Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #विद्यादेवी भण्डारी
  • #गाथामग_चह्रे
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारसम्बन्धी विषय स्थानीय पाठ्यक्रममा
वैदेशिक रोजगारसम्बन्धी विषय स्थानीय पाठ्यक्रममा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार १७, २०८०
bairo book
बागलुङ -   बागलुङको गलकोट नगरपालिकाले नेपालमा नै पहिलो पटक स्थानीय पाठ्यक्रममा वैदेशिक रोजगारीसम्बन्धी विषय समावेश गरेर पठनपाठन सुरु गरेको छ । चालु शैक्षिकसत्रबाट आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गरेको नगरपालिकाले कक्षा ६ को पाठ्यपुस्तकमा वैदेशिक रोजगारी र त्यसको सामाजिक प्रभावको विषय समावेश गरेको हो ।   सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकाले वैदेशिक रोजगारीका विषयमा बालबालिकालाई ज्ञान हुन आवश्यक रहेकाले पाठ्यक्रममा नै यो विषय समावेश गरेको नगर प्रमुख भरत शर्मा गैरेले बताए  ।   वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमा स्वरोजगार हुने मानसिकताको विकास गर्न र जानै परे वैदेशिक रोजगारीको विषयमा ज्ञान लिएर जाने वातावरण बनाउनका लागि पाठ्यक्रममा यो विषय समावेश गरिएको गैरेले बताए ।   “वैदेशिक रोजगारी स्वाभाविक प्रक्रिया जस्तो भइसक्यो, कम्तीमा यसको विषयमा बुझेर जाउन, सीप सिकेर जाउन भन्ने हो”, उनले भने, “वैदेशिक रोजगारीसम्बन्धी सचेतनाका लागि यो प्रयास थालिएको हो ।”   वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यक्रम अधिकृत शिव रेग्मीले वैदेशिक रोजगारीका विषयमा पढाउने देशभरका सात सय ५३ स्थानीय तहमध्ये गलकोट पहिलो स्थानीय तह भएको बताए  । सुरक्षित आप्रवासनका लागि पाठ्यक्रमले धेरै सहयोग गर्ने उनको बुझाइ छ ।   “हामीले पनि धेरै सहयोग गरेर पाठ्यक्रम तयार भएको छ, कक्षा ६ मा पढाइ हुनु खुसीको कुरा हो”, रेग्मीले भने , “यो पढाइ व्यावहारिक हुनेछ, अन्य स्थानीय तहले पनि लागू गर्दा राम्रो हुन्छ ।” वैदेशिक रोजगारीमा गएका र जान खोज्ने ठगिने गरेकाले यो पाठ्यक्रमले त्यसलाई रोक्ने उनको बुझाइ छ ।   विदेश जान चाहने तथा विदेशमा पुगेर पनि ठगिएका नेपालीले उपचार खोज्ने र न्याय पाउने अवस्था चुनौतीपूर्ण छ । यस्तो बेला सचेतनाको अभाव हुने गरेको उनले बताए  । बागलुङको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाले पनि वैदेशिक रोजगारीको विषय पाठ्यक्रममा समावेश गर्ने चरणमा रहेको उहाँले जानकारी दिए  । “हामीले सुझाव दिएका छौँ, उहाँहरु सकारात्मक हुनुहुन्छ”, उनले भने, “यो सबैका लागि जरुरी विषय पनि हो ।” बागलुङका नगर उपप्रमुख राजु खड्काले वैदेशिक रोजगारीका विषयमा बालबालिकादेखि वयस्कसम्म सबैमा सचेतना पु¥याउन आवश्यक रहेको बताए  । उनले देशमा नै रोजगारी पर्याप्त नभएर विदेश जानुपर्दा सीप, ज्ञान सिकेर जाने युवाले काम पनि राम्रो पाउने तथा कमाइ पनि राम्रो हुने र सुरक्षित पनि भइने बताए  ।   बागलुङको बागलुङ, जैमिनी र गलकोट नगरपालिका तथा काठेखोला गाउँपालिकाले आप्रवासी पाश्र्वचित्र तयार गरेका छन् । यसबाट आप्रवासन प्रक्रियालाई सुरक्षित बनाउन सकिने सरोकारवाला बताउँछन् । वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनका लागि विभिन्न तरिकाले स्थानीय तहहरुले काम अघि बढाएको सुरक्षित आप्रवासन कार्यक्रम बागलुङका संयोजक मिनप्रसाद पौडेलले बताए ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी सोमबार, साउन १२, २०८२
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’ सोमबार, साउन १२, २०८२
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार सोमबार, साउन १२, २०८२
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश 
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश  सोमबार, साउन १२, २०८२
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत आइतबार, साउन ११, २०८२
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ शुक्रबार, साउन ९, २०८२
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत शुक्रबार, साउन ९, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP