दोहा– कुवेत पुगेका २ जना नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेमा रसुवाका धनकृष्ण तामाङ र झापाका सुरेशबहादुर खत्री रहेका छन् । उनीहरू बिगत ४ वर्षदेखि इनास्को कम्पनीमा कार्यरत थिए । मृत्युको आधिकारिक कारण नखुले पनि हृदयघात भएको हुन सक्ने जनाइएको छ ।
त्यस्तै अचेत अवस्थामा उपचार गराइरहेका झापाका खत्रीको पनि उपचारको क्रममा ज्यान गएको हो । गएको ६ डिसेम्बरमा अचानक बेहोस भएपछि उनलाई उपचारका लागि स्थानीय फार्बनिर्या अस्पताल लगिएको थियो । उनको अचेत अवस्थामै मृत्यु भएको कुवेतस्थित नेपाली दूताबासले जनाएको छ । खत्री बिगत २० वर्षदेखि कुवेतमा कार्यरत रहेको जानकारी प्राप्त भएको छ ।
यता, गएको बुधवार मात्रै कुवेतमा ६ जना नेपाली युवाले ज्यान गुमाएका थिए । चिनियाँ कम्पनी सिजिजिसीमार्फत ‘साउथ अल–मुत्ता सिटी’ निर्माणमा खटिएका नेपाली कामदारहरू दुर्घटनामा परेका थिए ।
दुर्घटनामा सिराहाका गंगाराम चौधरी, पाल्पाका एकबहादुर गाहा, ताप्लेजुङका वसन्त गुरुङ, दाङका श्यामनारायण चौधरी, रोल्पाका राजु रोका मगर र नवलपरासीका पूर्णबहादुर सुनारी मगरले ज्यान गुमाएका थिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६ ०५:५२