दोहा– प्रदेश नं १ समन्वय परिषद् कतारको संयोजन तथा परिषद्भित्रका ११ जिल्ला संस्थाहरूको आयोजनामा कतारको मिसाइदस्थित अम्बाज ग्लोबल भिलेजमा दोस्रो हिउँदे उत्सव कार्यक्रम आयोजना गर्ने भएको छ ।
गत बर्ष हिउँदे उत्सव गरेर कतारमै पहिलोपटक फरक पहिचान बनाएको प्रदेश नं १ समन्वय परिषदले यस कार्यक्रमलाइ विन्टर आउटडोर फेस्टिभल २०२० नामाकरण गरेको आयोजकले जानकारी दिएको हो ।
प्रदेश नं १ समन्वय परिषद्का ११ जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा आयोजना हुने सो कार्यक्रममा सांस्कृतिक प्रस्तुति, विविध धार्मिक तथा सांस्कृतिक झाँकी, पर्यटन प्रवद्र्धनका लागि प्राकृतिक दृश्यहरूसहितका स्टलहरू, उद्यमशिलता प्रवद्र्धन तथा जानकारीका लागि विदेशमा रहेर नेपालमा सञ्चालन भइरहेका विभिन्न कम्पनीहरूको विवरणसहितको स्टल आदि राखिने समन्वय परिषद्का अध्यक्ष चुडामणि कार्कीले जानकारी दिए ।
मौलिकता तथा मनोरंजन दिनका लागि नेपालबाट राष्ट्रिय कलाकार सृष्टी हिङमाङ र सुनिता कटुवालले मनोरञ्जन दिने कार्यक्रम छ भने साथमा स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहने अध्यक्ष कार्कीले बताए ।
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६ ०५:३१