काठमाडौं - प्रवासी नेपाली मञ्च मलेसियाले विविध कारणले समस्यामा परेका कामदारलाई स्वदेश फर्किन निशुल्क हवाई टिकट उपलब्ध गराउने घोषणा गरेको छ ।
मञ्चका अध्यक्ष दयाराम कुमालले मलेसियामा अलपत्र भई घर फिर्तिका लागि समस्यामा रहेका कामदारहरुलाई एकतर्फीरुपमा वार्षिक ६० वटा टिकट निःशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको आठौं अधिवेशनका अवसरमा कुमालले वार्षिक रुपमा ६० वटा हवाई टिकट निःशुल्क उपलब्ध गराउने बताए ।
उनले नेपाली दूतावास र एनआरएनए मलेसियासँग समन्वय गरेर टिकट उपलब्ध गराउन मञ्च तयार रहेको बताए । प्रवासी मञ्च नेकपा एमालेनिकट मलेसियामा रहेका नेपालीहरुको साझा संस्था हो ।
मञ्चले अप्ठ्यारोमा परेका गैरआवासीय नेपालीलगायत रोजगारीका लागि मलेसिया पुगेका कामदारहरुलाई सहयोग गर्दै आइरहेको बताइन्छ ।