Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जापान रोजगारीमा सरकारको बेवास्ता
जापान रोजगारीमा सरकारको बेवास्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ९, २०७६
Hardik health
काठमाडौं– सरकारको लापरबाहीका कारण नेपाली कामदारका लागि जापानको रोजगारी गुम्ने खतरा देखिन थालेको छ । जापान र नेपालबीच गत ११ चैतमा भएको श्रम समझदारी (एमओसी) पश्चात नेपाली कामदारहरू सरकारी संयन्त्रमार्फत रोजगारीमा पठाउन जापान इकाइ खडा गरिए तापनि सो इकाइ नाम मात्रैको रहँदा र सरकारले आवश्यक चुस्तता नदेखाउँदा जापानको रोजगारी गुम्ने खतरा देखिन थालेको हो । जानकारहरूका अनुसार जापानमा वैदेशिक रोजगारी पठाउन नसक्नुको मुख्य समस्या सरकारको अस्पष्ट नीति रहेको देखिन्छ । समझदारी (एमओसी) पछि संयुक्त कार्यदल बैठकले यसको कार्यान्वयनको टुंगो लगाउने उल्लेख थियो । तर समझदारी भएको ११ महिना बितिसक्दा पनि बैठक बस्न सकेको छैन । यसअघि जापान र नेपालबीच जोइन्ट कमिटीको भिडियोवार्ता भने दुईपटक बसेको थियो । सो भिडियो वार्तामार्फत सामान्य जानकारी मात्रै आदानप्रदान भएको बताइन्छ । यसअघि तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले जापान रोजगारीमा डिमान्डको जिम्मा म्यानपावर कम्पनीलाई नदिने बताउँदै आएका थिए । त्यसैको परिणाम स्वरूप सरकारी संयन्त्रमार्फत नै डिमान्ड ल्याउने भन्दै जापान इकाई खडा भएको हो । सरकारले यसमा सक्रियता देखाउन जरुरी रहेको देखिन्छ । अन्यथा नेपाली युवाका लागि आकर्षक मुलुक बन्न सक्ने जापान रोजगारीको पाटो गुम्न सक्ने कतिपय सरकारी अधिकारहरूले नै बताइसकेका छन् । श्रम समझदारीको ७ महिनापछि खुलेको नर्सिङ केयरमा जाने कामदारको भाषा तथा सीप परीक्षामा समेत स्पष्टता नहुँदा अलपत्र परेको थियो । भाषा तथा सीप परीक्षा पास गरेका परीक्षार्थीहरूका लागि जापानबाट डिमान्ड कसले ल्याउने ? कुन संयन्त्रमार्फत जापान जाने ? यावत् समस्याको समाधान सरकारले गर्न नसकेमा जापानको रोजगारी गुम्ने बताइन्छ । जापानले चीन, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, थाइल्यान्ड, पेरु, लाओस, श्रीलंका, भारत, म्यानमार, मंगोलिया, उज्ज्वेकिस्तान, कम्बोडिया र बंगलादेश गरी १५ देशबाट जिटुजीको सम्झौताअन्तर्गत तालिमसँगै रोजगारी दिन प्रशिक्षार्थी कामदार लैजाँदै आएको छ । हाल नेपालबाट मात्रै नभई अन्य थुप्रै मुलुकबाट यस्तै प्रक्रियामार्फत कामदार लैजाने तयारी गरेको भए पनि सरकारको सुस्तताकै कारण जापान रोजगारी अलपत्र परेको देखिन्छ । जापान सरकार र नेपाल सरकारबीच यसअघि पनि सन् २००३ मा जापान इन्टरनेसनलको ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) मोडलमा प्रशिक्षार्थी कामदार लैजानेबारे सहमति भए तापनि नेपाली कामदार जापान पठाउन सरकार असफल भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६  ०५:५६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP