Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • दाइजोविरुद्ध जनचेतना आवश्यक
दाइजोविरुद्ध जनचेतना आवश्यक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १, २०७६
Hardik health
दाइजो भन्नेबित्तिकै ज्यानमाराका रूपमा लिइन्छ । पहाडी भेगमा दाइजोको उत्तिसारो बिगबिगी नभए पनि तराई क्षेत्रमा भने यस्ले जरो गाडेर बसेको छ । तराईमा संस्कारका रूपमा जरो गाडेको दाइजोले हज्जारौँ चेलीहरूले ज्यान गुमाएका छन् । हुने खानेहरूका कारण पछिल्लो समयमा यसले विकराल रूप लिँदै आएको छ । गरिबहरूका लागि दाइजो प्रथाले छोरीको विवाह गर्न सक्ने अवस्थामा देखिएको छैन । दाइजो दिनुपर्ने पक्षहरू चिन्तामा डुबेका छन् भने लिने समूह खुसीले गद्गद हुने गरेका छन् । दाइजो नपाएको खण्डमा बुहारीको हत्यासमेत गर्ने चलनले पनि तराईमा संस्कारकै रूप लिइसकेको छ । दाइजो दिनु नसक्नेका लागि विवाह नै काल बनेर बसेको छ । दाइजो भन्ने चिज स्वस्फूर्त खुसीले दिइनु पर्नेमा अहिले दाइजो नदिए विवाह नगर्ने, बुहारीलाई हेला गर्ने चलनका कारण तराइका चेलीहरूका लागि जीवन नै काल बनिरहेको छ । कानुनकै कुरा गर्ने हो भने दाइजोलाई नेपालमा अवैध मानिन्छ । दाइजो लिने र दिने दुवैलाई कानुनले कैद सजाय हुने व्यवस्था गरेको छ । तर, तराईमा भने दाइजो प्रथा हटाउन सरकारले जनचेतनाका कार्यक्रम लैजान सकेको छैन । तराईका नेताहरूले पनि चुनाव अघिसम्म दाइजो प्रथा उन्मूलन गर्ने भने पनि चुनावपछि उनीहरूको मुद्दा सेलाउने गरेको छ । किनकि उनीहरू निर्वाचित भएपछि आफ्ना छोरीको विवाहमा धेरै दाइजो दिएर समाजमा वाहवाही कमाउन चाहन्छन् । छोराको विवाह गर्दा पनि धेरै दाइजो लिएर वाहवाही कमाउन चाहने स्वार्थका कारण उनीहरू दाइजो प्रथालाई उन्मूलन गर्न चाहँदैनन् । राज्य बलियो नबन्दा धनीमानीहरूको इच्छामा कानुन लागू भइरहेको छ । दाइजो दिन र लिनु अर्कै कुरा होला तर दाइजो नपाएकै निहुँमा बुहारीको हत्या गर्नु भने निन्दनीय हो । दाइजो नाममा झैझगडा गर्नेलाई पनि कडाभन्दा कडा कारबाही गर्ने गरी राज्य अघि नबढ्ने हो भने तराईका छोरीहरू दाइजोको नाममा बलिको बोका हुने दिन झन् बढ्ने देखिन्छ । दाइजो प्रथा आफैँमा अस्विकार्य कुरा हो तर धनीमानीहरूको सिको गर्दा गरिबहरूले तराईमा नारकीय जीवन बिताउनु परेको छ, खासगरी गरिब चेलीहरूका लागि गरिबको कोखमा जन्म लिनु दुर्भाग्यका रूपमा लिइन्छ । यत्तिको नारकीय अवस्था आइपरेको भए पनि सरकारले कानुन लागू गराउन सकेको छैन । दाइजो प्रथाले उग्र रूप लिएपछि प्रदेश नं २ बाट सुरु भएको दहेजविरुद्धको अभियानले पनि खासै गति लिन सकेन । दाइजो बन्द गर्नेभन्दा लिने मानिसको संख्या बढ्दै गएपछि यो अभियान बीचैमा टुंगिएको छ । छोरीलाई दाइजो दिनेलाई पनि सरकारी सेवाबाट वञ्चित गराउने कानुन नबनाएसम्म दाइजो प्रथा टुंगिने छैन । लुकिलुकी लिने दहेजका समर्थकलाई सामाजिक बहिष्कार गर्न सक्यो भने यो समस्यालाई नियन्त्रणमा लिन सकिन्छ तर यसका लागि सरकारले इच्छाशक्ति देखाउनुपर्छ । यस्तो प्रथा अन्त्य गर्न राज्यले गुप्तचरहरूलाई खटाएर भए पनि कारबाही गर्ने हो भने तराईका चेलीहरू दाइजोका नाममा नारकीय जीवनबाट मुक्त हुनेछन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  ०९:०१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP