्तव्यतर्फ जान सुझाव दिएको छ । नेपालको अध्यागमन विभागको छाप नभएको राहदानीबाहक भारतीय बिमानस्थल प्रयोग गरी तेस्रो मुलुक जान नपाउने व्यवस्था रहेको भन्दै समस्याबाट बच्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै प्रयोग गर्न दूताबासले विज्ञप्तिमार्फत जानकारी दिएको छ । कतिपय युवाहरूले नेपालबाट स्थलमार्ग हुँदै भारत पुग्ने र भारतीय विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारमा जाने हुँदा नेपाल सरकारसँग पनि कति नेपाली वैदेशिक रोजगारमा छन् ? भन्ने तथ्यांक देखिएको छैन । अब भने सरकारले वैदेशिक रोजगारमा जाने र आउनेको तथ्यांक नै अध्यागमन विभागले राख्न थालेपछि अब सरकारसँग वैदेशिक रोजगारमा जाने युवाहरूको तथ्यांक हुने सरकारी अधिकारीहरू बताउँछन् । भारतले पनि स्थलमार्ग हुँदै भारतबाट वैदेशिक रोजगारमा जानेलाई रोक्ने भएपछि वैदेशिक रोजगारमा जानेको यकिन तथ्यांक उपलब्ध हुने देखिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले केही दिनअघि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसियसनका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा वैदेशिक रोजगारमा जाने युवाहरूको तथ्यांक नभएको भन्दै यसलाई व्यवस्थित गर्ने बताएका थिए । सोही बेला वदैशिक रोजगारमा जाने युवाहरूको आधिकारिक तथ्यांक नराखिएकोप्रति मन्त्री यादव आक्रोशित भएका थिए । नेपालको जंगलमा जंगली जनावरको यकिन तथ्यांक राखिने तर नागरिकको तथ्यांक नराखिएको भन्दै यसलाई अब व्यवस्थित रूपले अभिलेख राखिने बताएका थिए । युवाहरू विदेश गएको अभिलेख भए पनि फर्केको अभिलेख नभएको भन्दै योभन्दा अर्को अव्यवस्थित हुनै नसक्ने बताउँदै उनले यसबेला आफ्नो नागरिकको बारेमा सरकारले सोधखोज नगरेको भन्दै अब यसको लिखित प्रमाण राखिने बताएका थिए । यहि बमोजिम सरकारले वैदेशिक रोजगारमा जानेहरूको यकिन तथ्यांक पत्ता लगाउन भारतीय विमानस्थल प्रयोग गर्न प्रतिबन्ध लगाएको स्रोत बताउँछ ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  ०५:३२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP