Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • एमसिसी अनुमोदन गलत
एमसिसी अनुमोदन गलत
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २९, २०७६
Hardik health
जे भनिए पनि एमसिसी कुनै पनि मूल्य र मान्यतामा गलत छ । हुन त यसलाई अनुदान भनी प्रचार गरिएको छ । चाहे अनुदान होस् या ऋण, विदेशी सहायतालाई स्विकार्ने संस्कार अब बन्द गरिनुपर्छ । एमसिसी नेपालले स्वीकृत गरे पनि यसको प्रत्यक्ष फाइदा सोही अमेरिका, सरकार र सरकारमा बस्नेको आसेपासेहरूले लिने छन् । गरिब जनताको घर दैलोसम्म नपुग्ने सहयोग नेपालले स्वीकार गर्नु गलत हुनेछ । नेपालको विकास गर्न नेपाली जनताले तिरेको कर नै काफी छ । तर, कर्मचारी र सरकार इमानदार हुनुपर्याे । प्रधानमन्त्रीले झन्डै सयजना आसेपासे लिएर हिँड्ने, मन्त्रीले पचासौँ जनालाई लिएर हिँड्ने, पैदल जान सकिने स्थानमा गाडी र गाडीमा जान सकिने स्थानमा हेलिकोप्टर प्रयोग भइरहेको छ । यो सबै खर्च राज्यले बेहोर्नु परेको छ । जनताले तिरेको करलाई सरकार, नेता र कर्मचारीको मोजमस्ती र अनियमिततमा खर्च गर्ने अनि विकासका नाममा भने दातृ निकायको मुख ताक्नुपर्ने ? हुन त एमसिसी परियोजनामा आएको रकम फिर्ता गर्नुपर्दैन भनिएको छ । तर, जस्को खायो, उसको जयजयकार त गर्नैपर्छ होला । यो त प्राकृतिक नियम नै हो । अमेरिकाले सित्तैमा नेपालमा लगानी गरेको छैन । उसको कुनै पनि स्वार्थ हुन सक्छ । त्यसमाथि यो परियोजनामार्फत पैसा भित्रिनका लागि भारतले स्वीकृत दिनैपर्छ । नेपालमा आउने सहयोगका लागि भारतको खाँचे किन ? यो परियोजना अनुदान भएकाले मात्र होइन, अब सरकारले सहायता लिने काम बन्द गर्नुपर्छ । जनताले तिरेको करबाट नै मुलुकको विकास विस्तारै गर्न सकिन्छ । पैसा आउने आसामा दातृ निकायले दिएको अनुदान स्वीकार गर्ने प्रवृत्ति नेपालले त्याग्नुपर्छ । आफूले संकलन गरेको राजस्वले मुलुकको विकास हुन्छ नै । आफूले संकलन गरेको राजस्वले पुग्दैन भने अरु मुलुकबाट मागेर ल्याएको सहायताले विकास गर्नु परनिर्भताभन्दा अरु केही होइन । नेपालीको स्वभिमानका लागि पनि नेपालले सहयोग अस्विकार गरेर आफ्नो इज्जत राख्न सक्नुपथ्र्यो । मागेर मुलुक सञ्चालन गर्ने होइन । अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोदन नगरेर मेरो नेपाल म आफैँ बनाउँछु भनेर भन्न सक्नुपर्छ । अरुको मागेको जदौरीले आङ टाल्नु कुनै सान होइन । यो त झन् गरिबपन हो । अमेरिकाले आफ्नो रणनीतिक उद्देश्य पूरा गर्न एमसिसी अनुमोदनका लागि दबाब दिइरहेको छ । यस्तो बेला एमसिसी अनुमोदन गर्नु भनेको मुलुकले आफ्नोपन हराउनु वा गुमाउनु हो । राष्ट्रियताको सवालमा नेताहरू अत्यन्तै कमजोर देखिँदै आएका छन् । केही पैसा आउँछ भन्ने सुन्नेबित्तिकै सबै इमान र जमान बिर्सनेहरू मुलुक सञ्चलनको तहमा पुग्दा यस्तो भएको हो । एमसिसी गलत होला नहोला, यो आफ्नो ठाउँमा छ तर एमसिसी कुनै पनि मूल्य र मान्यतामा नेपालको पक्षमा भने छैन । सत्तारुढ दलले एमसिसीबारे बुझ्न गठन गरेको कार्यदलले समयमा काम नसक्ने भएको बताइएपछि यहाँ कुनै न कुनै साजिस छ ।
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  ०८:०७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP