Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जिटको लाइसेन्स नवीकरण गर्न विभागको आग्रह 
जिटको लाइसेन्स नवीकरण गर्न विभागको आग्रह 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ७, २०८०

काठमाडौं - वैदेशिक रोजगार विभागले जापानमा प्रशिक्षार्थी श्रमिक पठाइरहेका इजाजतपत्र प्राप्त संस्था (म्यानपावर)लाई जिटको अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न आग्रह गरेको छ । जापान इन्टरनेसनल ट्रेनिङ एण्ड को–अपरेसन अर्गनाइजेसन (जिटको) अन्तर्गत जापानमा प्रशिक्षार्थी श्रमिक पठाउने म्यानपावरलाई विभागले नवीकरण गर्न आवेदन आह्वान गरेको हो ।

विभागले बिहीबार एक सूचना जारी गर्दै यही साउन १५ गतेभित्र जिटको लाइसेन्स नवीकरणका लागि आवेदन दिन सक्ने जनाएको छ । गत आर्थिक वर्ष प्रशिक्षार्थी कामदार पाठाउन इजाजतपत्र पाएका म्यानपावर कम्पनीको मात्र जिटको लाइसेन्स नवीकरण हुने विभागले उल्लेख गरेको । वैदेशिक रोजगार ऐन तथा नियमावली २०६४ र नेपाली प्राविधिक प्रशिक्षार्थी जापान पठाउनेसम्बन्धी निर्देशिका, २०६६ बमोजिम तोकिएको शुल्क र कागजातसहित आवेदन दिन सकिने विभागले जनाएको छ ।

नवीकरणका लागि म्यानपावर कम्पनीहरुले निवेदनसहित नवीकरण दस्तुरबापत १० हजार रुपैयाँ बुझाएको सक्कलै रसिद, अघिल्लो नवीकरण मिति खुलेको सूचीकृत प्रमाणपत्रको प्रतिलिपि, जिटकोमार्फत गत आर्थिक वर्ष २०७९÷८० मा कामदार पठाएको विवरण, कम्पनी रजिष्ट्रारको कार्यालयमा गत आर्थिक वर्षसम्म अध्यावधिक भएको कागजात र कर चुक्ता प्रमाणपत्र तथा इजाजतपत्रको प्रतिलिपि पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । तर, यसअघि सूचीकृत भई नवीकरण वहाल रहेका इजाजतपत्र प्राप्त संस्थाहरुले पुनः सूचीकृत हुनु नपर्ने विभागले उल्लेख गरेको छ ।

Hardik health

यसअघि विभागले जापानमा प्रशिक्षार्थी कामदार पठाउन इच्छुक इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरुलाई गत वैशाखमा जिटकोमा सूचीकृत हुन सूचित गरेको थियो । सुरुआती चरणमा २५० भन्दा बढी म्यानपावर कम्पनी जिटकोमा सूचीकृत भए पनि पछिल्लो समय नवीकरण गर्नेको संख्या घट्दै गइरहेको छ । जापानमा प्राविधिक प्रशिक्षार्थी श्रमिक पठाउन सूचीकृत हुँदै आए पनि सरकारकै नीतिगत कमजोरीका कारण कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै नवीकरणका लागि आह्वान गर्नुले खासै उत्साहित हुनु नपर्ने एक व्यवसायीको भनाइ छ । 

‘जिटकोमा सूचीकृत हुनेले पनि जापानमा प्रशिक्षार्थी श्रमिक पठाउन पाएका छैनन्,’ ती व्यवसायी भन्छन्, ‘श्रमिक पठाउन नपाएपछि यसको अर्थ छैन, थुप्रै व्यवसायीहरुले लाइसेन्स नवीकरण गराउन छोड्दै गएका छन् ।’ सरकार आफैंले जिटुजी सम्झौता गरेको चार÷पाँच वर्ष वितिसक्दासमेत श्रमिक पठाउन नसकेको भन्दै उनले जिटको लाइसेन्स नवीकरणको खासै अर्थ नभएको बताए ।

जिटकोअन्तर्गत जापान जाने प्रशिक्षार्थी श्रमिकको उमेर ४० वर्ष ननाघेको हुनुपर्नेछ भने औद्योगिक प्रतिष्ठान, उद्योग व्यवसाय, कलकारखाना, कृषि, सहकारी सामुदायिक संघसंस्था, होटेल, पर्यटन व्यवसायलगायतका सेवा तथा वस्तु उत्पादनका क्षेत्रमा काम गरेको न्यूनतम दुई वर्षको अनुभव हुनुपर्ने विभागले जनाएको छ । प्रशिक्षार्थी श्रमिक पठाउन स्वीकृति प्राप्त संस्थाहरुले अधिकतम ५० हजार रुपैयाँसम्म प्रवद्र्धन शुल्क लिन पाउने प्रावधान रहेको छ ।

 


प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP