Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • धरहरा पुनर्निर्माण ढिलाइ नगर
धरहरा पुनर्निर्माण ढिलाइ नगर
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २७, २०७६
Hardik health
भूकम्प गएको पाँच वर्ष पुग्न लागेको छ । तर, सरकारले अझै पुनर्निर्माणको काम पूरा गर्न सकेको छैन । सरकारले पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बनाए पनि यसमा राजनीति घुस्दा यसले आफ्नो उद्देश्य पूरा गर्न सकेन । बरु सरकारले पटक–पटक मुख्य कार्यकारी अधिकृत (सिइओ) फेर्ने काम गर्न पछाडि परेन । यहि पदमा दुई जना सिइओ फेर्ने क्रम चल्यो । जुन सरकार आयो, उसकै निकटका व्यक्तिलाई सिइओ बनाएर सरकारले भूकम्पपीडितमाथि खेलबाड गरिरह्यो । त्यसमाथि सरकारले काठमाडौंकै एक परिचय भीमसेन स्तम्भ धरहरा पनि बनाउन सकेको छैन । तत्कालीन तथा अहिलेको प्रधानमन्त्रीले बेलैमा धरहरा बनाउने भन्दै निक्कै तामझामका साथ शिलान्यास गर्ने काम गरे । तर, आज यसको चौथो बित्दासमेत धरहरा निर्माणको काम पूरा भएको छैन । अझै सरकारले नौ महिना लगाउने भनेर भनिरहेको छ । हिजोको वाचा बिर्सेर सरकारले फेरि अर्को समयसीमा घोषणा गरेको छ । यदि यस अवधिमा धरहरा बनेन भने सरकारले कुन बाहना निकाल्ला ? यहि हो, आजको प्रश्न । सरकार हरेक काममा असफल हुँदै गएको छ । आफैँले घोषणा गरेका कतिपय कामहरू पूरा नभए पनि सरकारमा कुनै लाज देखिएको छैन । बरु अरु गफ हाँकेर जनताको ध्यान अन्त मोड्ने काम गरिरहेको छ । चाइनामा नेपालीहरू मर्नु न बाँच्नु भएर जीवन कि काल ? भन्दै गाई कि त्रिशूल भन्दै बसेका छन् । तर, यता सरकार प्रमुख भने पन्ध्रौँ शताब्दीमा रोम जल्दा दरबारमा बाँसुरी बजाएर रमाउने निरो बादशाहको नक्कलमा उत्रेका छन् । चीनमा अलपत्र हुनेका अभिभावकहरूले सरकारको ध्यानाकर्षण गराउँदै गर्दा प्रधानमन्त्री भने बाँसुरी बजाउँदै रमाउनु केवल संयोग नहुन सक्छ । स्पष्ट बहुमत प्राप्त सरकारमा यत्ति ढुक्क देखिएको छ कि आफूले जे गर्दा पनि आफूविरुद्ध केही नहुने भन्दै सरकारमा अत्यन्तै मोनोपोली बढेको देखिएको छ । वास्तवमा संघीय राजधानी काठमाडौंको एक मुख्य आकर्षणमध्ये एक हो धरहरा । धर, धरहरा नहुँदा धेरैले काठमाडौं घुम्न खल्लो महसुस गर्दै आएका छन् । राष्ट्रको धरोहर अत्याधुनिक धरहरा अबको नौ महिनाभित्र मुख्य संरचना सक्ने गरी अहिले काम तीव्ररूपमा भइरहेको प्राधिकरणले जनाएको छ । देशको गौरव र पहिचानसँग जोडिएको ऐतिहासिक धरहराको मुख्य संरचना अबको नौ महिनाभित्र सम्पन्न हुनै पर्छ । अन्यथा सरकारले म असफल भएँ भनेर हात उठाउनुपर्छ । प्राधिकरणले आगामी एक वर्षभित्र आमसर्वसाधरणले २२ तले धरहराको टुप्पोबाट राजधानी काठमाडौंको मनोरम दृश्वावलोकन गर्न पाइने जनाएको छ । तर, विश्वास भने छैन । धरहरा भत्किएको पाँच वर्षमा केही गर्न नसक्ने सरकारले अबको नौ महिनाभित्र काम सक्ने भने पनि विश्वास भने गर्ने ठाउँ छैन । शिलान्यास भएको एक वर्ष पूरा हुँदा पनि धरहराको जगसमेत बसाल्न नसकेको सरकारले अबको एक वर्षमा धरहरा पूरा गर्ला भनेर कसरी विश्वास गर्ने ? प्राधिकरणका अनुसार धरहराको निर्माणको भौतिक प्रगति ३७ प्रतिशत र वित्तीय प्रगति करिब ३१ प्रतिशत रहेको छ । धरहरालाई कुनै पनि मूल्य र मान्यतामा छिटोभन्दा छिटो बनाएर काठमाडौंको सानलाई फर्काउनुपर्छ ।
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  ०८:१२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP