Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेशी जेलमा नेपालीको संख्या बढ्दो
विदेशी जेलमा नेपालीको संख्या बढ्दो
आइतबार, वैशाख २४, २०८०
national human rights comission
Hardik health
काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरु जेल पर्ने क्रम बढ्दै गएकोप्रति चासो व्यक्त गरेको छ । आयोगले पछिल्लो छ–सात वर्षयता विदेशी जेलमा पर्ने नेपाली श्रमिकको संख्या निकै बढेको ‘आप्रवासी नेपाली श्रमिकहरूको मानवअधिकार अवस्था प्रतिवेदन–२०७९’ मा उल्लेख गरेको छ । आयोगले विदेशस्थित विभिन्न २७ वटा कूटनीतिक नियोगसँगको समन्वयमा तयार पारेको तथ्यांकमा विदेशी जेल वा प्रहरी हिरासतमा रहेका आप्रवासी नेपाली कामदारको संख्या उच्च रहेको देखिन्छ । सन् २०१६ मा करिब ८०० नेपाली आप्रवासी कामदार विदेशी जेलमा रहेको अनुमान गरिएकोमा २०२१ मा एक हजार ३० जना पुगेको आयोगले जनाएको छ । विदेशी जेलमा रहेका नेपाली श्रमिकहरुको संख्या सबैभन्दा बढी युनाइटेड अरब इमिरेट्स (युएई) र मलेसिया रहेका छन् । युएईमा २६० र मलेसियामा २२३ जना नेपाली श्रमिक जेलमा रहेको उल्लेख गरिएको छ । त्यस्तै कुवेत १६८, साउदीमा अरेबिया १५३ र हङकङमा ८८ जना श्रमिक जेलमा रहेका छन् । बाँकी श्रमिक अन्य मुलुकका जेलमा रहेको जनाइएको छ ।
मानवअधिकार आयोगको प्रतिवेदनमा ठूलो संख्यामा (९३ प्रतिशत) जेल परेका श्रमिकले नेपाल सरकारबाट कानुनी प्रतिरक्षा सहयोग नपाएको उल्लेख गरिएको छ । यद्यपि, नेपाली दूतावासमार्फत विदेशी जेलमा रहेका ७.२ प्रतिशत नेपालीले कानुनी प्रतिरक्षा सहयोग पाएको जनाइएको छ ।
  यसैगरी आयोगको प्रतिवेदनमा ठूलो संख्यामा (९३ प्रतिशत) जेल परेका श्रमिकले नेपाल सरकारबाट कानुनी प्रतिरक्षा सहयोग नपाएको उल्लेख गरिएको छ । यद्यपि, नेपाली दूतावासमार्फत विदेशी जेलमा रहेका ७.२ प्रतिशत नेपालीले कानुनी प्रतिरक्षा सहयोग पाएको जनाइएको छ । जसमा साउदीमा ६७, मलेसियामा ८, वेलायतमा ३, र इजरायलमा १ जना पिडितले कानुनी सहायता पाएका छन् । यस्तै आयोगले कतिपय मुद्धामा जेल परेकाहरुलाई मृत्युदण्डको सजाय हुने जनाएपनि संख्या उल्लेख गरेको छैन । तर, साउदीमा मृत्युदण्डको सजाय सुनाइएका २४ जना, मलेसियामा १४, युएईमा दुई र कतारमा एक जनाले भने पुनः जीवनदान पाएको उल्लेख छ । यता वैदेशिक रोजगार बोर्डको सचिवालयले पनि रोजगारीका लागि विदेश जाने ८०० भन्दा बढी नेपाली मलेसिया र खाडी मुलुकमा विभिन्न फौजदारी अभियोगमा जेलमा रहेको जनाएको छ । पछिल्लो समय गन्तव्य मुलुकमा रहेका दूतावासहरूले दिएको विवरणअनुसार मलेसिया र खाडीका मुलुकमा ८७१ नेपाली जेलमा रहेको बोर्डको तथ्यांकमा देखिन्छ । साउदीको जेद्दामा ५२, साउदीकै रियादमा ३४६, युएईमा १८१, कतारमा ६१, कुवेतमा ७१, बहराइनमा १३ र ओमानमा पाँच जनाले जेल जीवन बिताइरहेको बोर्ड सचिवालयको तथ्यांकमा उल्लेख गरिएको छ भने मलेसिया १४२ जना जेलमा रहेको जनाइएको छ । वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीहरु जेल पर्नु दुःखद रहेको भन्दै पछिल्लो समय प्रतिनिधिसभा बैठकमा सांसदहरुले पनि आवाज उठाउँदै आएका छन् । उनीहरुले श्रम, आप्रवासन र वैदेशिक रोजगारीमा समस्या भोगिरहेका नेपाली श्रमिकहरुको सहयोग, उद्धार र सहजीकरणका लागि सरकारले यकीन तथ्यांक संकलन एवं ठोस कदम चाल्नुपर्नेमा गम्भीर ध्यानाकर्षण गराएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १०:३३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP