Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘कोरिया रिटर्नी’को समस्या हल गर्न पत्राचार
‘कोरिया रिटर्नी’को समस्या हल गर्न पत्राचार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १२, २०८०
Rajdoot-bhet
Hardik health
काठमाडौं -  ‘कोरिया रिटर्नी’ (कोरियाबाट फर्किएका)हरुको समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल थालेको छ । कोरिया जाने रोस्टरमा रहेका रिटर्नीहरुको समस्या समाधानमा सरकारले नै कूटनीतिक पहल गर्नुपर्ने भन्दै रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गरेको छ । इपिएस भाषा परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै कोरिया रिटर्नीहरुले ग्वार्कोस्थित इपिएस शाखाको कार्यालयमा आइतबार धर्ना दिएका थिए ।   कोरिया रिटर्नीहरुको समस्या र उनीहरुले उठाएको माग सम्बोधन कूटनीतिक रुपमामात्रै समाधान गर्न सकिने हुँदा मन्त्रालयलाई पत्राचार गरिएको इपिएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले बताए । ‘कोरिया रिटर्नीहरुको समस्या हाम्रो तहबाट समाधान गर्न सक्ने विषय नै होइन,’ उनले भने, ‘यसका लागि श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्नुपर्छ भनेरै पत्राचार गरिसकेका छौं ।’   भाषा परीक्षा पास गरी लामो समयदेखि कोरिया जाने प्रतीक्षामा रहेका रिटर्नीहरुले छनोटमा नपरेपछि धर्ना तथा प्रदर्शन गरेका हुन् । शाखाले आन्दोलनमा उत्रिएका रिटर्नीहरुलाई प्रदर्शन नगर्न आग्रह गर्दै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको थियो । सोहीअनुरुप मन्त्रालयलाई पत्राचार गर्नेदेखि लिएर रोस्टरमा नामावली थप्न हाललाई कुनै पनि परीक्षा सञ्चालन नगर्ने निर्णय भएको निर्देशक कटुवालले बताए ।   कूटनीतिक पहलका बाबजुत पनि रोस्टरमा रहेका कामदार लैजाने वा नलैजाने भन्ने विषय रोजगारदाताको निर्णयमा भरपर्ने उनको भनाइ छ । उनका अनुसार एकैपटक भाषा परीक्षा पास गरेका नयाँ कामदार कोरिया गइरहँदा पुरानाहरुलाई रोजगारदाताले प्रथमिकतामा नराखेका कारण रोस्टरमा रहेर पनि जान पाएका छैनन् ।   ‘रोजगारदाताले पुरानालाई भन्दा नयाँलाई बढी प्राथमिकता दिएको देखिन्छ,’ उनले भने । इपिएस परीक्षा पास गरेका सबै कोरिया जाने ग्यारेण्टी नभए पनि ठूलो संख्यामा रिटर्नीहरु छनोटमा नपर्नुले समस्या देखिएको भन्दै कटुवालले एचआरडी कोरियालाई पनि रोजगारदातासँग समन्वय गरिदिन आफ्नो तहबाट आग्रह गरिएको बताए ।   यद्यपि, समस्या समाधानका लागि रोस्टरमा रहेका कामदारलाई पठाइसकेपछि मात्र नयाँ रोस्टर तयार गर्नुपर्ने, नयाँ र पुरानोको फाइल सँगै अघि बढाउनुपर्ने, रिटर्नीहरुलाई पुरानै कम्पनीले छनोट नगरे नयाँ रोजगारदातासमक्ष फाइल पेस गर्नुपर्ने, रिटर्नीहरूको समस्या समाधान नगरी कुनै पनि किसिमको भाषा परीक्षा सञ्चालन नगर्न उनीहरुको माग छ ।  
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ०८:१९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP