Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #टासी ल्हान्जोम
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पोर्चुगल लैजाने भन्दै बेलारुसमा अलपत्र पार्ने शाहीलाई कारबाही माग
पोर्चुगल लैजाने भन्दै बेलारुसमा अलपत्र पार्ने शाहीलाई कारबाही माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १४, २०८०

काठमाडौं– वैदेशिक रोजगारीको प्रलोभनमा पारेर पोर्चुगल लैजाने भन्दै १७ जना नेपालीलाई बेलारुस पुर्‍याएर अलपत्र पार्ने दीपेश शाहीलाई कानुनी दायरामा ल्याई क्षतिपूर्ति भराइदिन पीडितहरुले सरकारसँग माग गरेका छन् । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पीडितहरुले उक्त माग गरेका हुन् ।

कञ्जनपुर बेलौरी–४ का शाहीले पोर्चुगल पठाउँछु भन्दै प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँसम्म लिएर १७ जनालाई बेलारुस पुर्‍याइ अलपत्र पारेको उनीहरुको भनाइ छ ।बेलारुस पुगी अलपत्र परेकामध्ये मस्कोस्थित नेपाली राजदूतावासले छ जनालाई उद्धार गरी नेपाल फर्काएको पीडितहरुले बताए । नेपाल फर्किन सफल राम रोकायले गत चैत २८ गते पोर्चुगल लैजाने भनी शाहीसहित १८ जना नेपालको एयरपोर्ट हुँदै मस्को पुगेको बताए ।

उनका अनुसार मस्को पुगेपछि प्रवास नाम गरेका भारतीय एजेन्टलाई जिम्मा लगाएर शाही बोस्नियातर्फ लागे । ‘हामी नेपालको एयरपोर्ट हुँदै मस्को गयौं, त्यहाँ पुगेपछि प्रवास भन्ने भारतीय मान्छेले एयरपोर्टमा रिसिभ गरेर होटलमा पुर्‍याए,’ पीडित रोकायले भने, ‘त्यसपछि शाहीसँग सम्पर्क हुन सकेन, हामीलाई मस्कोबाट ‘प्लेन टु प्लेन’ पोर्चुगल लैजाने भने पनि ट्याक्सीमा हालेर बेलारुस पुर्‍याइयो ।’

बेलारुसमा आठ–दश दिन राखेर पाकिस्तानी एजेन्टको साथ लगाएर पोर्चुगल जानका लागि पानी नै पानी भएको बाटोबाट लाद्भिया पुर्‍याइएको र त्यहाँको प्रहरीले आफूहरुको मोबाइलसमेत नियन्त्रणमा लिएर बेलारुसमै फिर्ता पठाएको रोकायले बताए ।

Hardik health

‘फेरि १५/२० दिन बेलारुसको होटलमा बिताएर पोल्याण्ड छिर्ने योजना पनि विफल भएर बेलारुस नै फर्किंदा छ जनालाई प्रहरीले नियन्त्रणमा लियो,’ पीडित रोकायले भने, ‘प्रहरी नियन्त्रणमा रहेकै बेला परिवारसँग सम्पर्क गर्ने र मस्कोमा भएको दूतावासलाई खबर गरेपछि, उहाँहरुको पहलमा १५ दिनको जेल बसाइँपछि घरबाट पैसा पठाएर नेपाल आउन सफल भइयो ।’ आफूहरुले नेपाल फर्काइदिन आग्रह गर्दा जर्मनबाट ‘डिपोर्ट’ भएर आउनुपर्ने बताउँदै एजेन्टले फेरि पोल्याण्डतर्फ लगेको उनले बताए ।

आफूहरुलाई दलालले फसाए पनि अरु नेपाली नफसुन् भन्ने उद्देश्यले पत्रकार सम्मेलन गरेको रोकायले बताए । पोर्चुगल पठाउँछु भनेर विभिन्न देशमा पुर्‍याएर विचल्ली बनाउने शाहीलाई कानुनी कारबाहीसहित आफूहरुको पैसा फिर्ता गर्न सरकारले पहल गरिदियोस् भन्ने चाहेको उनको भनाइ छ । ‘हामीजस्ता अरु नेपाली दाजुभाइ नफसुन्, हाम्रो पैसा फिर्ता आओस् र उसलाई कानुनी कारबाही होस् भन्ने हामी चाहन्छौं,’ रोकायले भने । 

त्यस्तै, अर्का पीडित कञ्चनपुर बेलौरीका वियज रानाले पोर्चुगल पठाउँछु भनेर गठी गर्ने शाहीलाई उचित कारबाही गर्न सरोकारवाला निकायहरुको ध्यानाकार्षण गराए । शाहीले पोर्चुगल पठाउने भन्दै व्यक्ति पिच्छे कोहीसँग १० लाख, कोहीसँग १२ लाख र कोहीसँग १५ लाख रुपैयाँ लिएर सँगै गएका साथीहरुबाट थाहा पाएको रानाले बताए । आफूले पनि शाहीलाई १५ लाख रुपैयाँ बुझाएको भन्दै नेपाल फर्किंदासम्म झण्डै १७ लाख रुपैयाँ खर्च भएको उनले दाबी गरे ।

पोर्चुगल पुर्‍याएर भनेअनुसारको काममा लगाउन नसके लिएको पूरै पैसा फिर्ता गरिदिने सर्तमा शाहीलाई पैसा बुझाएको पीडितहरुले दाबी गरे । बेलारुसमा अलपत्र परेका अन्य नेपालीहरुको अवस्था आफूलाई थाहा नभएको र शाही मस्कोबाटै वेपत्ता भएपछि सम्पर्कविहीन भएको उनीहरुले बताए । 

यता श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले रोजगारीको प्रलोभनमा परी युरोपेली मुलुकमा जान असम्बन्धित व्यक्ति वा संस्थाको विश्वासमा नपर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा आकर्षक सेवा सुविधाको प्रलोभन देखाई माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगललगायतका युरोपेली मुलुकमा रोजगारी दिने बहानामा लाखौं रुपैयाँ ठगी गरेको सम्बन्धमा सूक्ष्म अनुसन्धान गरिरहेको भन्दै असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न उल्लेख गरेको छ ।

अनधिकृतरुपमा वैदेशिक रोजगारीको आवरणमा हुने सबै प्रकारका ठगीलाई निरुत्साहित गर्न कामदार आफैंले वैदेशिक रोजगार विभाग वा इजाजतपत्र प्राप्त संस्था तथा रोजगारदातासँग सीधा सम्पर्क र समन्वय गरेर मात्र वैदेशिक रोजगारीमा जान मन्त्रालयले आग्रह गरेको छ ।
 


प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP