काठमाडौं - साउदी अरेबियाले विभिन्न समस्या झेलिरहेका थप ६५ जना नेपाली कामदारलाई ‘एक्जिट भिसा’ (वहिर्गमन) दिएको छ । साउदीको अध्यागमन कार्यालय (जवाजत)को नयाँ नियमअनुसार हुरुब (कम्पनी छोडेर भागेका) लागेका र इकामा (बस्ने अनुमति) सकिएका वा नपाएका ६५ जनालाई उक्त भिसा दिएको हो ।
एक्जिट भिसा प्राप्त गरेका व्यक्तिहरुले जतिसक्दो चाँडो साउदी छोड्नुपर्ने रियादस्थित नेपाली राजदूतावासले जनाएको छ । यसरी एक्जिट भिसा प्राप्त हुने कामदारहरुमा इकामा नभएका २१ जना छन् भने हुरुब लागेका ४४ जना रहेका छन् ।
यसरी हुरुब लागेका र इकामा नभएका नेपालीहरुलाई यथाशिघ्र साउदी छोड्न जानकारी दिंदै समयमै एक्जिट भिसाको म्याद हेर्न पनि दूतावासले आग्रह गरेको छ । एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुने र यसबापत एक हलाला पनि कहिं कतै बुझाउनु नपर्ने दूतावासले उल्लेख गरेको छ ।
तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।दूतावासले इकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेका वा साउदी आएको तीन महिनाभन्दा बढी समयसम्म पनि इकामा प्राप्त नगरेका वा हुरूब लागेका व्यक्तिको मात्र एक्जिट भिसा प्रोसेसिङ गरिदिने प्रस्ट पारेको छ ।
त्यसैगरी, कुनै केस वा जरिवाना छ भने त्यसको छिनोफानो नभएसम्म एक्जिट भिसा नलाग्ने र भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८० ०८:१७