Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरियाको पानीजहाज निर्माण कम्पनीमा रोजगारी
कोरियाको पानीजहाज निर्माण कम्पनीमा रोजगारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन १५, २०८०


भाषा परीक्षा, सीप परीक्षण तथा अन्तर्वार्तामा प्राप्त गरेको प्राप्तांकको आधारमा अधिकतम अंक पाएकाहरुमध्ये रोस्टरमा सूचीकृत गर्न पहिलो चरण र दोस्रो चरणमा गरी अनुमानित उत्तीर्ण संख्या दुई हजार ५०० को अन्तिम नतिजा प्रकाशन गरिने 

काठमाडौं– रोजगारीका लागि दक्षिण कोरिया जान चाहने नेपाली युवाहरुका लागि इपिएस भाषा परीक्षाको आवेदन खुल्ने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले पानीजहाज निर्माण (सिप बिल्डिङ)मा काम गर्न जानका लागि भाषा परीक्षाको आवेदन खुला गर्ने तयारी गरेको हो । 

शाखाले कोरियामा पानीजहाज निर्माणसम्बन्धी काम गर्न चाहने इच्छुक नेपाली श्रमिकले यही साउन २० देखि २४ गतेसम्म भाषा परीक्षाका लागि अनलाइन आवेदन खुला गर्ने जनाएको छ । शाखाले आइतबार एक सूचना निकालेर पानीजहाज निर्माण कम्पनीका लागि आवेदन माग भएअनुसार कामदार पठाउन असोज १ गतेदेखि भाषा परीक्षा हुने जानकारी दिएको छ ।

एक दिनमा चार सिफ्ट गरी परीक्षा सञ्चालन हुने तथा आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुनसक्ने सूचनामा उल्लेख छ । नेपाल सरकार र कोरिया सरकारबीच भएको जिटुजी सम्झौता अनुसार नै रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत नेपाली श्रमिक पठाउन छनोटका लागि भाषा परीक्षा आवेदन माग गरिएको शाखाले जनाएको छ । सिप बिल्डिङको क्षेत्रमा पनि श्रमिक छनोट प्रक्रिया अन्य क्षेत्रमा जाने श्रमिकको जस्तै हुनेछ । ईपीएसमार्फत कोरियामा रोजगारीका लागि जाने श्रमिकले उच्च अंककासाथ भाषा परीक्षा तथा सीप परीक्षण दुवैमा उत्तीर्ण हुनुपर्ने छ ।

Hardik health

भाषा परीक्षा, सीप परीक्षण तथा अन्तर्वार्तामा प्राप्त गरेको प्राप्तांकको आधारमा अधिकतम अंक पाएकाहरुमध्ये रोस्टरमा सूचीकृत गर्न पहिलो चरण र दोस्रो चरणमा गरी अनुमानित उत्तीर्ण संख्या दुई हजार ५०० को अन्तिम नतिजा प्रकाशन गरिने शाखाले जनाएको छ । जसमा श्रमिकको मागअनुसार उत्तीर्ण संख्या थपघट हुनसक्ने उल्लेख छ ।

उच्च अंकका साथ भाषा परीक्षा पास भई र सीप परीक्षणमासमेत उत्तीर्ण भएकाहरुले मात्रै रोजगारीका लागि आवेदन दिन सक्नेछन् । भाषा परीक्षामा १८ वर्ष उमेर पूरा भई ३९ वर्ष नकटेका तथा फौजदारी अभियोगमा अदालतबाट जेल सजाय नपाएका आवेदकहरु सहभागी हुन पाउने बताइएको छ । साथै, कोरियामा गएर गैरकानुनी गतिविधिमा संलग्न नभएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको, कोरियामा इ–९ र इ–९–१ भिसामा पाँच वर्षभन्दा कम अवधि बसेकाहरुले पनि आवेदन दिन पाउने छन् । यसअघि इपिएस भाषा परीक्षा दिएकाहरुले समेत यो परीक्षामा सामेल हुन सक्ने इपिएस कोरिया शाखाले जनाएको छ । 

कोरियामा सन् २००८ देखि इपिएस भाषा परीक्षा पास गरी म्यानुफ्याक्चरिङ र कृषिमा नेपाली श्रमिकहरु गइरहेका छन् । तर, सीप बिल्डिङको क्षेत्रमा भाषा तथा सीप परिक्षणका लागि आवेदन माग गरिएको पहिलोपटक हो । शाखाले यसअघि सीप बिल्डिङमा म्यानुफ्याक्चरिङको रोस्टरमा रहेका ८९२ जनालाई सीप बिल्डिङमा पठाउने निर्णय गरेको थियो ।

कोरियन भाषापरीक्षा उत्तीर्ण गर्नु रोजगारीको छनोट प्रक्रियामा सामेल भई रोस्टरमा सूचीकृतमात्रै हुने भएकाले शतप्रतिशत रोजगारीको ग्यारेन्टी नहुँदा कामदारलाई आफ्नो पेसा, व्यवसाय आदिलाई निरन्तरता दिन शाखाले आग्रह गरेको छ ।यसैबीच श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मौसमी कामदारको रुपमा कोरिया पठाइदिने भन्दै ठूलो रकम उठाउन व्यक्ति तथा संस्थाहरु सक्रिय रहेको जानकारी आएकाले त्यस्ता भ्रामक समाचारबाट सचेत रहन सबैलाई अनुरोध गरेको छ ।

मन्त्रालयले मौसमी कामदारको भिसामा कोरियालगायतका अन्य देशहरुमा जान कोही कसैलाई पनि पैसा नबुझाउन आग्रह गरेको छ । मौसमी कामदारका लागि सरकारले कसैलाई पनि श्रम स्वीकृति प्रदान नगरिएको भन्दै मन्त्रालयले वैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृतिमात्र आधिकारिक कागजात भएकाले सोबाहेक कुनै प्रकारको कागजातको आधारमा वैदेशिक रोजगारीमा नजान पनि विभागले आग्रह गरेको छ ।

विभागबाट इजाजतपत्र प्राप्त संस्थाहरुबाहेक अन्य संस्थाहरुले वैदेशिक रोजगारीमा पठाउने सबै प्रकारका कार्य गैरकानुनी हुने भएकाले यससम्बन्धी जानकारी भएमा वा कसैले रोजगारीको प्रलोभन देखाइ ठगी गरेमा मन्त्रालय तथा विभागमा जानकारी गराई कारबाहीको दायरामा ल्याउन पनि सहयोग र सहकार्यका लागि मन्त्रालयले अनुरोध गरेको छ ।

 


प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०६:३६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP