Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #विद्यादेवी भण्डारी
  • #रकम ठगी
  • #गाथामग_चह्रे
  • #कृषि
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • भारत हुँदै तेस्रो मुलुक जान ‘एनओसी’ अनिवार्य
भारत हुँदै तेस्रो मुलुक जान ‘एनओसी’ अनिवार्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २४, २०८०
NOC
काठमाडौं - सरकारले भारत हुँदै तेस्रो मुलुकको यात्रा गर्ने नेपाली नागरिकलाई अनिवार्य ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)’ लिनुपर्ने व्यवस्था गरेको छ । विशेषगरी वैदेशिक रोजगारीमा जाने नेपालीहरुले भारतीय अध्यागमन पार गर्न भारतस्थित नेपाली दूतावासबाट एनओसी लिनुपर्ने व्यवस्था गरेको हो । नेपाली दूतावासले एक सूचना जारी गर्दै वैदेशिक रोजगारीका लागि भारत हुँदै साउदी अरब, कतार, कुवेत, ओमान, युएई, बहराइन, इराक, लिबिया र लेबनान गरी नौ वटा मुलुकमा जाने नेपालीले एनओसी लिनुपर्ने जनाएको छ । दूतावासले ती देशमा यात्रा गर्नुपर्ने मनासिव कारण र औचित्य पुष्टि भएमा एनओसी जारी गर्ने उल्लेख गरेको छ । एनओसी लिनका लागि भारत हुँदै तेस्रो मुलुक जानुपर्ने मनासिव कारणसहित सम्बन्धित व्यक्तिको हस्ताक्षरसहितको निवेदन, यात्रा गर्ने व्यक्तिको राहदानी र सोको प्रतिलिपि, गन्तव्य देशको भिसा र हवाई टिकटको प्रतिलिपि, वैदेशिक रोजगार विभाग वा अन्तर्गतबाट जारी श्रम स्वीकृतिको प्रतिलिपि बुझाउनुपर्नेछ । त्यस्तै यसअघि भारतबाहेक तेस्रो मुलुक भ्रमण गरेको भएमा यात्रा अभिलेख (भिसा, आगमन, प्रस्थान आदि) को प्रतिलिपि र अध्ययन, व्यवसायको सिलसिलामा भारतमा रहेका नेपाली नागरिकको हकमा सो सम्बन्धित परिचयपत्र वा कागजात पेस गर्नुपर्नेछ भने एक हजार भारतीय रुपैयाँ शुल्क लाग्ने जनाइएको छ । दूतावासले नेपालको एयरपोर्टबाट यात्रा गरी भारतमा ट्राञ्जिट भएका र अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया र युरोपेली मुलुकका भिसा तथा वसोवासका अनुमति लिएका नेपालीहरुलाई भने एनओसी आवश्यक नपर्ने प्रस्ट पारेको छ । गैरकानुनी धन्दामा सक्रिय गिरोहले वैदेशिक रोजगारीमा आकर्षक आम्दानीको प्रलोभन देखाई नेपाली युवालाई भारत हुँदै तेस्रो मुलुकमा पठाउने क्रम बढेको भन्दै यसको नियन्त्रणका लागि एनओसी जारी गर्नुपर्ने अवस्था आएको दूतावासले जनाएको छ । गिरोहले विशेषगरी महिलाहरुलाई घरेलु कामदारको रुपमा उल्लिखित मुलुकमा पठाउन भारतको विमानस्थल प्रयोग गर्ने गरेको विभिन्न अध्ययनले देखाएको छ । त्यस्ता महिलालाई विभिन्न समयमा भारतबाट दूतावासको पहलमा उद्धारसमेत गरिँदै आएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार सोमबार, साउन १२, २०८२
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश 
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश  सोमबार, साउन १२, २०८२
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत आइतबार, साउन ११, २०८२
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ शुक्रबार, साउन ९, २०८२
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत शुक्रबार, साउन ९, २०८२
भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइयाे
भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइयाे शुक्रबार, साउन ९, २०८२
सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा जाने १८ लाख नजिक 
सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा जाने १८ लाख नजिक  बिहीबार, साउन ८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP