Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युएईस्थित नेपाली दूतावासको कार्यसम्पादन
युएईस्थित नेपाली दूतावासको कार्यसम्पादन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ३, २०८०

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली  राजदूतावासले असार महिनाको कार्यसम्पादन विवरण सार्वजनिक गरेको छ । दूतावासले २०८० असार महिनामा सम्पादन भएका प्रमुख सेवाहरुको तथ्यांकीय विवरण सार्वजनिक गरेको हो । 

नेपालीहरुको प्रमुख श्रम गन्तव्यहरुमध्ये एक युएईमा रहेको नेपाली दूतावासले आफूले गरेका प्रमुख कार्यसम्पदानको विवरण महिनैपिच्छे सार्वजनिक गर्दै आइरहेको छ । दूतावासले नेपालीहरुको समस्या समाधान तथा सहजीकरणमा गरेको कार्यसम्पादन तथा प्रगति विवरणमा असारमा तीन हजार ६०५ पासपोर्ट नवीकरणका लागि संकलन भएको उल्लेख गरिएको छ । साथै, तीन हजार २६६ वटा पासपोर्ट नवीकरणपश्चात् वितरण गरिएको जनाएको छ । 

त्यस्तै ३६ जनालाई भिसा प्रदान गरिएको छ भने ९० जनाको ट्राभल डकुमेन्ट बनाइएको छ विवरणमा उल्लेख छ । यसैगरी १५२ जनाको कागजात प्रामाणीकरण गरिएको, संस्थागतरुपमा आएका १५८ वटा मागपत्र प्रमाणीकरण भएको, ८७ वटा समूहगत भिसा प्रमाणीकरण गरेको दूतावासले असार महिनामा विभिन्न कारणले युएईमा मृत्यु भएका नेपालीहरुको १५ वटा शव व्यवस्थापन भएको उल्लेख गरेको छ । यस्तै विभिन्न माध्यमबाट आएका ५३१ वटा गुनासा तथा उजुरीहरुको सम्बोधन गर्दै असारमा श्रमिकहरुलाई क्षतिपूर्ति र बिमाबापत लाख ५६ हजार ३८४ एइडी अर्थात् झण्डै ९१ लाख ७० हजार रुपैयाँ खर्च भएको दूतावासले विवरणमा समेटेको छ । 

Hardik health

‘राहदानी वितरणमा कुनै शुल्क लाग्दैन’
यस्तै साउदी अरेबियाको रियादस्थित नेपाली राजदूतावासले नवीकरणपश्चात सम्बन्धित व्यक्तिलाई राहदानी वितरण गर्दा कुनै शुल्क नलाग्ने बताएको छ ।

राहदानी वितरण गर्दा श्रमिकसँग कतिपय व्यक्ति र संस्थाले अनधिकृत रकम असुल्ने गरेको गुनासो आएको भन्दै दूतावासले यसमा कुनै शुल्क नलाग्ने प्रस्ट पारेको छ ।

दूतावासले राहदानी नवीकरणका लागि आवेदन दिँदा नै सम्पूर्ण राजस्व बुझाइसकेपछि कहीँ कतै पुनः शुल्क बुझाउनु नपर्ने भन्दै ठगी हुनबाट जोगिन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

राहदानी लिँदा कुनै पनि शुल्क नतिर्न अनुरोध गर्दै दूतावासले यदि कोही व्यक्ति वा संघसंस्थाले सेवाको नाममा अनधिकृतरूपमा रकम लिएमा त्यो ठगी हुने र त्यसको जबाफदेहिता स्वयं व्यक्ति वा संस्था हुने उल्लेख गरेको छ ।

राहदानी वितरणमा कुनै शुल्क नलाग्ने बताउँदै अनधिकृत रकम नतिर्न सजग गराएको दूतावासले त्यस्तो कार्यमा संलग्नलाई कारवाही गर्नेसम्बन्धमा भने कुनै प्रतिबद्धता जनाएको छैन ।
 


प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०६:४१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP