Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #विद्यादेवी भण्डारी
  • #गाथामग_चह्रे
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एक वर्षमा करिब साढे चार हजार ठगीका उजुरी
एक वर्षमा करिब साढे चार हजार ठगीका उजुरी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २४, २०८०

काठमाडौं– वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटना न्यूनीकरणमा सरकार असफल देखिएको छ । वैदेशिक रोजगार विभागमा एक वर्षमै करिब साढे चार हजार ठगीका उजुरी र मुद्दा दर्ता भएका छन् । विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा ठगीका चार हजार ४६४ उजुरी तथा मुद्दा परेका हुन् । 

वर्षभरि परेका उजुरी तथा मुद्दामध्ये एक हजार ७५१ को पीडित र पीडकबीच भएको मेलमिलापमार्फत टुंग्याउँदै आर्थिक क्षतिपूर्तिसमेत उपलब्ध गराइएको विभागले जनाएको छ । पीडितहरुलाई मेलमिलापमार्फत ठगी भएको झण्डै ५६ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति दिलाएको विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले बताए । बाँकी थुप्रै मुद्दाको आवश्यक छानविन र अनुसन्धानको क्रममा रहेकाले यसको परिणाम छिट्टै आउने उनले जानकारी दिए ।

‘वैदेशिक रोजगार विभागमा ठगीका उजुरी तथा मुद्दा हेर्नका लागि मुद्दा तथा अनुसन्धान शाखा, राहत उद्दार तथा समन्वय शाखा र प्रहरीको टोलीसमेत खटिएको छ,’ उप्रेतीले भने, ‘संस्थागत भन्दा पनि व्यक्तिगत ठगीका उजुरीहरु बढी रहेका कारण समयमै सम्बोधन गर्न कठिनाइ भए पनि विभागले तदारुकताका साथ काम गरिरहेको छ ।’

पछिल्लो समय विभागले वैदेशिक रोजगार व्यवसायी संघसँगको समन्वयमा मर्कामा परेका पीडितहरुलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराई मेलमिलापको कार्य गराउँदै आएको छ । यसका लागि विभाग परिसरमा नै मेलमिलाप केन्द्र स्थापना गरिएको छ । विभागमा परेका उजुरी तथा मुद्दाको सम्बन्धमा सहजीकरण तथा मेलमिलाप गराउन र पीडितहरुलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन संघले सचिव कर्णबहादुर कटुवालको संयोजनमा १८ सदस्यीय समिति परिचालन गरेको छ । जटिल खालका केसहरुबाहेक मेलमिलाप केन्द्रबाटै धेरै मुद्दाहरु फरफाराक हुने भएकाले पीडितहरुले समयमै न्याय तथा क्षतिपूर्ति पाउने गरेको विभागले जनाएको छ ।   

विभागले ठगीमा परेको गुनासो लिएर आउने पीडितको ठाडो उजुरीसमेत लिने गरेको छ । त्यस उपर प्रहरीले आवश्यक काम कारबाही अघि बढाई विभागलाई न्याय सम्पादनमा सहयोग गर्दै आइरहेको छ । पछिल्लो समय वैदेशिक रोजगारीको नाममा म्यानपावरभन्दा पनि व्यक्तिगत ठगीको घटना बढ्दो रहेको छ । युरोप, अमेरिकालगायत विभिन्न मुलुकमा रोजगारीका लागि पठाउने भन्दै लाखौं रुपैयाँ असुलेर एजेन्टहरु फरार हुने गरेका कारण विभागमा व्यक्तिगत ठगीका उजुरी आउने गरेको बताइन्छ ।

वैदेशिक रोजगारीको नाममा विभिन्न माध्यमबाट ठगी गर्ने गिरोह नै सक्रिय रहेका कारण इजाजतपत्र प्राप्त संस्थाहरुबाहेक अन्य संस्था तथा व्यक्तिहरुको झूठा आश्वासन र प्रलोभनमा नपर्न पनि विभागले आग्रह गरेको छ । 

फेइम्स प्रणाली अवरुद्ध 
वैदेशिक रोजगार विभागले मंगलबार बेलुकादेखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेइम्स) अवरुद्ध हुने जनाएको छ ।विभागले अर्को निर्णय नभएसम्म अनलाइनमार्फत फेइम्समा हुने श्रमसम्बन्धी सबै गतिविधि अवरुद्ध हुने उल्लेख गरेको छ ।विभागले मंगलबार एक सूचना जारी गर्दै श्रम स्वीकृति एवं नवीकरणलगायतका  आवेदन दिने प्रक्रिया अवरुद्ध हुने जानकारी दिएको छ ।

विभागको फेइम्स प्रणालीमा फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएका कारण नयाँ फाइल अपलोड गर्न नमिल्ने भन्दै श्रम स्वीकृतिसम्बन्धी आवेदन पनि पेस नगर्न आग्रह गरिएको छ । यसअघि श्रम स्वीकृतिको आवेदन दिइसकेका सेवाग्राहीहरूले भने सेवा प्राप्त गर्न सक्ने बताइएको छ । कारणबस  श्रम स्वीकृतिको आवेदन अस्वीकृति भएमा पुनः आवेदन दिन पाइने छैन । त्यसका लागि फेइम्स प्रणाली पुनः सञ्चालनमा नआउञ्जेल गर्न पर्खनुपर्ने भएको छ । 
 


प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०६:२४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी सोमबार, साउन १२, २०८२
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’ सोमबार, साउन १२, २०८२
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार सोमबार, साउन १२, २०८२
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश 
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश  सोमबार, साउन १२, २०८२
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत आइतबार, साउन ११, २०८२
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ शुक्रबार, साउन ९, २०८२
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत शुक्रबार, साउन ९, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP