Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • छोरा २४ वर्षपछि घर फर्किंदा...
छोरा २४ वर्षपछि घर फर्किंदा...
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार ६, २०८०
bairo
Hardik health
२०५६ माघमा घर छोडेर गएका चन्द्रदत्त रेग्मी घर फर्किएका छन् । रोजगारीका लागि बेलायत गएका रेग्मीलाई अलपत्र अवस्थामा काठमाडौंबाट उद्धार गरी ल्याइएको हो । बेलायत गएको तीन वर्षपछि परिवारको सम्पर्कमा आउन नसकेका चन्द्रदत्त २४ वर्षपछि घरमा आउँदा परिवारमा खुसियाली छाएको छ ।
गलकोट-  बागलुङको बलेवाका ८७ वर्षीया आमा चिरिञ्जीवी रेग्मीले २४ वर्षपछि कान्छो छोरा आउँछ भन्ने आश मारिसकेकी थिइन् । तर, छोरा घर फर्केपछि उनले हर्षका आँसु झारिन् ।   ‘मैले त कान्छो छोराको आश मारिसकेको थिए, विदेश गएको केही वर्ष त सम्पर्कमा थियो, त्यसपछि अत्तोपत्तो भएन,’ आमा रेग्मीले भावविह्वल हुँदै भनिन्, ‘छोरा २४ वर्षपछि घर फर्कंदा बुढेसकालको सहारा हुने भएको छ ।’   वि.सं. २०५६ माघमा घर छोडेर गएका चन्द्रदत्त रेग्मी घर फर्किएका छन् । रोजगारीका लागि बेलायत गएका रेग्मीलाई अलपत्र अवस्थामा काठमाडौंबाट उद्धार गरी ल्याइएको हो । बेलायत गएको तीन वर्षपछि परिवारको सम्पर्कमा आउन नसकेका चन्द्रदत्त २४ वर्षपछि घरमा आउँदा परिवारमा खुसियाली छाएको छ ।   बागलुङ नगरपालिका–१३ पैयुँपाटा जलजलाका ४९ वर्षीय चन्द्रदत्त बेलायतमा धनसम्पत्ति जोडेर नेपाल आउन चाहे पनि बेलायतमा स्थायी बसोबासका लागि अनुमति (पिआर) नपाएपछि उनी परिवारको सम्पर्कमा नआएका हुन् । चन्द्रदत्त घर फर्किएसँगै ८७ वर्षीया आमा चिरिञ्जीवी रेग्मीको खुसीको सीमा रहेन । घरको कान्छो छोरा बुढेसकालको सहारा सम्पर्कमा आउँदा चिरिञ्जीवीको आँखामा हर्षका आँसु बर्सिएका छन् ।   बेलायतमा पिआर नबनेपछि २०६८ सालमा नेपाल फर्किएका चन्द्रदत्त घर नफर्केर पुनः कामका लागि विभिन्न जिल्लामा भौतारिएका थिए । बेलायतमा पिआर नबनेपछि २०६८ सालमा नै रेग्मी नेपाल आएको भए पनि धन कमाउन नसकेको भन्दै विभिन्न जिल्लामा काम गरेर बसेको पाइएको र २४ वर्षपछि मात्रै सम्पर्कमा आएको बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए ।   ‘विदेशमा हुँदा सानो दुर्घटनामा पर्नुभएछ, त्यहाँ कार्ड बनेन कमाई पनि हुन नसकेपछि नेपालमै भए पनि थोरै धेरै कमाएर घर लैजान्छु भन्ने सोचपछि काठमाडौंसँगै हेटौंडा, सल्यान, प्यूठानलगायतका विभिन्न ठाउँमा काम गर्दै आउनुभएको रैछ,’ वडाध्यक्ष पौडेलले भने, ‘काठमाडौं अलपत्र अवस्थामा घुमिरहेको बेला हेटौंडाको थाहा नगरपालिका–१ का जनप्रतिनिधि सरोज प्रधानले भेटेर उहाँलाई परिवारको सम्पर्कमा ल्याइएको हो ।’   चन्द्रदत्तका दाजु लेखनाथ शर्माले सरोजलाई चन्द्रदत्तले आफ्नो जन्मघरको ठेगाना बताएपछि उनले बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष पौडेललाई फोन सम्पर्क गरेका थिए । वडाध्यक्ष पौडेलले गाउँमा सोधखोज गर्दा चन्द्रदत्तले भनेअनुसारको सबै कुरा मिलेपछि उनलाई थप उद्धार गरी परिवारले काठमाडौंबाट घरमा ल्याएका हुन् ।   ‘हाम्रो परिवारलाई भाइ जिउँदो छ भन्ने झिनो आशामात्रै थियो तर अहिले घर फर्कंदा खुसी लागेको छ,’ दाजु लेखनाथ शर्माले भने, ‘धेरै ठाउँमा भाइको विषयमा सोधखोज गरेका थियौं, तर कुनै अत्तोपत्तो भएन, आशा नै मारेर बसेका थियौं, आफूले बिदाइ गरेर विदेश पठाएको भाइ नफर्किंदा यही कुराले पिरोलेको थियो, भाइ फर्किएर आयो हाम्रो परिवारमा ठूलो खुसी छाएको छ ।’   कानुन विषयमा स्नातक तह पढेका चन्द्रदत्त बेलायत जानुअगाडि लामो समय काठमाडौंमै कानुन व्यवसायीको फर्ममा काम गरेका थिए । परिवारमा चार भाइका कान्छा छोरा चन्द्रदत्त गाउँ फर्किएपछि गाउँलेहरुले नै खुसी साटेका छन् ।  
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP