Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #टासी ल्हान्जोम
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘इपिएस भाषा परीक्षामा अवरोध गरे रोजगारीको अवसर गुम्नसक्छ’
एचआरडी कोरियाको चेतावनी ‘इपिएस भाषा परीक्षामा अवरोध गरे रोजगारीको अवसर गुम्नसक्छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ११, २०८०

काठमाडौं– वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य रहेको दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा सञ्चालनमा अवरोध सिर्जना भए थुप्रै नेपाली युवाले रोजगारीको अवसर गुमाउन सक्ने चेतावनी दिएको छ । केही दिनअघि इपिएस भाषा परीक्षा उत्तीर्ण गरी रोजगारीका लागि रोस्टरमा रहेका ‘कोरिया रिटर्नी’हरूले आफूहरूलाई कोरिया नपठाए इपिएस भाषा परीक्षा रोक्ने चेतावनी दिएसँगै कोरिया सरकारले यस्तो चेतावनी दिएको हो ।

ह्युमन रिसोर्स डिपार्टमेन्ट कोरिया (एचआरडिके) अन्तर्गत इपिएस सेन्टर नेपालका प्रमुख किम उन दकले एक विज्ञप्ति जारी गर्दै इपिएस लागू गरेका सबै १६ वटै मुलुकका लागि एउटै नियम रहेको भन्दै नेपालका लागिमात्रै विशेष व्यवस्था हुन नसक्ने उल्लेख गरेका छन् । उनले रिटर्नीहरूको विरोधका कारण परीक्षा र कोरिया प्रवेशमा असर परे परीक्षा तयारी गर्दै गरेका धेरै युवाले अवसर गुमाउने चेतावनी दिएका छन् ।

कोरियाली रोजगारदाताले पारिश्रमिक दिने भएकोले विदेशी श्रमिक छनोट गर्दा उनीहरुको राय सबैभन्दा महŒवपूर्ण हुने भन्दै जबरजस्ती रिटर्नीहरुलाई छनोट गर्न लगाउन नसकिने किमले प्रस्ट पारेका छन् । ‘रोस्टरमा भएका श्रमिकहरु नसकुञ्जेल परीक्षा स्थगित गराएर सायद केही रिटर्नीहरु कोरिया जान पाए पनि रोजगारदाताले चाहेको श्रमिक रोस्टरमा नभए अरु राष्ट्रबाट श्रमिक छनोट गर्न सक्छन् भन्ने विषयलाई ध्यानमा राख्नुपर्छ,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

Hardik health

रिटर्नीहरुले दाबी गरेजस्तो सत्यता नभएका विषयहरु धेरै रहेको भन्दै उनले मार्चमा रिटर्नीहरुको प्रतिनिधिहरुलाई भेट्दा रिटर्नीहरुलाई रोस्टरमा नराखेको, रोजगारस्थलमा सिफारिस नगरेको दाबी गरे पनि यसको सत्यतथ्य जाँच गर्दा गत वर्ष उत्तीर्ण भएकाहरु सबै रोस्टरमा चढिसकेको र रिटर्नीको सिफारिस दर लगभग २७ प्रतिशत जति रहेको पाइएको उल्लेख गरेका छन् । ‘रोजगारदातालाई आवश्यक संख्याभन्दा तीन गुणा बढी सिफारिस गरिने भएकोले रिटर्नीभन्दा नयाँ श्रमिकहरुलाई काममा लिन रुचाइएकोले साँच्चैको रोजगारी पाएका रिटर्नीको संख्या निकै कम देखिएको छ,’ किमले भनेका छन् ।

रिटर्नीहरुको तुलनामा नयाँ परीक्षा उत्तीर्ण भएकाहरुको रोजगारी दर नेपालमा मात्र नभई १६ वटै राष्ट्रमा साझा रूपमै न्यून रहेको किमले जनाएका छन् ।हाल नेपालमा परीक्षा पारदर्शी हुनुका साथै कोरियामा जाने नेपाली श्रमिकको संख्या ठूलो भएकाले १६ राष्ट्रमध्ये उत्कृष्ट उदाहरण बनेको किमको भनाइ छ । सन् २०२३ जुलाई १९ सम्म १४ हजार ३५९ जना नेपाली श्रमिक कोरिया प्रवेश गरिसकेको जनाउँदै जसमा नयाँ १० हजार ११४ जना र चार हजार २४५ जना प्रतिबद्ध श्रमिक रहेको बताइएको छ । 

सन् २०२२ मा १४ हजार ४९५ जना नेपाली कोरिया प्रवेश गरेका उल्लेख गर्दै इपिएस प्रणाली लागू भएका मुलुकमध्ये कोरिया प्रवेश गर्ने सबैभन्दा बढी नेपाली श्रमिक रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । सन् २०२३ मा इपिएस लागू गरिएका सबै मुलुकबाट एक लाख १० हजार श्रमिक भित्र्याउने कोरियाको योजना छ । किमले पछिल्लो समयमा इपिएससम्बन्धी सत्य तथ्यभन्दा फरक विषयवस्तुहरु आएकोले त्यसको यथार्थ जानकारी दिन पनि विज्ञप्ति जारी गर्नुपरेको उल्लेख गरेका छन् ।


प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०६:४४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP