Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रम स्वीकृतिको आवेदन लिने स्थानीय तह थपिँदै
श्रम स्वीकृतिको आवेदन लिने स्थानीय तह थपिँदै
बिहीबार, वैशाख १४, २०८०
shram Mantaalaya
Hardik health
काठमाडौं– देशभरका स्थानीय तहहरुले वैदेशिक रोजगारीमा जान चाहने युवाहरुको व्यक्तिगत तथा पुनः श्रम स्वीकृतिको आवेदन लिने व्यवस्थालाई कार्यान्वयनमा ल्याउन थालेका छन् । सरकारले गत चैत १६ गते गरेको निर्णयबमोजिम यही वैशाख १ गतेदेखि स्थानीय तहबाटै व्यक्तिगत तथा पुनः श्रम स्वीकृतिसम्बन्धी आवेदन दिने व्यवस्था मिलाउन पत्राचार भएअनुसार कार्यान्वयनमा ल्याएका हुन् ।
विदेश जान चाहने नेपाली युवाहरुलाई नजिकैको स्थानबाट श्रम स्वीकृतिसम्बन्धी सेवा प्रवाह गर्ने उद्देश्यले स्थानीय तहको रोजगार सेवा केन्द्रबाट आवेदन दिनसक्ने व्यवस्था गरिएको हो ।
  सरकारले यसअघि सातवटै प्रदेशबाट व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिने व्यवस्था गरिसकेको छ । विदेश जान चाहने नेपाली युवाहरुलाई नजिकैको स्थानबाट श्रम स्वीकृतिसम्बन्धी सेवा प्रवाह गर्ने उद्देश्यले स्थानीय तहको रोजगार सेवा केन्द्रबाट आवेदन दिनसक्ने व्यवस्था गरिएको हो । स्थानीय तहबाटै श्रम स्वीकृतिसम्बन्धी आवेदन संकलन कार्य सुरु गर्न थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एवं सहायक प्रवक्ता कविराज उप्रेतीले बताए । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दोे तथा श्रमिकमैत्री बनाउन स्थानीय तहबाट व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको उनले बताए । स्थानीय तहबाट श्रम स्वीकृति दिने नभई आवेदनमात्रै दिन पाइने उप्रेतीले प्रस्ट पारे । स्थानीय तहले श्रम स्वीकृतिसम्बन्धी आवेदन लिने व्यवस्था कार्यान्वयनमा ल्याएसँगै यसका लागि प्रदेशमा रहेका श्रम रोजगार कार्यालय वा काठमाडौंमा नै धाउनुपर्ने बाध्यता अन्त्य भएको मन्त्रालयको भनाइ छ । स्थानीय तहबाट श्रम स्वीकृतिसम्बन्धी व्यवस्था कार्यान्वयन धमाधम भइरहेको मन्त्रालयले जनाएको छ । देशभरका स्थानीय तहहरुले श्रम स्वीकृतिको आवेदन लिने कार्य सुरु गर्ने क्रम चलिरहेको छ । कोशी प्रदेशअन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकाले रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति आवेदन दिने व्यवस्था लागू गरेपश्चात् उक्त गाउँपालिका–७ केशव सिग्देल पहिलो सेवाग्राही भएका छन् । आफ्नै ठाउँबाट सेवा लिन पाएपछि उनले खुसी हुँदै भने, ‘पहिला काठमाडौं र विराटगर गएर श्रमसम्बन्धी स्वीकृति लिनुपर्दा झन्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो । अब गाउँपालिकाबाटै सेवा सुरु भएपछि सहज भएको छ ।’ मिक्लाजुङले वैदेशिक रोजगारीका लागि जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको आवेदनसम्बन्धी सेवा यही वैशाख २ गतेदेखि प्रारम्भ गरेको हो । यस्तै उर्लाबारी नगरपालिकाले पनि श्रम स्वीकृतिको आवेदन दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारीप्रसाद घिमिरेले बताए । नगरपालिकाले व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिसम्बन्धी सेवा यही वैशाख २ गतेदेखि दिन थालेको जानकारी दिए । वैदेशिक रोजगार ऐन तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार रोजगारीका लागि जाने हरेक नेपाली श्रमिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP